3 years ago
June 27, 2022
एजेन्सी – जो रुट र जोनी बेयरस्टोको सानदार ब्याटिङको सहयोगमा इंग्ल्यान्डले न्युजिल्यान्डसँगको तीन टेस्ट खेलको सिरिजमा सानदार क्लिनस्विप गरेको छ । इंग्ल्यान्डले तेस्रो टेस्ट खेलमा ७ विकेटले हराउँदै क्लिनस्विप गरेको हो ।

जितको लागि २ सय ९६ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले ५४.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । इंग्ल्यान्डको जितमा जो रुटले १ सय २५ बलमा ११ चौका र १ छक्कासहित ८६ रनमा अविजित इनिङ खेले । रुटनै प्लेयर अफ द सिरिज चुनिए ।न्युजिल्यान्डका डर्याल मिचेल र जो रुट संयुक्त रुपमा प्लेयर अफ द सिरिज चुनिए ।
जोनी बेयरस्टो ४४ बलमा ८ चौका र ३ छक्कासहित ७१ रनमा अविजित रहे । युवा ब्याटर ओली पोप १ सय ८ बलमा १२ चौकासहित ८२, ज्याक क्रली २५ र एलेक्स लेक्स ९ रनमा आउट भए ।न्युजिल्यान्डका टिम साउथी र माइकल ब्रेसवेलले १–१ विकेट लिए ।
त्यसअघि न्युजिल्यान्ड दोस्रो इनिङमा ३ सय २६ रनमा अल आउट भएको थियो । न्युजिल्यान्डका टम ब्लेन्डलले १ सय ६१ बलमा १५ चौकासहित ८८ रनमा अविजित रहे ।

डर्याल मिचेल १ सय ५२ बलमा ९ चौकासहित ५६ रनमा आउट भए । टम लाथम ७६, केन विलियम्सन ४८ र डेभन कन्वे ११ रनमा आउट भए । इंग्ल्यान्डका स्पिनर ज्याक लेचले पाँच र तीव्र गतिका बलर म्याथ्यु पट्सले तीन विकेट लिए ।
इंग्ल्यान्ड पहिलो इनिङमा ६७ ओभरमा ३ सय ६० रनमा अल आउट भएको थियो । इंग्ल्यान्डका जोनी बेयरस्टो १ सय ५७ बलमा २४ चौकासहित सर्वाधिक १ सय ६२ रनमा आउट भए । उनको लगातार दोस्रो शतक हो । टेस्ट करिअरको १० औं शतक हो ।
डेब्यू खेल खेलेका तीव्र गतिका बलर ओभरटन १ सय ३६ बलमा १३ चौका र २ छक्कासहित ९७ रनमा आउट भए । एक समय ५५–६ को खराब सुरुवात गरेको इंग्ल्यान्डलाई बेयरस्टो र ओभरटनले सातौं विकेटका लागि २ सय ४१ रनको दोहोरो शतकीय साझेदारी गर्दै सानदार पूनरागमन गराएका थिए ।

तीव्र गतिका बलर ट्रेन्ट बोल्टले इंग्ल्यान्डका शीर्षक्रमका तीन ब्याटर एलेक्स लेस ४, ज्याक क्रली ६ र ओली पोपलाई ५ रनमा बोल्ड गर्दै १७-३ को अवस्थामा पुर्याएका थिए । त्यसपछि जो रुट टिम साउथीको बलमा पाँच रनमा आउट भए ।
बेन स्टोक्स १८ र बेन फोक्स शून्यमा एकै ओभरमा निल वाग्ररको बलमा आउट भएपछि ११.५ ओभरमा ५५-६ को दयनीय अवस्थामा पुगेको थियो । न्युजिल्यान्डका बोल्टले चार, साउथीले तीन र वाग्ररले दुई विकेट लिए ।
त्यसअघि न्युजिल्यान्ड पहिलो इनिङमा ३ सय २९ रनमा अल आउट भयो । न्युजिल्यानडका डर्याल मिचेलले २ सय २८ बलमा ९ चौका र ३ छक्कासहित १ सय ९ रनमा आउट भए । जारी खेलमा मिचेलले तीनै खेलमा शतक प्रहार गरेका हुन् । टेस्ट करिअरको उनको चौथो शतक हो । कप्तान केन विलियम्सन ३१, डेभन कन्वे २६, टम ब्लन्डेल ५५ र टिम साउथी ३३ रनमा आउट भए ।

इंग्ल्यान्डका स्पिनर ज्याक लेचले सर्वाधिक पाँच विकेट लिए । स्टुअर्ट ब्रोडले तीन, म्याथ्यु पट्स र जेमी ओभरटनले एक एक विकेट लिए ।
इंग्ल्यान्ड पहिलो र दोस्रो खेलमा समान पाँच विकेटले विजयी भएको थियो । स्टार अलराउन्डर बेन स्टोक्सको डेब्यू कप्तानी सिरिजमा सानदार आक्रामक ब्याटिङका साथ इंग्ल्यान्डले टेस्ट क्रिकेटमा नयाँ झल्को दिँदै क्लिनस्विप गरेको हो । इंग्ल्यान्डले अव भारतसँग टेस्ट खेल खेल्नेछ ।
गतवर्ष कोरोनाको कारण स्थगित भएको भारत र इंग्ल्यान्डबीचको पाँचौं टेस्ट खेल आगमी जुलाई १ देखि सुरुहुनेछ । त्यसपछि भारत र इंग्ल्यान्डबीच तीन ओडिआई र तीन टि२० आई सिरिज समेत हुनेछ ।
न्युजिल्यान्डले भने अव आयरल्यान्डसँग तीन ओडिआई र तीन टि२० आई सिरिज खेल्नेछ । पहिलो खेल १० जुलाईदेखि सुरुहुनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]