3 years ago
June 29, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आगमी सेप्टेम्बरमा अष्ट्रेलिया भ्रमण गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का जनरल म्यानेजर (महाप्रबन्धक) वृतान्त खनालले आगमी सेप्टेम्बरमा नेपालले अष्ट्रेलिया भ्रमण गर्ने जानकारी दिएका छन् ।

नेपालले अष्ट्रेलियामा कुन टोलीसँग खेल्ने त्यो भने पक्का भएको छैन । वृतान्तको अनुसार नेपालले त्यहाँ क्लब टोलीसँग खेल्ने सम्भावना छ ।
‘अष्ट्रेलिया भ्रमणको बारेमा तयारी सुरु भएको हो । अष्ट्रेलिया भ्रमण हुन्छ । तर कुन टोलीसँग खेल्ने र सेप्टेम्बरमा कहिले खेल्ने अहिले नै भन्न सकिदैन’, खनालले हाम्रो खेलकुदसँग भने ।
“यसको मुख्य कारण नेपालमा बर्खा लागेको भएको हुँदा यहाँ खेल गर्न सकिदैन । अफ सिजनमा पनि अष्ट्रेलियासँग खेल गर्न सकिने हुँदा त्यहाँ खेल राखिएको हो”, उनले भने ।
‘हाम्रो सक्दो प्रयास अष्ट्रोलिया ए टिमसँग हो । तर त्यो सम्भावना म देख्दिन । किनकी तालिका अनुसार ए टोली ब्यस्त छ । हामीले अष्ट्रेलियाको राम्रो क्लबसँग खेल्ने प्रयास गर्ने हो । भ्रमण चाहिँ पक्का हुन्छ’, खनालले भने ।

नेपाली टोली मंगलबार नै क्यानाडातर्फ लागेको छ । क्यानाडामा एक अभ्यास खेल र क्यानाडासँग दुई एकदिवसिय खेलपछि टोली स्कटल्यान्ड जानेछ । नेपाल, स्कटल्यान्ड र नामिबियाबीच त्रिकोणात्मक ओडिआई सिरिज हुनेछ ।
नेपाललाई आगमी वर्ष हुने एकदिवसिय विश्वकप ग्लोबल छनोट सिधैं खेल्न र ओडिआई मान्यतालाई निरन्रता दिन बाँकी सबै खेल खेल्नु पर्ने हुन्छ । नेपाल १६ खेलमा ७ मा जित, ८ मा हार र १ खेल टाईका साथ १५ अंक जोड्दै पाँचौं स्थानमा छ ।
नेपाललाई सिधैं विश्वकप ग्लोबल छनोट खेल्न शीर्ष तीनमा पर्नुपर्ने हुन्छ । अन्यथा प्लेअफ खेल्नुपर्ने हुन्छ । प्लेअफबाट ६ टोलीको खेलमा पुन शीर्ष दुईमा पर्न सके विश्वकप ग्लोबल छनोट खेल्न पाउनेछ । ओडिआई मान्यतालाई निरन्तरता दिन अंक तालिकामा शीर्ष पाँचमा पर्नुपर्ने हुन्छ ।
नेपालको खेल तालिका
असार १७ (जुलाई १) : नेपालविरुद्ध ओन्टारियो अभ्यास खेल
असार २० (जुलाई ४) – नेपालविरुद्ध क्यानाडा, पहिलो एकदिवसिय खेल
असार २१ ( जुलाई ५) – नेपालविरुद्ध क्यानाडा, दोस्रो एकदिवसिय खेल
स्कटल्यान्ड भ्रमणमा नेपालको खेल तालिका
असार २७ ( जुलाई ११) – नामिवियाविरुद्ध नेपाल
असार २९ ( जुलाई १३) – स्कटल्यान्डविरुद्ध नेपाल
असार ३२ ( जुलाई १६) – नेपालविरुद्ध नामिबिया
साउन १ ( जुलाई १७) – नेपालविरुद्ध स्कटल्यान्ड
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]