default_image

3 years ago

June 27, 2022

टेक्टरको उत्कृष्ट ब्याटिङका बाबजुद आयरल्यान्ड भारतसँग पराजित

209 views

0 Bookmark

एजेन्सी – मध्यक्रमका ब्याटर ह्यारी टेक्टरको उत्कृष्ट ब्याटिङका बाबजुद आयरल्यान्ड पहिलो टि२० आई खेलमा भारतसँग ७ विकेटले पराजित भएको छ । योसँगै भ्रमण टोली भारतले दुई टि२० आई खेलको सिरिजमा १–० को अग्रता लिएको छ ।

जितको लागि १ सय ९ रनको विजयी लक्ष्य पछ्याएको भारतले ९.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । भारतका ओपनर दिपक हुडाले २९ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ४७ रनको योगदान दिए । डेब्यू कप्तानी गरेका कप्तानी हार्दिक पान्ड्याले १२ बलमा १ चौका र ३ छक्कासहित २४ रनमा आउट भए ।

ओपनर ईशान किशन ११ बलमा ३ चौका र २ छक्कासहित २६, सूर्यकुमार यादव गोल्डेन डक र दीनेश कार्तिकले ५ रन बनाए । आयरल्यान्डका क्रेग योंगले २ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । जोश लिटिलले २.२ ओभरमा ३९ रन खर्चेर १ विकेट लिए ।

त्यसअघि द भ्यालेज डुब्लिनमा टस हारेर ब्याटिङ थालेको आयरल्यान्डले निर्धारित १२ ओभरमा ४ विकेट गुमाउँदै १ सय ८ रन बनाएको थियो । वर्षाको कारण खेल १२ ओभरमा झारिएको थियो । आयरल्यान्डका २२ वर्षीय युवा ब्याटर ह्यारी टेक्टरले ३३ बलमा ६ चौका र ३ छक्कासहित ६४ रनमा अविजित रहेपनि टोलीको हार टार्न सकेनन् ।

टेक्टर बाहेक अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । पउल स्टर्लिङ ४, कप्तानी एन्ड्री बलबर्नी डक, ग्यारेथ डेलानी ८ र विकेटकिपर लोर्कन टेकरले १८ रनमा आउट भए ।

भारतका स्पिनर युजभेन्द्र चहल ३ ओभरमा ११ रन खर्चेर १ विकेट लिँदै प्लेयर अफ द म्याच भए । भुवनेश्वर कुमार, हार्दिक पान्ड्या र आवेश खानले १-१ विकेट लिए । डेब्यू खेल खेलेका उमरान मकिलले १ ओभरमा १४ रन खर्चिए । भारतको पहिलो रोजाईको टेस्ट टोली इंग्ल्यान्डमा छ । दोस्रो तथा अन्तिम खेल मंगलबार हुनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.