3 years ago
July 5, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पहिलो एकदिवसिय अभ्यास खेलमा आज क्यानाडासँग खेल्दैछ । खेल नेपाली समय अनुसार राती ८ : ४५ मा क्यानाडाको किंग सिटीमा रहेको मेपल लीफ क्रिकेट मैदानमा सुरुहुनेछ ।

नेपाल क्यानाडासँगको दुबै अभ्यास खेलमा सानदार जितका साथ आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज खेल्न स्कटल्यान्ड जाने सोचमा हुनेछ । नेपालले सुरुवाती दुई अभ्यास खेलमा ओन्टारियो क्रिकेट क्लबलाई ६९ रन र ५५ रनले हराएको थियो ।
क्यानानडो बातावरण र स्कटल्यान्डको मिल्दोजुल्दो छ । त्यसैले नेपाली ब्याटरलाई त्यहाँको वातावरणमा झिज्दै राम्रो प्रदर्शन गर्नुपर्ने हुन्छ । टि२० खेलमा रोहित पौडेलले ७१ र दीपेन्द्रसिंह ऐरीले ५४ रनको इनिङ खेलेका थिए । दीपेन्द्रले ५० ओभरको खेलमा संघर्ष गर्दै आएका छन् ।
नेपाल दीपेन्द्रबाट ठूलो इनिङ चाहन्छ । नेपालको ओपनिङ आसिफ शेख र कुशल भुर्तेलले गर्नेछन् । तेस्रो नम्बरमा देव खनाल हुनेछन् । देवबाट नेपाल ठूलो आशा राख्नेछ ।

दीपेन्द्र र रोहितको प्रदर्शन महत्वपूर्ण हुनेछ । नेपालले आरिफ शेख, विनोद भण्डारी र आदिल अन्सारीलाई तल्लोक्रममा खेलाउनेछ । करण केसी र सोमपाल कामी तीव्र गतिका बलरको रुपमा रहनेछन् । यी दुबै बलर राम्रो ब्याटिङको क्षमता राख्छन् । सन्दीप प्रमुख बलिङ हतियार तथा स्पिनर हुन् ।
उता क्यानाडाको कप्तानी साद बिन जाफरले गर्नेछन् । रयान खान पठान उपकप्तानको रुपमा छन् । क्यानाडाले पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा संघर्ष गरेको छ । घरेलु मैदानको फाइदा उठाउँदै क्यानाडा उच्च प्रदर्शन गर्न चाहन्छ । क्यानाडाले नेपालसँग खेल्ने टोलीमा नयाँ खेलाडीलाई मौका दिएको छ ।

नेपालले क्यानाडासँग दुई एकदिवसिय खेल खेल्ने छ । त्यसपछि स्कटल्यान्ड जानेछ । नेपाल, स्कटल्यान्ड र नामिबियाबीच त्रिकोणात्मक ओडिआई सिरिज हुनेछ । नेपाललाई आगमी वर्ष हुने एकदिवसिय विश्वकप ग्लोबल छनोट सिधैं खेल्न र ओडिआई मान्यतालाई निरन्रता दिन बाँकी सबै खेल खेल्नु पर्ने हुन्छ । नेपाल १६ खेलमा ७ मा जित, ८ मा हार र १ खेल टाईका साथ १५ अंक जोड्दै पाँचौं स्थानमा छ ।
नेपाललाई सिधैं विश्वकप ग्लोबल छनोट खेल्न शीर्ष तीनमा पर्नुपर्ने हुन्छ । अन्यथा प्लेअफ खेल्नुपर्ने हुन्छ । प्लेअफबाट ६ टोलीको खेलमा पुन शीर्ष दुईमा पर्न सके विश्वकप ग्लोबल छनोट खेल्न पाउनेछ । ओडिआई मान्यतालाई निरन्तरता दिन अंक तालिकामा शीर्ष पाँचमा पर्नुपर्ने हुन्छ ।

नेपालको टोली :
सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, बसिर अहमद, किशोर महतो, पवन सरार्फ र विनोद भण्डारी (विकेटकिपर) ।
नेपालको खेल तालिका
असार २१ (जुलाई ५) – नेपालविरुद्ध क्यानाडा, पहिलो एकदिवसिय खेल
असार २२ (जुलाई ६) – नेपालविरुद्ध क्यानाडा, दोस्रो एकदिवसिय खेल
स्कटल्यान्ड भ्रमणमा नेपालको खेल तालिका
असार २७ ( जुलाई ११) – नामिवियाविरुद्ध नेपाल
असार २९ ( जुलाई १३) – स्कटल्यान्डविरुद्ध नेपाल
असार ३२ ( जुलाई १६) – नेपालविरुद्ध नामिबिया
साउन १ ( जुलाई १७) – नेपालविरुद्ध स्कटल्यान्ड
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]