default_image

3 years ago

July 3, 2022

नेपालको लगातार दोस्रो जित

304 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – क्यानाडा भ्रमणमा रहेको नेपालले टि२० अभ्यास खेलमा ओन्टारियो क्रिकेट क्लबलाई ५५ रनले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ । पहिलो एकदिवसिय अभ्यास खेलमा नेपालले ओन्टारियोलाई ६९ रनले पराजित गरेको थियो ।

जितको लागि २ सय १० रनको विशाल विजयी लक्ष्य पछ्याएको ओन्टारियो १९.३ ओभरमा १ सय ५४ रनमा अल आउट भयो । ओन्टारियोका लागि बरुण सहदेवले ३३ बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ५० रनमा आउट भए । जेड मदमोर २५ बलमा २ चौका र २ छक्कासहित ३७ रनमा आउट भए ।

दोस्रो विकेटका लागि सहदेव र पदमोरले ६९ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । एक समय ८.१ ओभरमा ७२–२ को अवस्थामा थियो । तर त्यसपछि रन आउटको रुपमा ओन्टारियोले लगातार विकेट गुमायो । ओन्टारियोको पाँच खेलाडी रन आउट बनेका थिए ।

नेपालका सोमपाल कामीले ३.३ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । करण केसी, आदिल अन्सारी र किशोर महतोले १–१ विकेट लिए ।

त्यसअघि किंग सिटीमा मेपल लिफ मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ९ रन बनाएको थियो । नेपालका लागि रोहित पौडेल ३१ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ७१ रनमा अविजित रहे ।

दीापेन्द्रसिंह ऐरीले २७ बलमा ६ चौका र २ छक्कासहित ५४ रनमा आउट भए । नेपाललाई पहिलो विकेटका लागि ओपनर कुशल भुर्तेल र पवन सरार्फले २।५ ओभरमा १६ रनको साझेदारी गरेका थिए । कुशल रेमाण्ड बाइनको बलमा जश शाहबाट २ रनमा क्याच आउट भए । ओपनर आसिफ शेखलाई विश्राम दिँदा पवन ओपनिङ पठाएको थियो ।

देव खनाल बरुण सहदेव १३ बलमा २ चौका र १ छक्कासहित २० रनमा बोल्ड आउट भए । ओपनर पवन सरार्फ ३४ बलमा ५ चौकासहित ३७ रनमा क्याच आउट भए । तेस्रो विकेटका लागि दीपेन्द्र र पवनले ४० रनको साझेदारी गरेका थिए ।

चौथो विकेटका लागि दीपेन्द्र र रोहितले ५४ रनको साझेदारी गरेका थिए । दीपेन्द्र हसन मिराजको बलमा लङअफमा अमर खलिदबाट क्याच भए । आदिल अन्सारी १० बलमा १० रनमा अविजित रहे ।

पाँचौं विकेटका लागि आदिल र रोहितले ६७ रनको अविजित साझेदारी गरेका थिए । ओन्टारियोका रेमाण्ड, बरुण, किनान र हसनले १-१ विकेट लिए । एकदिवसिय अभ्यास खेलमा भने नेपालले ओन्टारियो क्रिकेट क्लबलाई ६९ रनले हराएको थियो ।

नेपाललेअव क्यानाडासँग दुई एकदिवसिय खेल खेल्ने छ । त्यसपछि स्कटल्यान्ड जानेछ । नेपाल, स्कटल्यान्ड र नामिबियाबीच त्रिकोणात्मक ओडिआई सिरिज हुनेछ ।

नेपाललाई आगमी वर्ष हुने एकदिवसिय विश्वकप ग्लोबल छनोट सिधैं खेल्न र ओडिआई मान्यतालाई निरन्रता दिन बाँकी सबै खेल खेल्नु पर्ने हुन्छ । नेपाल १६ खेलमा ७ मा जित, ८ मा हार र १ खेल टाईका साथ १५ अंक जोड्दै पाँचौं स्थानमा छ ।

नेपाललाई सिधैं विश्वकप ग्लोबल छनोट खेल्न शीर्ष तीनमा पर्नुपर्ने हुन्छ । अन्यथा प्लेअफ खेल्नुपर्ने हुन्छ । प्लेअफबाट ६ टोलीको खेलमा पुन शीर्ष दुईमा पर्न सके विश्वकप ग्लोबल छनोट खेल्न पाउनेछ । ओडिआई मान्यतालाई निरन्तरता दिन अंक तालिकामा शीर्ष पाँचमा पर्नुपर्ने हुन्छ ।

नेपालको टोली :

सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, बसिर अहमद, किशोर महतो, पवन सरार्फ र विनोद भण्डारी (विकेटकिपर) ।

नेपालको खेल तालिका

असार २१ (जुलाई ५) – नेपालविरुद्ध क्यानाडा, पहिलो एकदिवसिय खेल

असार २२ (जुलाई ६) – नेपालविरुद्ध क्यानाडा, दोस्रो एकदिवसिय खेल

स्कटल्यान्ड भ्रमणमा नेपालको खेल तालिका

असार २७ ( जुलाई ११) – नामिवियाविरुद्ध नेपाल

असार २९ ( जुलाई १३) – स्कटल्यान्डविरुद्ध नेपाल

असार ३२ ( जुलाई १६) – नेपालविरुद्ध नामिबिया

साउन १ ( जुलाई १७) – नेपालविरुद्ध स्कटल्यान्ड

अंक तालिका

ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारका साथ ४४ अंक जोड्दै शीर्षस्थानमा छ । स्कटल्यान्ड २० खेलमा १३ मा जित र ५ मा हारका साथ २८ अंक जोड्दै दोस्रो स्थानमा छ । युएई २२ खेलमा १२ मा जित र ८ मा हारसहित २६ अंकका साथ तेस्रो स्थानमा छ ।

अमेरिका २४ खेलमा ११ मा जित र १२ मा हारका साथ २२ अंक जोड्दै चौथो स्थानमा छ । नेपाल १६ खेलमा ७ मा जित र ८ मा हारका साथ १५ अंक जोड्लै पाँचौं स्थानमा छ । नामिबिया १४ खेलमा ७ मा जित र ७ मा हार सहित १४ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी २० खेलमा १ मा जित र १९ मा हारका साथ पुछारमा छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.