default_image

2 years ago

June 28, 2022

‘जितेको खेल नखेली आउनु पर्दा धेरै नराम्रो लाग्छ’ – रुविना

काठमाडौं (हाम्रो खेलकुद) – यसै साता नेपाली महिला क्रिकेट टोली मलेसियामा सम्पन्न एसिसी महिला टि२० च्याम्पियनसिपमा वर्षाको कारण एसिया कप खेल्ने अवसर गुमायो । पहिलो सेमिफाइनलमा नेपाल र युएईबीचको खेल वर्षाको कारण पूरा हुन नसक्दा नेपाल बाहिरिनु परेको थियो । युएई समूह ए को विजेता हुँदा फाइनलमा पुग्दै एसिया कपमा स्थान बनायो । किनरारा ओभलमा […]

173 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – यसै साता नेपाली महिला क्रिकेट टोली मलेसियामा सम्पन्न एसिसी महिला टि२० च्याम्पियनसिपमा वर्षाको कारण एसिया कप खेल्ने अवसर गुमायो । पहिलो सेमिफाइनलमा नेपाल र युएईबीचको खेल वर्षाको कारण पूरा हुन नसक्दा नेपाल बाहिरिनु परेको थियो ।

युएई समूह ए को विजेता हुँदा फाइनलमा पुग्दै एसिया कपमा स्थान बनायो । किनरारा ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको युएई १९.५ ओभरमा ८१ रनमा अल आउट भएको थियो । तर वर्षाको कारण दोस्रो इनिङ हुन सकेन ।

नेपालकी कप्तान रुविनाले स्वदेश फर्किएपछि जितेको खेल नखेली आउनु पर्दा एकदमै धेरै नराम्रो लागेको बताएकी छिन् । ‘दुर्भाग्य भनौैं, मौसमको कुरामा कसैलाई भन्न र दोष दिन मिल्दैन । युएईजस्तो देशलाई कसरी प्रदर्शन गरेको प्रभाव पार्छ । धेरै सकारात्मक कुराहरु छन् । यो दुर्भाग्य पक्षलाई बाहिर राख्ने हो भने टिमले प्रतिस्पर्धात्मक भावना देखाएकोछ’, उनले भनिन् ।

यसअघि युएईले पूरै प्रतियोगितामा शीर्ष तीन ब्याटरले मात्र खेलेका थिए । तर तीव्र गतिकी बलर अस्मिना कर्माचार्यको सानदार पाँच विकेटको सहयोगमा नेपालविरुद्ध अल आउट हुन पुग्यो । रुविनाले मलेसिया जानुअघि पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्ने बताएकी थिइन् । वर्षाको कारण एसिया कप र नेपालको पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्ने सपना अधुरै रह्यो ।

‘खेलाडी र कोचिङस्टाफले आफ्नो काम गरेकै हो । त्यहिँ अनुसार प्रर्दशन पनि गरेको हो । जव सम्म लेखेको हुँदैन । तब सम्म आउँदैन कि क्या हो । यति धेरै मिहिनेत गरेर युएई जस्तो टोलीलाई अल आउट गर्नु आफ्नो एक उपलब्धी हो’, रुविनाले भनिन् ।

‘युएईलाई अल आउट गरेर ड्रेसिङ रुममा जादा पानी परेको भनेर थाहा थिएन । हामी त ब्याटिङ गर्न तयार थियौं । पछि पानी परेको थाहा भयो । डकवर्थ लेविस पद्धतिको आधारमा गरेपनि पाँच ओभर त हुन्छ होला भन्ने थियो । पछि पानी बढ्दै गयो । हिसाब हुन थाल्यो यति ओभरमा यति । अनि विस्तारै आशा मर्दै गयो । जितेको खेल नखेली आउन पर्दा एकदमै नराम्रो भयो, उनले भनिन् ।’

नेपाल समूह चरणमा हङकङसँग ७ विकेटले पराजित भएको थियो । नेपालले हङकङलाई हराएको नतिजा अकै आउन सक्थ्यो । हङकङलाई हराउँदा नेपाल समूह विजेता बन्दै तुलनात्मक रुपमा कमजोर मलेसियासँग दोस्रो सेमिफाइनल खेल्न पाउँथो । जुन खेल वर्षाको कारण नभएको भए नेपाल समूह विजेताको रुपमा सोझै फाइनलमा पुग्थ्यो । दोस्रो सेमिफाइनलमा मलेसिया र हङकङबीचको खेल ११–११ ओभर भएको थियो ।

‘लिग हो, पक्कै पनि हङकङसँगको हारले प्रभाव पार्छ । त्यो दिन कस्तो खेल्ने भन्ने हो । हामीले ब्याटिङ त राम्रो गरेको हो । बलरहरुले योजना अनुसार ब्याटिङ गरेनन् । तर दुर्भाग्य अनुसार त्यो खेल नजितेपछि जुन योजना बनाएका थियौं त्यो पूरा भएको थियो । वर्षाको कारण कसैले केहि गर्न सकिएन’, रुविनाले भनिन् ।

तत्काल अव महिला क्रिकेटको कुनैपनि प्रतियोगिता छैन । यो अवस्थामा रुविनाले अभ्यासमा नियमित राख्नुपर्ने बताइन् । ‘अव प्रशिक्षण सेसन निरन्तर राख्नु पर्यो । खेलाडीहरुले पनि सकेसम्म काठमाडौं मै बसेर अभ्यास गर्न सक्यौं भने हाम्रो लागि सकरात्मक कुरा हुनसक्छ । जुन हामीले योजना गरि राखेका छौं’, त्यसैमा थपिन, ‘एक दुई दिन विश्राम लिएर गर्ने छौं । संघले राख्नु भन्दा पहिला नै एकै ठाउँमा गरौं भन्ने सोचका छौं । दोस्रो कुरा हामीलाई खेलको आवश्यक छ । युगान्डासँगको पाँच खेलले हामीलाई त्यति निखार्न सक्छ भने पछि दुई तीन वटा सिरिज खेलेर गयौं भने धेरै माथि जान्छौं ।’

नेपाली महिला क्रिकेट टोलीले २००७ देखि अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्दै आएपनि उपाधि भने जित्न सकेको छैन । रुविनाले अर्को प्रतियोगितामा जित्ने बताइन् ।

‘ पानी नपरेको भए हामीले ट्रफी जित्यौं होला पनि । मनबाट शतप्रतिशत दिएका हौं । दुर्भाग्य भयो । अव आउने कुनैपनि प्रतियोगितामा पानी परेन भने हामी पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्छौं होला’, उनले टुङ्गाइन् ।

April 26, 2024

बेयरस्टोको शतकमा पन्जाबको सानदार जित

एजेन्सी – जोनी बेयरस्टोले सानदार नटआउट शतक बनाएपछि पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराएको छ । २ सय ६२ रनको लक्ष्य पछ्याएको पन्जाबका लागि बेयरस्टोको शतकसँगै प्रभसिमरन सिंह र शंशाक सिंहले अर्धशक बनाएपछि ८ बलअघि २ विकेटको नोक्सानीमा पूरा गरेको थियो । ४८ बलमा बेयरस्टोले ९ छक्का […]

April 26, 2024

विश्वकप जति नजिक, टोलीको भविष्य त्यति अनिश्चित

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले अबको ५ सातामा आइसीसी मेन्स टि२० विश्वकप अन्तर्गत पहिलो खेल खेल्नेछ । तर विश्वकप खेल्ने मिति नजिकिंदै जाँदा नेपाली टोलीमा खेलाडी संख्या घट्दै जानुपर्नेमा तयारीको अन्तिम सिरिजको पूर्व सन्ध्यामा आएर अप्रत्याशित रुपमा बढेको छ । विश्वकपको तयारीका लागि भारतको गुजरातमा मैत्रीपूर्ण सिरिज खेल्न नेपालले १५ सदस्यीय टोली घोषणा […]

April 26, 2024

वेस्ट इन्डिज ‘ए’लाई मन्त्री श्रेष्ठको शुभकामना

काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकूद मन्त्री बिराजभक्त श्रेष्ठले नेपाल‌ भ्रमणमा रहेको वेस्ट इन्डिज ‘ए’ टिमसँग भेट गरेका छन्। नेपाली क्रिकेट टोलीसँग शनिबार सुरु हुने ५ टि ट्वान्टी सिरिजका लागि मन्त्री श्रेष्ठले वेस्ट इन्डिज ‘ए’ टोलीलाई सफलता शुभकामना दिएका हुन् । आज साँझ मन्त्री श्रेष्ठले वेस्ट इन्डिजको ‘ए’ टिमका खेलाडी तथा प्रशिक्षकसँग भेटेर नेपाल सरकारको […]

Success

Thank you for your time.