3 years ago
July 2, 2022
काठमाडौं (हाम्रो खेलकुद) – क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा अोन्टारियो क्रिकेट क्लबविरुद्ध मध्यम योगफल खडा गरेको छ ।

किंग सिटीमा मेपल लिफ मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित ५० अोभरमा ८ विकेट गुमाउँदै २ सय २० रन जोड्यो । एक समय ११६-५ को स्थितिमा पुगेको नेपाललाई विनोद भण्डारीको अर्धशतकले प्रतिस्पर्धात्मक योगफलसम्म पुर्याएको थियो । विनोदले ५९ बलमा ८ चौकासहित ५७ रनको योगदान दिए ।
अोपनर आसिफ शेखले ७५ बलमा ४२ रनको संयमित इनिङ खेले । उनी ४० अौं अोभरमा आउट हुँदा नेपाल १४६-६ को स्थितिमा थियो । अन्तिम १० अोभरमा विनोद र बसिर अहमदले ६३ रनको साझेदारी गरेका थिए । बसिरले २६ बलमा २४ रन जोडे ।
नेपालले पहिलो विकेट ११ अौं अोभरमा ३१ रन जोड्दा गुमाएको थियो । कुशल भुर्तेल २९ बलमा १३ रन बनाएर क्याच आउट भएका थिए । देव खनालले ४४ बलमा २७ रनको योगदान दिए । रोहित पौडेल २ रनमा आउट हुँदा दीपेन्द्र सिंह एेरी र आरिफ शेखले समान १९-१९ रन बनाए । आठौं नम्बरमा आएका आदिल अन्सारी ५ बलमा १० रन बनाएर नटआउट रहे ।
घरेलु टोलीका शील पटेलले ३ विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]