3 years ago
June 26, 2022
काठमाडौं(हाम्रो खेलकुद) – नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ अन्तर्गत नेकोस राष्ट्रिय संघले दुई दिवसिय क्रिकेट प्रतियोगिता र महिला क्रिकेट क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ ।

काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै यस आर्थिक वर्षमा दुई दिवसिय पुरुष क्रिकेट प्रतियोगिता आयोजना गर्ने जनाएको छ । नेपाली क्रिकेटमा डे क्रिकेट आवश्यक रहेको भन्दै नेकोसले उक्त प्रतियोगिता गर्न लागेको बताए । प्रतियोगितामा सात प्रदेश र नेकोसले देशभरबाट एउटा क्रिकेट टोली तयार पार्नेछ ।
‘हामीले नेपाल क्रिकेट संघ (क्यान) सँग समन्वय गरेर खेल तालिका सार्वजनिक गर्छौ । हाम्रो उदेश्य भनेको देभभर क्रिकेट आयोजना गर्ने हो । हामी क्यानसँग मिलेर नेपाली क्रिकेटलार्ई योगदान दिन चाहन्छौं’, नेकोसका अध्यक्ष विप्लभ घोसले भने ।
त्यस्तै नेकोसले यस वर्षनै महिला क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । नेकोस कप रहने उक्त प्रतियोगितामा गत चैतमा ललितपुर च्याम्पियनसिप खेलेका चार टोली र नेकोसको एउटा टोली रहने जनाएको छ ।
देशभर टि२० क्रिकेट बढी भएको हुँदा आफूहरुले देशभर नेकोस रेडबल फेस्टिभल समेत आयोजना गर्ने जनाएको छ । अम्पायर तथा प्रशिक्षक सेमिनार, प्रदेशका खेलाडीलाई बन्द प्रशिक्षण र खेलाडीहरुको स्वास्थ्य शिविर संचालन आयोजना गर्ने जनाएको छ ।
नेकोसका सह सचिव तथा क्यानका सुनसनी जिल्लाका अध्यक्ष चेतनारायण पौडेलले क्रिकेट विकासमा क्यान मात्र नभएर सरकार र निजी क्षेत्रको पनि आवश्यक रहेको बताएका थिए ।
मनोमहन मेमोरिय एकदिवसिय प्रतियोगिता यस वर्ष गर्ने तयारी गरि रहेको घोषले जानकारी दिएका छन् । यस अघिका दुई संस्करण सुनसरीमा सम्पन्न भएका थिए ।
कार्यक्रमका अध्यक्ष विप्लभ, सचिव ऋषिराम गौतम, सहसचिव चेतनारायण, कोषाध्यक्ष रोजी र नेपाली महिला क्रिकेट टोलीकी पूर्व कप्तान निरा राजोपाध्याय लगायतको उपस्थित थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]