3 years ago
June 22, 2022
एजेन्सी – श्रीलंकाले चौथो ओडिआई खेलमा अष्ट्रेलियालाई चार रनले पराजित गर्दै एक खेल अगावै सिरिज ३–१ ले जितेको छ । योसँगै श्रीलंकाले सन् १९९२ पछि पहिलो पटक अष्ट्रेलियासँग घरेलु मैदानमा द्विपक्षीय ओडिआई सिरिज उपाधि जित्न सफल भएको छ ।

जितको लागि २ सय ५९ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया ५० ओभरमा २ सय ५४ रनमा अल आउट भयो । अष्ट्रेलियाका ओपनर डेविड वार्नर १ सय १२ बलमा १२ चौकासहित ९९ रनमा आउट भए । अष्ट्रेलियालाई जितको लागि अन्तिम ६ बलमा १९ रन चाहिँएको थियो ।
म्याथ्यु कुहनेमानले कप्तान दसुन शनकालाई दोस्रो, चौथो र पाँचौं बलमा चौका प्रहार गरेपछि खेल थप रोचक बनेको थियो । अन्तिम बलमा जितको लागि पाँच रन चाहिँएको अवस्थामा एज लागेर कुहनेमान चरिथ असलंकाबाट क्याच भएसँगै श्रीलंकाले तीन दशकपछि घरेलु मैदानमा सिरिज एक खेल अगाडिनै जितेको हो ।

आरोन फिन्च डक, मिचेल मार्श २६, मार्नस लाबुसेन १४, एलेक्स केरी १९, ट्रविस हेड २७ र ग्लेन म्याक्सवेल १ रनमा आउट भए । तल्लोक्रमका क्यामरन ग्रिन १३, प्याट कमिन्स ३५ र कुहनेमान १५ रनमा आउट भए । अष्ट्रेलिया एक समय ३६ ओभरमा १९०÷५ को बलियो अवस्थामा हुँदा जितको लागि १४ ओभरमा ६९ रन मात्र चाहिँएको थियो ।
३७ औं ओभरको दोस्रो बलमा ग्लेन म्याक्सेवल स्पिनर महेश थेक्सनाको बलमा एलबीडब्लू आउट भए । अर्को ओभरमा धनन्जय डि सिल्भाको बलमा वार्नर स्टम्पिङ आउट भएपछि अष्ट्रेलिया समस्यामा परेको थियो । श्रीलंकाका चामिका करुणारत्तने, धनन्जय डि सिल्भा र जेफ्री वान्डरसेले २–२ विकेट लिए ।

त्यसअघि आर प्रेमाडासा स्टेडियम कोलोम्बोमा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंका ४९ ओभरमा २ सय ५८ रनमा अल आउट भयो । श्रीलंकाका चरिथ असलंकाले १ सय ६ बलमा १० चौका र १ छक्कासहित १ सय १० रनको शतकीय इनिङ खेले । असलंकाको यो पहिलो अन्तर्राष्ट्रिय शतक हो ।
श्रीलंकाको सुरुवात भने राम्रो हुन सकेन । ओपनर निरोशन डिक्वेला १, पाथुम निस्संका १३ र कुशल मेन्डिस १४ रनमा आउट हुँदा श्रीलंका ९.५ ओभरमा ३४–३ को अवस्थामा पुगेको थियो । चौथो विकेटका लागि असलंका र धनन्जय डि सिल्भाले १ सय १ रनको शतकीय साझेदारी गर्दै इनिङ उकासेका थिए ।

सिल्भा ६१ बलमा ७ चौकासहित ६० रनमा आउट भए । दसुन शनका ४, दिनुथ विलालेगे १९, चामिका करुणरत्ने ७ र वानिन्दु हसरंगकाले १९ रन बनाए । अष्ट्रेलियाका मिचेल मार्श, प्याट कमिन्स र म्याथ्यु कुहनेमानले २-२ विकेट लिए ।
पहिलो खेलमा अष्ट्रेलिया डकवर्थ लेविस पद्धतिको आधारमा दुई विकेटले विजयी भएको थियो । श्रीलंका दोस्रो खेलमा डकवर्थ लेविस पद्धतिको आधारमा २६ रन र तेस्रो खेलमा ६ विकेटले विजयी भएको थियो । पाँचौं तथा अन्तिम खेल शुक्रबार हुनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]