default_image

3 years ago

July 3, 2022

रोहित र दीपेन्द्रको उत्कृष्ट ब्याटिङमा नेपालको विशाल योगफल

519 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट ब्याटिङमा नेपालले टि२० अभ्यास खेलमा क्यानाडाको ओन्टारियो क्रिकेट क्लबलाई २ सय १० रनको विशाल लक्ष्य दिएको छ ।


किंग सिटीमा मेपल लिफ मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ९ रन बनायो । नेपालका लागि रोहित पौडेल ३१ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ७१ रनमा अविजित रहे ।

दीापेन्द्रसिंह ऐरीले २७ बलमा ६ चौका र २ छक्कासहित ५४ रनमा आउट भए । नेपाललाई पहिलो विकेटका लागि ओपनर कुशल भुर्तेल र पवन सरार्फले २.५ ओभरमा १६ रनको साझेदारी गरेका थिए । कुशल रेमाण्ड बाइनको बलमा जश शाहबाट २ रनमा क्याच आउट भए । ओपनर आसिफ शेखलाई विश्राम दिँदा पवन ओपनिङ पठाएको थियो ।


देव खनाल बरुण सहदेव १३ बलमा २ चौका र १ छक्कासहित २० रनमा बोल्ड आउट भए । ओपनर पवन सरार्फ ३४ बलमा ५ चौकासहित ३७ रनमा क्याच आउट भए । तेस्रो विकेटका लागि दीपेन्द्र र पवनले ४० रनको साझेदारी गरेका थिए ।

चौथो विकेटका लागि दीपेन्द्र र रोहितले ५४ रनको साझेदारी गरेका थिए । दीपेन्द्र हसन मिराजको बलमा लङअफमा अमर खलिदबाट क्याच भए । आदिल अन्सारी १० बलमा १० रनमा अविजित रहे ।

पाँचौं विकेटका लागि आदिल र रोहितले ६७ रनको अविजित साझेदारी गरेका थिए । ओन्टारियोका रेमाण्ड, बरुण, किनान र हसनले १-१ विकेट लिए ।

एकदिवसिय अभ्यास खेलमा भने नेपालले ओन्टारियो क्रिकेट क्लबलाई ६९ रनले हराएको थियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.