default_image

3 years ago

June 24, 2022

नेपाल वर्षाको कारण बाहिरियो

421 views

0 Bookmark

एजेन्सी – नेपाल वर्षाको कारण एसिसी महिला टि२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलबाट बाहिरिएको छ । नेपाल र युएईबीचको पहिलो सेमिफाइनल खेल वर्षाको कारण पूरा हुन नसकेपछि नेपाल बाहिरिएको हो । खेल रद्ध भएसँगै युएई समूह ए को विजेताको कारण फाइनलमा पुगेको छ ।

मलेसियाको किनरारा एकेडेमी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको युएई १९.५ ओभरमा ८१ रनमा अल आउट भएको थियो । नेपालकी तीव्र गतिकी बलर अश्मिना कर्माचार्यले पाँच विकेट लिएपछि नेपालले ८२ रनको सामान्य लक्ष्य पाएको हो । तर दोस्रो इनिङ हुन नसकेपछि नेपाल बाहिरिएको हो ।

नेपाल समूह बी को उपविजेता र युएई समूह ए को विजेता हो । आइसिसीको नियम अनुसार नेपाल बाहिरिएको हो ।
फाइनल शनिबार हुँदा रिजरभ डे थिएन । अर्कोतर्फ यसै मैदानमा आज दिउँसो १२ बजेदेखि खेल दोस्रो सेमिफाइनलमा हङकङ र मलेसियाबीच प्रतिस्पर्धा हुँदैछ । त्यसैको कारण नेपाल र युएईबीचको खेल रद्ध भएको हो । फाइनल पुग्ने दुई टोलीले एसिया कप खेल्न पाउनेछन् । एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र थाईल्यान्ड छन् ।

युएईकी वैष्णवे महेश ११ बलमा एक चौका सहित सर्वाधिक १६ रन र ओपनर ईशा रोहित ओझाले २१ बलमा २ चौकासहित १५ रन बनाइन् । पहिलो विकेटका लागि ओपनर ईशा र थीर्थ सतिशले पहिलो विकेटका लागि ३.१ ओभरमा १५ रनको साझेदारी गरेका थिए । सतिशलाई तीव्र गतिकी बलर अश्मिना कर्माचार्यले ५ रनमा बोल्ड आउट गरिन् । उनले ८ बलमा १ चौका प्रहार गरिन् । त्यसअघि दोस्रो ओभरको अन्तिम बलमा नेपाल सतिशलाई रन आउट गर्ने अवसर गुमाएको थियो ।

अश्मिनाको नै छैटौं ओभरको पाँचौं बलमा ईशा ओजा १५ रनमा कभरमा संगिता राईबाट क्याच आउट भइन् । अघिल्लो खेलमा ईशाले कतारविरुद्ध १ सय १५ रनको शतकीय इनिङ खेलेकी थिइन् । सीता रााना मगरले सातौं ओभरको तेस्रो बलमा काविशा एगोडागेलाई तीन रनमा एलबीडब्लू आउट गर्दै राम्रो सुरुवात दिलाएकी थिइन् ।

त्यसपछि मध्यगतिकी बलर इन्दुले तीन विकेट लिँदै युएईलाई सस्तैमा रोकिन् । इन्दुले १२ औं ओभरको दोस्रो बलमा खुसी शर्मालाई १२ रनमा अश्मिनाबाट क्याच गराइन् । १४ औं ओभरको अन्तिम बलमा कप्तान चया मुघललाई १४ रनमा संगिताबाट क्याच गराउँदै युएईलाई ५३–५ को अवस्थामा पुयाइन् ।

इन्दुले नै १६ औं ओभरको पाँचौं बलमा समिरा धर्निधर्काकालाई ७ रनमा एलबीडब्लू आउट गरेकी थिइन् । नेपालकी अश्मिना कर्माचार्यले ३.५ ओभरमा १० रन खर्चेर ५ विकेट लिइन् । उनी अञ्जली चन्द र नेरी थापापछि पाँच विकेट लिने तेस्रो नेपाली महिला खेलाडी हुन् । इन्दु बर्माले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिइन् । सीता रानामगरले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिइन् ।

नेपाल ४ खेलमा ३ मा जित र १ मा हारका साथ समूह बी मा दोस्रो स्थानमा रह्यो । नेपालले पहिलो खेलमा भुटानलाई ५० रन, कुवेतलाई २५ रन र बहराइनलाई ८ विकेटले पराजित गर्यो । हङकङसँग नेपाल ७ विकेटले पराजित हुँदै समूह विजेता बन्ने अवसर गुमाएको थियो ।

युएई समूह ए मा ४ खेलमा ७ अंकका साथ शीर्ष स्थानमा थियो । युएई र ओमानबीचको खेल वर्षाको कारण नतिजा विहीन बनेको थियो । सिंगापुरलाई १० विकेट, मलेसियालाई ३१ रन र कतारलाई १ सय ५३ रनले हराउँदै युएई समूह विजेता बनेको थियो ।

अंक तालिका

हङकङ ४ खेलमा ८ अंकका साथ समूह बी मा शीर्षस्थानमा रह्यो । नेपाल ४ खेलमा ३ मा जित र १ मा हारका साथ ६ अंकका साथ दोस्रो स्थानमा रह्यो । कुवेत ४ खेलमा ३ अंक जोड्दै तेस्रो स्थानमा रह्यो । भुटान ४ खेलमा २ अंकका साथ तेस्रो स्थानमा रह्यो । बहराइन खेलमा २ मा हारका साथ १ अंकसाथ पुछारमा रह्यो ।

युएई समूह ए मा ४ खेलमा ३ मा जितका साथ ७ अंक जोड्दै शीर्षस्थानमा छ । मलेसिया ४ खेलमा ३ मा जित र १ मा हारका साथ दोस्रो स्थानमा रह्यो । कतार ४ खेलमा ४ अंकका साथ तेस्रो स्थानमा छ । सिंगापुर ४ खेलमा २ अंकका साथ चौथो र ओमान ४ खेलमा १ अंकका साथ पुछारमा छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.