default_image

3 years ago

June 25, 2022

अस्मिनाको आशालाग्दो आगमन

215 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

एसिया कपमा छनोट हुने लक्ष्यसहित मलेसिया पुगेको नेपाली टोलीका लागि शुक्रबार बिर्सनलायक दिन रहयो । एसीसी महिला टि२० च्याम्पियनसिपको सेमिफाइनलमा यूएईविरुद्ध सानदार प्रदर्शन गरेपनि वर्षा बाधक बन्दा नेपाल फाइनल पुग्नबाट चुक्यो । यूएईविरुद्ध तीव्र गतिकी बलर अस्मिना कर्माचार्यले सानदार प्रदर्शनका साथ पाँच विकेट लिँदै नेपाललाई बलियो स्थितिमा पुर्याएकी थिइन् ।

टोलीको स्ट्राइक बलरको भूमिकामा पहिलो प्रतियोगिता खेलिरहेकी अस्मिनाको उत्कृष्ट बलिङमा युएई १९.५ ओभरमा ८१ रनमा अल आउट भयो । उनले ३.५ ओभरमा १० रन खर्चेर पाँच विकेट लिइन् । यसअघि प्रतियोगितामा युएईका शीर्ष तीन ब्याटरले पूरै प्रतियोगिता खेलेका थिए । तर अस्मिनाले दुवै ओपनर सुरुमै आउट गर्दै पहिलो पटक मध्यक्रमका ब्याटरलाई खेल्नुपर्ने बनाइदिन् ।

ओपनर थीर्थ सतिशलाई अस्मिानले पाँच रनमा बोल्ड गरिन् । अस्मिनाल छैटौं ओभरको पाँचौं बलमा ओपनर ईशा रोहित ओझालाई १५ रनमा बोल्ड गर्दै नेपालउत्कृष्ट सुरुवात दिलाइन् । ईशाको विकेट जुन खेलको टर्निङ प्वाइन्ट विकेट थियो । ईशाले कतारविरुद्ध १ सय १५ रनको शतकीय इनिङ खेलेकी थिइन् । टि२० आईमा बहराइनविरुद्ध १ सय ५८ रनको इनिङ खेलेकी उनको प्रदर्शन निकै महत्त्वपूर्ण हुने थियो । एसोसिएट महिला क्रिकेटकी उत्कृष्ट ब्याटर ईशा आउट पछि सीता रानामगर र इन्दु बर्माले युएईको मध्यक्रममा निरन्तर विकेट चट्काउँदै सस्तैमा अल आउट गरे ।

अस्मिनाले अन्तिम ओभरमा तीन विकेट लिँदै व्यक्तिगत पाँच विकेट पूरा गरिन् । उनी एक समय ह्याट्रिकको नजिक पनि पुगेकी थिइन् । अन्तिम ओभरको दोस्रो वैष्णवे महेशलाई ११ बलमा एक चौका सहित १६ रनमा सीताबाट क्याच गराइन् । लगत्तै अर्को बलमा इन्धुजा नन्दाकुमारलाई संंगिताबाट क्याच गराएकी थिइन् । चौथो बलमा सुरक्षा कोटे एज लागेपनि विकेटकिपर ज्योति पाण्डेले क्याच छाड्दा अस्मिना ह्याट्रिकबाट चुकिन् । पाँचौं बलमा सिया गोखलेलाई पाण्डेबाट क्याच गराउँदै पाँच विकेट पूरा गरिन् ।

अस्मिनाले नेपालबाट खेलेको सातौं खेलमै पाँच विकेट लिन सफल भएकी हुन् । उनीअघि नेरी थापा र अञ्जली चन्दले टि२० आईमा ६–६ विकेट लिएका थिए । तर अस्मिनाले त्यो खुसी धेरै समय संगाल्न पाइनन् । वर्षाका कारण दोस्रो इनिङ सम्भव नहुँदा खेल रद्द भयो र नेपाल बाहिरिनु पर्यो । युएई समूह ए को विजेता कारण फाइनलमा पुग्यो । नेपाल समूह ए को उपविजेताको रुपमा सेमिफाइनल खेलेको थियो ।

कुनैपनि खेलाडीको लागि अन्तर्राष्ट्रिय क्रिकेटमा पाँच विकेट निकै महत्त्वपूर्ण हुन्छ । अस्मिना सिनियर टोलीमा यात्रा थालेको छोटो समयमै यो उपलब्धि हात पारिन् । महत्त्वपूर्ण खेलमा टोलीको अपेक्षा अनुसार ड्रिम प्रदर्शन गरेपनि फाइनलमा पुर्याउन सकिनन् । खेल रद्दपछि अस्मिनाको बाहिरिएको तस्विरले फाइनल र एसिया कप छनोट नहुनुको पिडा आफैं प्रष्ट्याउँछ ।

हङकङविरुद्ध नेपालले अस्मिनालाई भने बेन्चमा राखेको थियो । सबनम राईलाई बेन्चमा राख्दै अस्मिनलाई प्लेइङ ११ मा मौका दिएको थियो । त्यसअघि उनले भुटान, बहराइन र कुवेतविरुद्ध कसिलो बलिङका साथ एक एक विकेट लिएकी थिइन् ।

अस्मिनाले घरेलु क्रिकेटमा लामो समय देखि प्रभाव जमाएपनि सिनियर टोलीमा डेब्यूको अवसर भने पाएकी थिइनन् । उनको गति नै प्रमुख खुबी हो । गत महिना डेब्यु गरेयता भने उनले गजबको प्रदर्शन गरेकी छिन् । जारी प्रतियोगितामा अस्मिना ८ विकेटका साथ सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा शीर्षस्थानमा छिन् ।

अस्मिनाले दुई महिना अघि युगान्डासँग भएको पाँच टि२० आई सिरिज अन्तर्गत पहिलो खेलमा टियु मैदानमा डेब्यू गरेकी थिइन् । उनलाई कप्तान रुविनाले डेब्यू क्याप दिएकी थिइन् । तर त्यसपछि नेपालले दोस्रो र तेस्रो खेलमा मौका दिएन । चौथो र पाँचौं खेल खेल्दै लगातार जित दिलाएकी थिइन् ।

‘डेब्यू धेरै राम्रो भयो । यो भन्दा बढी मिहिनेत गर्नुपर्छ भनेर सोचका साथ अघि बढेको छु । आगमी दिनमा झनै राम्रो गर्नेछु’, मलेसिया जानुअघि अस्मिनाले भनेकी थिइन् ।

अस्मिनाले २०१९ मा वुमन्स च्याम्पियन्स लिग (डब्लूसिएल) मा विराटनगर टाइटन्सबाट खेल्दै राम्रो प्रभाव छाडेकी थिइन् । त्यसपछि उनले बागमतीबाट कप्तानीका साथ घरेलु क्रिकेटमा सानदार प्रदर्शन गर्दै आएकी थिइन् । कागजी रुपमा विकेट धेरै लिन नसकेपनि मैदानमा उनको प्रभाव भने अब्बल थियो ।

‘पछाडिबाट हेर्दा सबै मिहिनेतहरु समय लागेपनि राम्रो भएको छ । हामीले नतिजा दिन सकेनौं । व्यक्तिगत रुपमा हेर्दा मैले राम्रो गरेजस्तो लाग्छ’, डेब्यू गर्दाको क्षण सम्झदै उनले भनेकी थिइन् ।

अस्मिनाले बागमतीको युवा टोलीको कप्तानी सम्हाल्दै घरेलु क्रिकेटमा प्रदर्शन गरेकी छिन् । एकतर्फबाट उनले राम्रो प्रदर्शन गरेपनि अर्कोतर्फबाट त्यो साथ पाउन सकेकी थिइनन् । तर सिनियर टोलीमा कविता कुँवरको साथ पाएपछि प्रदर्शनमा अझ निखार आएको छ ।

बलिङ साझेदारीले प्रदर्शनमा धेरै फरक पार्छ । एउटा एण्डबाट राम्रो हुँदा अर्कोबाट नहुँदा धेरै गाह्रो पर्छ । बलिङ साझेदारी हुँदा टिम र व्यक्तिगत दुवै प्रदर्शनमा फरक पार्ने उनले बुझेकी छिन् ।

‘सायद साझेदारी नहुँदा पनि अपेक्षा अनुसार घरेलु क्रिकेटमा प्रदर्शन नआएको हुनसक्छ । हाम्रो टिम हेर्ने हो बागमती विकासोन्मुख युवा टोली छ । त्यसैले मैले धेरै आशा राख्नुपनि हुँदैन । सकेसम्म टिमलाई शतप्रतिशत क्षमतामा लान खोजी राखेको छु’, अस्मिनाले भनिन् ।

कुनैपनि खेलाडीले एक दुई प्रतियोगिताबाट प्रर्दशन पनि राम्रोसँग देखाउन पाउँदैन । महिला क्रिकेट अहिलेपनि वर्षमा एक दुई प्रतियोगितामा सिमित हुँदै आएको छ । विराटनगर डब्लूसिएलको क्वालिफायरबाट बाहिरिदा अस्मिनाको प्रर्दशन मध्यम थियो ।

को हुन् अस्मिना ?

अस्मिना नेपाली क्रिकेटमा उमेर समुह हुँदै घरेलु प्रतियोगितामा राम्रो प्रर्दशन गर्दै आएकी तीव्र गतिकी बलिङ अलराउन्डर हुन् । बुबा पूर्णबहादुर र आमा पार्वती कर्माचार्यबाट पहिलो सन्तानको रुपमा उनको दक्षिणकालीमा जन्म भएको हो । बुबा रेष्टुरेन्ट व्यावसायमा तथा आमाको आफ्नै टेलर छ । त्रिभुवन आदर्श स्कुलमा कक्षा ९ मा पढ्दै गर्दा अस्मिनाले क्रिकेट सिक्न थालेकी थिइन् ।

पहिला १३-१४ वर्षको उमेरमा अस्मिना रमाइलोको लागि क्रिकेट खेल्ने गर्दथिन् । अस्मिना स्कुलमा पढ्दा सानै देखि खेलकुदमा धेरै रुचि राख्नी गर्थिन् । सानोमा उनले भलिबल, ब्याडमिन्टन र बास्केटबल पनि खेलेकी थिइन् । अस्मिनाले पहिलो प्रतियोगिताको रुपमा २०७१ सालमा जनकपुरमा भएको यू–१६ क्रिकेट प्रतियोगिता काठमाडौंबाट खेलिन् । त्यसै वर्ष काठमाडौंमै भएको यू–१९ पनि खेलिन् । जसमा सुपर ओभरमा नेपालगञ्जलाई ११ रन चाहिएको बेला ९ रन दिएर काठमाडौंलाई जिताएकी थिइन् । त्यसपछि क्यान निलम्बनले यू–१९ प्रतियोगिता नै हुन छाड्यो ।

‘परिवारबाट राम्रो साथ छ । कहिलेकाहीं निराश हुँदा बुबा र ममीले सम्झाउनु हुन्छ र अझ बढि मिहिनेत गर्न प्रेरणा मिल्छ । आज म जहाँ छु त्यो सबै बुबा-ममीको साथ र सहयोगको कारण नै छु’, अस्मिनाले भनिन् ।

सीएम कप,आठौं राष्ट्रिय खेलुकद प्रतियोगिता र पीएम कपमा अस्मिानले कसिलो बलिङ गरेको थिइन् । प्रधानमन्त्री कपका पछिल्ला दुई संस्करणमा अस्मिनाले बागमतीको नेतृत्व गरिन् । अस्मिना १३ औं दक्षिण एसियाली खेलकुद सागमा नेपालको वैकल्पिक खेलाडीको सूचिमा थिइन् ।

सुरुमा काठमाडौं क्रिकेट टेनिङ सेन्टर (केसीटिसी) बाट प्रशिक्षण लिएकी उनी सुरुमा ब्याटर थिइन् । रमाइलोको लागि ब्याटिङ गर्ने उनले एक दाईले तिम्रो बलिङ राम्रो छ यसैलाई निरन्तरता देउ भनेपछि बलिङ गर्न थालेको बताउछिन् । तल्लोक्रममा उनले राम्रो ब्याटिङको क्षमता समेत राख्ने गर्दछिन् ।

भारतीय ब्याटर विराट कोहलीको ब्याटिङबाट प्रभावित भएको उनी अष्ट्रेलिया पूर्व तीव्र गतिका बलर ब्रेट ली लाई आफुले क्रिकेट खेल्न थाले देखीनै पछ्याउन थालेको बताउँछिन् ।

‘अस्मिनाले क्रमश: सुधार गर्दैछ । केहि पक्षमा धेरै सुधार पनि गरेको छ । हेरौं कसरी आफूलाई प्रस्तुत गर्छ । समग्रमा हेर्दा राम्रो छ’, महिला टोलीका मुख्य प्रशिक्षक जगत टमटाले टोली प्रस्थान गर्नुअघि बताएका थिए । उनले भनेजस्तै प्रशिक्षणमा गरेको सुधार मैदानमा पनि देखिएको छ ।

अस्मिना नेपाली महिला क्रिकेटकी भविष्य हुन् । बलिङ अलराउन्डरमा अन्तर्राष्ट्रिय क्रिकेटमा राम्रो प्रभाव जमाउन सक्छिन् । त्यसको लागि टोली, प्रशिक्षक र व्यवस्थापनले उनीमाथि धैर्यता, लगानी र विश्वास देखाउन सक्नुपर्छ । एक खेलमा राम्रो नहुँदा बेन्चमा वा टोली बाहिर राख्ने गल्ती दोहोराउनु हुँदैन । सधैं राम्रो हुन्छ भने हुँदैन । किनभने उनीलाई खराब प्रदर्शनमा विश्वास देखाउन सके झनै राम्रो प्रदर्शन गर्नेछिन् । अस्मिनाको यो त सुरुवात मात्रै हो । उनले आगमी दिनमा यो भन्दा उत्कृष्ट प्रदर्शन गर्नेमा कुनै शंका छैन ।

नेपाललाई विश्वकप खेलाउने सपना देखेकी अस्मिनालाई राम्रोसँग सदुपयोग गर्न सके आगमी दिनमा प्रमुख हतियार हुन सक्छिन् । अस्मिना आफ्नो उच्च प्रदर्शनमा नेपाललाई अर्को स्तरमा पुर्याउन सक्ने खुबी भएकी खेलाडी हुन् । त्यसको लागि नेपालले उनलाई निरन्तर अवसर दिनुपर्छ । कविता र अस्मिना दुवै युवा खेलाडी रहेकाले राम्रो प्रशिक्षण र अवसर पाए नेपालले दीर्घकालीन रुपमा तीव्र गतिको बलर समस्याबाट मुक्ति पाउने देखिन्छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.