3 years ago
June 27, 2022
एजेन्सी – मध्यक्रमका ब्याटर ह्यारी टेक्टरको उत्कृष्ट ब्याटिङका बाबजुद आयरल्यान्ड पहिलो टि२० आई खेलमा भारतसँग ७ विकेटले पराजित भएको छ । योसँगै भ्रमण टोली भारतले दुई टि२० आई खेलको सिरिजमा १–० को अग्रता लिएको छ ।

जितको लागि १ सय ९ रनको विजयी लक्ष्य पछ्याएको भारतले ९.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । भारतका ओपनर दिपक हुडाले २९ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ४७ रनको योगदान दिए । डेब्यू कप्तानी गरेका कप्तानी हार्दिक पान्ड्याले १२ बलमा १ चौका र ३ छक्कासहित २४ रनमा आउट भए ।
ओपनर ईशान किशन ११ बलमा ३ चौका र २ छक्कासहित २६, सूर्यकुमार यादव गोल्डेन डक र दीनेश कार्तिकले ५ रन बनाए । आयरल्यान्डका क्रेग योंगले २ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । जोश लिटिलले २.२ ओभरमा ३९ रन खर्चेर १ विकेट लिए ।
त्यसअघि द भ्यालेज डुब्लिनमा टस हारेर ब्याटिङ थालेको आयरल्यान्डले निर्धारित १२ ओभरमा ४ विकेट गुमाउँदै १ सय ८ रन बनाएको थियो । वर्षाको कारण खेल १२ ओभरमा झारिएको थियो । आयरल्यान्डका २२ वर्षीय युवा ब्याटर ह्यारी टेक्टरले ३३ बलमा ६ चौका र ३ छक्कासहित ६४ रनमा अविजित रहेपनि टोलीको हार टार्न सकेनन् ।

टेक्टर बाहेक अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । पउल स्टर्लिङ ४, कप्तानी एन्ड्री बलबर्नी डक, ग्यारेथ डेलानी ८ र विकेटकिपर लोर्कन टेकरले १८ रनमा आउट भए ।
भारतका स्पिनर युजभेन्द्र चहल ३ ओभरमा ११ रन खर्चेर १ विकेट लिँदै प्लेयर अफ द म्याच भए । भुवनेश्वर कुमार, हार्दिक पान्ड्या र आवेश खानले १-१ विकेट लिए । डेब्यू खेल खेलेका उमरान मकिलले १ ओभरमा १४ रन खर्चिए । भारतको पहिलो रोजाईको टेस्ट टोली इंग्ल्यान्डमा छ । दोस्रो तथा अन्तिम खेल मंगलबार हुनेछ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]