default_image

2 years ago

June 23, 2022

बाबरको सानदार शतकमा हङकङको विशाल योगफल

एजेन्सी – मध्यक्रमका ब्याटर बाबर हायतको सानदार शतकमा हङकङले आइसिसी विश्वकप च्यालेन्ज लिग ग्रुप बी मा बर्मुडालाई ३ सय १४ रनको विशाल लक्ष्य दिएको छ । युगान्डाको क्याम्बोगो क्रिकेट ग्राउन्ड कम्पलामा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय १३ रन बनायो । हङकङका बाबर हायतले १ सय ४ […]

74 views

0 Bookmark

एजेन्सी – मध्यक्रमका ब्याटर बाबर हायतको सानदार शतकमा हङकङले आइसिसी विश्वकप च्यालेन्ज लिग ग्रुप बी मा बर्मुडालाई ३ सय १४ रनको विशाल लक्ष्य दिएको छ ।

युगान्डाको क्याम्बोगो क्रिकेट ग्राउन्ड कम्पलामा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय १३ रन बनायो । हङकङका बाबर हायतले १ सय ४ बलमा १० चौका र ८ छक्कासहित १ सय ३९ रनको सानदार शतकीय इनिङ खेले ।

कप्तान निजाकत खान ३८, जिशान अली १९, अजिज खान ३४ र वासिम मुर्तजाले ३३ रन बनाए । बर्मुडाका कमाउ लिवरोकले सर्वाधिक चार विकेट लिए ।

यसै प्रतियोगिता अर्को खेलमा केन्याले इटालीलाई ३ सय ४१ रनको विशाल लक्ष्य दिएको छ । ओपानर एलेक्स ओबान्डाले ८३ बलमा ७ चौका र ११ छक्कासहित १ सय १५ रनको शतकीय इनिङ खेले । कोलिन्स ओबुयाले ८६ बलमा ६ चौका र ५ छक्कासहित ८८ रनको इनिङ खेले ।

यस प्रतियोगिता पनि आगमी वर्ष भारतमा हुने एकदिवसिय विश्वकपको लागि छनोट प्रक्रिया हो । प्रतियोगितामा युगान्डा, केन्या, हङकङ, जर्सी, ईटाली र बर्मुडा टोली छन् । शीर्ष स्थानमा रहने टोलीले अर्को वर्ष हुने विश्वकप छनोट प्लेअफ खेल्न पाउनेछ । च्यालेन्ज ए बाट पनि एक टोली आउनेछ ।

विश्वकप लिग २ का पुछारका चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ । नेपालसहित ७ देशले विश्वकप लिग २ मा प्रतिस्पर्धा गरेका छन् । विश्वकप लिग २ का शीर्ष तीन टोली सोझैं विश्वकप ग्लोबल छनोट खेल्न पाउनेछन् । च्यालेन्जस बी मा युगान्डा ८ खेलमा १२ अंकका साथ शीर्षस्थानमा छ ।

हङकङ ७ खेलमा ११ अंकका साथ दोस्रो स्थानमा छ । जर्सी ८ खेलमा १० अंकका साथ तेस्रो स्थानमा छ । च्यालेन्ज ए मा भने क्यानडा, सिंगापुर, कतार, डेनमार्क, मलेसिया र भानुअतु छन् । क्यानडा ५ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा छन् ।

टेस्ट १२ टोली र नेदरल्यान्ड् सहित १३ देशले भने विश्वकप सुपर लिग खेलेका छन् । त्यहाँबाट भारतसहित शीर्ष आठ टोली सोझैं विश्वकपमा छनोट हुनेछन् । बाँकी पाँच टोलीले विश्वकप ग्लोबल छनोट खेल्नुपर्ने हुन्छ ।

April 26, 2024

बेयरस्टोको शतकमा पन्जाबको सानदार जित

एजेन्सी – जोनी बेयरस्टोले सानदार नटआउट शतक बनाएपछि पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराएको छ । २ सय ६२ रनको लक्ष्य पछ्याएको पन्जाबका लागि बेयरस्टोको शतकसँगै प्रभसिमरन सिंह र शंशाक सिंहले अर्धशक बनाएपछि ८ बलअघि २ विकेटको नोक्सानीमा पूरा गरेको थियो । ४८ बलमा बेयरस्टोले ९ छक्का […]

April 26, 2024

विश्वकप जति नजिक, टोलीको भविष्य त्यति अनिश्चित

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले अबको ५ सातामा आइसीसी मेन्स टि२० विश्वकप अन्तर्गत पहिलो खेल खेल्नेछ । तर विश्वकप खेल्ने मिति नजिकिंदै जाँदा नेपाली टोलीमा खेलाडी संख्या घट्दै जानुपर्नेमा तयारीको अन्तिम सिरिजको पूर्व सन्ध्यामा आएर अप्रत्याशित रुपमा बढेको छ । विश्वकपको तयारीका लागि भारतको गुजरातमा मैत्रीपूर्ण सिरिज खेल्न नेपालले १५ सदस्यीय टोली घोषणा […]

April 26, 2024

वेस्ट इन्डिज ‘ए’लाई मन्त्री श्रेष्ठको शुभकामना

काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकूद मन्त्री बिराजभक्त श्रेष्ठले नेपाल‌ भ्रमणमा रहेको वेस्ट इन्डिज ‘ए’ टिमसँग भेट गरेका छन्। नेपाली क्रिकेट टोलीसँग शनिबार सुरु हुने ५ टि ट्वान्टी सिरिजका लागि मन्त्री श्रेष्ठले वेस्ट इन्डिज ‘ए’ टोलीलाई सफलता शुभकामना दिएका हुन् । आज साँझ मन्त्री श्रेष्ठले वेस्ट इन्डिजको ‘ए’ टिमका खेलाडी तथा प्रशिक्षकसँग भेटेर नेपाल सरकारको […]

Success

Thank you for your time.