default_image

3 years ago

July 1, 2022

वर्षाको कारण नेपाल र ओन्टारियोबीचको खेल प्रभावित

238 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – क्यानाडा भ्रमणमा रहेको नेपालको पहिलो एकदिवसिय अभ्यास खेल ओन्टारियोसँग वर्षाको कारण प्रभावित बनेको छ । खेल नेपाली समय अनुसार बेलुका ८ : ४५ मा क्यानाडाको किंग सिटीमा रहेको मेपल लिफ मैदानमा सुरुहुनुपर्ने थियो । तर वर्षाको कारण खेल सुरु हुन सकेको छैन ।

वर्षा जारी भएको कारण खेल सुरु हुन नसकेको नेप्लिज क्यानाडा क्रिकेट क्लबले जनाएको छ । मैदान कभरले ढाकिएको छ । ओन्टारियोको कप्तानी नेपालका पूर्व ओपनर नरेश बुढाऐर र नेपालको सन्दीप लामिछानेले गर्नेछन् । नेपाल क्यानाडामा सहज जितका साथ विजयी सुरुवात गर्न चाहन्छ । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज नामिबिया, स्कटल्यान्डसँग खेल्नुअघि क्यानाडामा अभ्यास गर्न गएको हो । खेल स्कटल्यान्डमा हुनेछ । स्कटल्यान्ड र क्यानाडाको वातावरण मिल्ने हुँदा नेपालले तीन अभ्यास खेल खेल्न लागेको हो ।

नेपालबाट खेलि सकेका नरेश बुढाऐरलाई नेपालको बारे राम्रोसँग थाहा छ । तर टोलीमा अन्य कुन कुन खेलाडी हुने ओन्टारियोले सार्वजनिक गरेको छैन । नेपालका सन्दीप, रोहित पौडेल र करण केसी प्रमुख हतियार हुन् । देव खनाल, पवन सरार्फ र आदिल अन्सारी जस्ता युवा खेलाडीलाई नेपालले यस अभ्यास खेलमा बढी मौका दिनेछ ।

लयबाहिर देखिएका दीपेन्द्रसिंह ऐरीलाई आत्माविश्वास बढाउने राम्रो अवसर हुनेछ । तीव्र गतिका बलर किशोर महतो र स्पिनर बसिर अहमद दुबैलाई नेपालले अवसर दिने सम्भावना छ । अभ्यास खेल हुँदा नेपालले प्रमुख खेलाडीलाई विश्राम दिनसक्ने सम्भावना त्यतिनै छ ।

नेपालको टोली :

सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान), आसिफ शेख (विकेटकिपर) कुशल भुर्तेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, बसिर अहमद, किशोर महतो, पवन सरार्फ र विनोद भण्डारी ९विकेटकिपर० ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.