3 years ago
June 24, 2022
एजेन्सी – अष्ट्रेलियाले पाँचौं तथा अन्तिम ओडिआई खेलमा श्रीलंकामाथि ४ विकेटको संघर्षपूर्ण जित हात पारेको छ । योसँगै अष्ट्रेलियाले सिरिज २–३ ले गुमाएको छ ।

जितको लागि १ सय ६१ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले ३९.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । अष्ट्रेलिया जितमा विकेटकिपर एलेक्स केरी ६५ बलमा १ चौकासहित सर्वाधिक ४५ रनमा अविजित रहे । ओपनर डेविड वार्नर १०, आरोन फिन्च डक, मिचेल मार्श २४, जोश इंग्सिल ५, मार्नस लाबुसेन ३१ र ग्लेन म्याक्सवेल १६ रनमा आउट भए ।
एक समय ५०–४ को कमजोर अवस्थामा पुगेको अष्ट्रेलियालाई पाँचौं विकेटका लागि लाबुसेन र केरीले ५१ रनको साझेदारी गरेका थिए । युवा अलराउन्डर क्यामरन ग्रिन २६ बलमा २ चौका र १ छक्कासहित २५ रनमा अविजित रहे । स्पिनर जेफ्री वान्डरसेलाई छक्का प्रहार गर्दै ग्रिनले खेल सकाए ।
श्रीलंका युवा बायाँ हाते स्पिनर दुनिथ वेलालेजले १० ओभरमा ४२ रन खर्चेर ३ विकेट लिए । महेश थिक्सनाले १० ओभरमा १ मेडनसहित २६ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि आर प्रेमाडासा स्टेडियम कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ थालेको श्रीलंका ४३.१ ओभरमा १ सय ६० रनमा अल आउट भयो । श्रीलंकाका तल्लोक्रमका चामिका करुणारत्नेले ७५ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ७५ रनको योगदान दिए । धनुष्का गुणाथिलका ८, पाथुम निसंका दुई, कुशल मेन्डिस २६, दीनेश चान्डिमल ६,चरिथ असंलका १४ र कप्तान दसुन शनका १ रनमा आउट भए ।
अष्ट्रेलिया पहिलो खेलमा डकवर्थ लेविस पद्धतिको आधारमा दुई विकेटले विजयी भएको थियो । त्यसपछि दोस्रो खेलमा २६ रन, तेस्रो खेलमा ६ विकेट र चौथो खेलमा ४ रनले पराजित हुँदै ३० वर्षपछि अष्ट्रेलियाले श्रीलंकामा ओडिआई सिरिज गुमाएको थियो । तीन टि२० आई सिरिज भने अष्ट्रेलिायले २–१ ले जितेको थियो । अव दुई टेस्ट खेलको सिरिज हुनेछ । पहिलो टेस्ट २९ जुनदेखि गालेमा सुरुहुनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]