काठमाडौं (हाम्रो खेलकुद) – एसिसी महिला टि२० च्याम्पियनसिपमा हङकङविरुद्ध नेपालले कमजोर बलिङ सुरुवात गरेको छ । जितको लागि १ सय १० रनको विजयी लक्ष्य पछ्याएको हङकङले सुरुवाती ६ ओभरमा १ विकेट गुमाउँदै ४२ रन बनाएको छ ।

हङकङकी प्रमुख ब्याटर मारिको हिल १७ बलमा ६ चौकासहित २६ रनमा अविजित छिन् । बेल्ला पुन १० बलमा २ चौकासहित ९ रनमा आउट भइन् ।
ओपनर पुन र हिलले ३ ओभरमा २८ रन जोड्दै उत्कृष्ट सुरुवात गर्यो । पुन सीता रानामगरको बलमा एबलीडब्लू आउट हुन पुगिन् । नताशा मिल्स १ रनमा अविजित रहिन् ।
त्यसअघि मलेसियाको किनरारा ओभलमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९ रन बनायो । नेपालकी कप्तान रुविना क्षेत्री बेलबासेले ३६ बलमा ४ चौकासहित सर्वाधिक ३२ रनमा अविजित रहिन् । ओपनर विन्दु रावल २९ बलमा ३ चौकासहित २३ रनमा आउट भइन् ।
सातौं विकेटका लागि अप्सरी बेगम र रुविनाले ४४ रनको अविजित साझेदारीको गरेका थिए । अप्सरी १६ बलमा २ चौकासहित २२ रनमा अविजित रहिन् ।
हङकङकी बेट्टी चानले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिइन् । एलिसा हब्र्बाडले ४ ओभरमा २२ रन खर्चेर १ विकेट लिए । मर्याम बिवीले २ ओभरमा १५ रन खर्चेर १ विकेट लिइन् ।