default_image

3 years ago

June 30, 2022

रोहितपछि भारतका सम्भावित पाँच कप्तान

279 views

0 Bookmark

एजेन्सी – भारत विश्व क्रिकेटको एक शक्तिशाली देश हो । भारतले तीनै शैलीमा अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो प्रभाव जमाउँदै आएको छ । लगातार सानदार प्रदर्शन गर्दै आएको भारत विश्वकपमा उपाधिबाट भने चुक्दै आएको छ । भारतले सन् २०१३ को च्याम्पियन्स ट्रफीपछि आइसिसीको ठूलो प्रतियोगिता जित्न सकेको छैन ।

भारतीय क्रिकेटमा सौरभ गांगुलीको कप्तानीबाट परिवर्तनको सुरुवात भएको हो । विकेटकिपर महेन्द्रसिंह धोनीले तीनै शैली (टि२० विश्वकप, एकदिवसिय विश्वकप र च्याम्पियन्स ट्रफी) उपाधि जिताए । विराट कोहलीले उपाधि जित्न नसकाएपनि तीनै शैलीमा विश्व क्रिकेटमा सानदार प्रदर्शन गरे ।

कोहलीले कप्तानी छाडेपछि रोहित शर्माले भारतको नेतृत्व सम्हाल्लेका छन् । भारत विश्वकप उपाधिको भोकमा छ । इन्डियन प्रिमियर लिग (आइपिएल) का सर्वाधिक च्याम्पियन कप्तान रोहित शर्मालाई यो वर्ष अष्ट्रेलियामा हुने टि२० विश्वकप र आगमी वर्ष घरेलु मैदानमा हुने एकदिवसिय विश्वकप प्रमुख चुनौती हुन् । त्यसपछि भारत नयाँ कप्तानको साथ अघि बढ्ने अनुमान गरिएको छ ।

असल नेतृत्व नभएमा टोलीलाई नतिजा ल्याउन कठिन पर्छ । टिम निर्माणमा ठूलो असर पर्ने विश्व क्रिकेटमा थुप्रै उदाहरण छन् । श्रीलंका त्यसको एक राम्रो उदाहरण हो । त्यसैले भारतले केहि सिरिजमा फरक फरक कप्तान बनाउँदै तयार पारेको छ । रोहितपछि भारतीय क्रिकेट सम्हाल्न सक्ने सम्भावित पाँच कप्तान यस प्रकार छन् ।

५.श्रेयस ऐर

भारतीय क्रिकेट टोलीका युवा ब्याटर श्रेयस ऐर भरपर्दा मध्यक्रमका खेलाडी हुन् । उनले आइपिएलमा दिल्ली क्यापिटल्स २०१८ देखि २०२१ र यस सिजन कोलकाता नाइट राइडर्सको कप्तानी गर्दै आएका छन् ।

ऐरको कप्तानीमा दिल्लीले आइपिएलमा सानदार प्रदर्शन गरेको थियो । घरेलु क्रिकेटमा ऐरले मुम्बईको नै नेतृत्व गर्ने गर्दछन् । मध्यक्रमका भरपर्दा ब्याटर हुँदा भारत ऐरलाई नेतृत्व दिनसक्छ । किन भने ऐर तीनै शैलीमा सानदार प्रदर्शन गर्नसक्ने खेलाडी हुन् । अर्कोतर्फ उनलाई कप्तानी दिँदा लामो समय सम्म नेतृत्व सम्हाल्न सक्छन् ।

४. हार्दिक पान्ड्या


इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा पहिलो कप्तानीमै गुजरात टाइटन्सलाई च्याम्पियन बनाएपछि हार्दिक भारतको कप्तानको रुपमा देखिएका छन् । तुलनात्मक रुपमा प्रतियोगिताकै कमजोर मानिएको गुजरातलाई हार्दिकले आफ्नो प्रदर्शन र कप्तानीमा उपाधि दिलाएका थिए । भारतका वर्तमान समयका उत्कृष्ट अलराउन्डर हार्दिक पनि तीनै शैलीका खेलाडी मानिन्छन् ।

भारतले हार्दिकको यसै साता आयरल्यान्डसँगको दुई टि२० आई सिरिजमा क्लिनस्विप गरेको थियो । भारत पछिल्लो समय आइसिसीको ठूलो प्रतियोगिता उपाधि चाहेको छ । हार्दिकको उत्कृष्ट अलराउन्ड प्रदर्शनको सहयोगमै मुम्बईले पछिल्ला चार उपाधि जितेको थियो ।

हार्दिक अलराउन्डर खेलाडी हुँदा उनलाई कप्तानी दिनसक्छ । तर हार्दिकले आफ्नो फिटनेशमा भने सुधार गर्न आवश्यक देखिन्छ । ब्याक पेनका कारण हार्दिक पछिल्लो समय नियमित भारतीय टोलीमा भने छैनन् ।
३. जस्प्रित बुमराह

तीव्र गतिका बलर जस्प्रित बुमराह भारतका प्रमुख खेलाडी हुन् । बुमराह विश्व क्रिकेटका वर्तमान समयका एक उत्कृष्ट बलर हुन् । उनको योर्कर विपक्षी ब्याटरलाई सामना गर्न कठिन पर्ने गर्दछ । बुमराहले तीनै शैलीमा लगातार सानदार प्रदर्शन गर्दै आएका छन् ।

गत फेब्रुअरीमा श्रीलंकाविरुद्ध टि२० आई सिरिजमा बुमराहलाई भारतले उपकप्तान नियुक्त गरेको थियो । बुमराहले हालसम्म कप्तानी भने गरेका छैनन् । कोरोना कारण रोहित शर्माले इंग्ल्यान्डसँगको पाँचौं टेस्ट खेल गुमाउने छन् । शुक्रबारदेखि सुरु हुने उक्त टेस्ट खेल बुमराहले कप्तानी गर्ने लगभग निश्चित छ । बुमराहलाई तयार पार्न सकेमा उनी दीर्घकालिन कप्तान बन्नसक्छन् ।

२.ऋषभ पन्त


विकेटकिपर ऋषभ पन्त आक्रामक ब्याटिङका लागि चिनिन्छन् । पन्तको कप्तानीमा दिल्ली २०२१ मा पहिलो पटक आइपिएलको फाइनलमा पुगेको थियो ।

भारतले दक्षिण अफ्रिकासँग पाँच टि२० आई खेलमा पन्तलाई नै कप्तानी जिम्मेवारी दिएको थियो । उक्त सिरिज २–२ को बराबरीमा सकिएको थियो । पन्त विकेटकिपरको साथै तीनै शैलीको खेलाडी हुन् ।

विकेटकिपरलाई फिल्डिङ सजावट देखि बलर परिवर्तन गर्न र विपक्षी ब्याटरको कमजोरी पत्ता लगाउन सजिलो हुन्छ । पन्त भारतको आगमी कप्तानका दाबेदार खेलाडी हुन् । रोहितपछि पन्त पनि कप्तानका दाबेदार हुन् ।

१.लोकेश राहुल

लोकेश राहुल भारतीय वर्तमान क्रिकेट टोलीका प्रमुख ब्याटर हुन् । उनले तीनै शैलीमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । राहुल भारतीय क्रिकेट टोलीका उपकप्तान समेत हुन् । लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका राहुलले पन्जाव किंग्सको तीन संस्करण र यस सिजन लखनऊ सुपर जायन्ट्सको कप्तानी सम्हाल्लेका छन् ।

जिम्मेवारी र क्लासिक प्रदर्शन राहुलको खुबी हो । आगमी विश्वकप पछि रोहितले छाड्दा राहुल टोलीका प्रमुख र अनुभवी खेलाडी हुनेछन् ।

रोहितको अनुपस्थीतिमा राहुलले भारतबाट ओडिआई र टेस्टमा कप्तानी गरि सकेका छन् । जिम्मेवारी र निरन्तर सानदार प्रदर्शन गरेको हुँदा राहुलले नेतृत्व गर्ने सम्भावना छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.