default_image

3 years ago

July 5, 2022

नेपालले आज क्यानाडाससँग खेल्दै

243 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पहिलो एकदिवसिय अभ्यास खेलमा आज क्यानाडासँग खेल्दैछ । खेल नेपाली समय अनुसार राती ८ : ४५ मा क्यानाडाको किंग सिटीमा रहेको मेपल लीफ क्रिकेट मैदानमा सुरुहुनेछ ।

नेपाल क्यानाडासँगको दुबै अभ्यास खेलमा सानदार जितका साथ आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज खेल्न स्कटल्यान्ड जाने सोचमा हुनेछ । नेपालले सुरुवाती दुई अभ्यास खेलमा ओन्टारियो क्रिकेट क्लबलाई ६९ रन र ५५ रनले हराएको थियो ।

क्यानानडो बातावरण र स्कटल्यान्डको मिल्दोजुल्दो छ । त्यसैले नेपाली ब्याटरलाई त्यहाँको वातावरणमा झिज्दै राम्रो प्रदर्शन गर्नुपर्ने हुन्छ । टि२० खेलमा रोहित पौडेलले ७१ र दीपेन्द्रसिंह ऐरीले ५४ रनको इनिङ खेलेका थिए । दीपेन्द्रले ५० ओभरको खेलमा संघर्ष गर्दै आएका छन् ।

नेपाल दीपेन्द्रबाट ठूलो इनिङ चाहन्छ । नेपालको ओपनिङ आसिफ शेख र कुशल भुर्तेलले गर्नेछन् । तेस्रो नम्बरमा देव खनाल हुनेछन् । देवबाट नेपाल ठूलो आशा राख्नेछ ।

दीपेन्द्र र रोहितको प्रदर्शन महत्वपूर्ण हुनेछ । नेपालले आरिफ शेख, विनोद भण्डारी र आदिल अन्सारीलाई तल्लोक्रममा खेलाउनेछ । करण केसी र सोमपाल कामी तीव्र गतिका बलरको रुपमा रहनेछन् । यी दुबै बलर राम्रो ब्याटिङको क्षमता राख्छन् । सन्दीप प्रमुख बलिङ हतियार तथा स्पिनर हुन् ।

उता क्यानाडाको कप्तानी साद बिन जाफरले गर्नेछन् । रयान खान पठान उपकप्तानको रुपमा छन् । क्यानाडाले पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा संघर्ष गरेको छ । घरेलु मैदानको फाइदा उठाउँदै क्यानाडा उच्च प्रदर्शन गर्न चाहन्छ । क्यानाडाले नेपालसँग खेल्ने टोलीमा नयाँ खेलाडीलाई मौका दिएको छ ।

नेपालले क्यानाडासँग दुई एकदिवसिय खेल खेल्ने छ । त्यसपछि स्कटल्यान्ड जानेछ । नेपाल, स्कटल्यान्ड र नामिबियाबीच त्रिकोणात्मक ओडिआई सिरिज हुनेछ । नेपाललाई आगमी वर्ष हुने एकदिवसिय विश्वकप ग्लोबल छनोट सिधैं खेल्न र ओडिआई मान्यतालाई निरन्रता दिन बाँकी सबै खेल खेल्नु पर्ने हुन्छ । नेपाल १६ खेलमा ७ मा जित, ८ मा हार र १ खेल टाईका साथ १५ अंक जोड्दै पाँचौं स्थानमा छ ।

नेपाललाई सिधैं विश्वकप ग्लोबल छनोट खेल्न शीर्ष तीनमा पर्नुपर्ने हुन्छ । अन्यथा प्लेअफ खेल्नुपर्ने हुन्छ । प्लेअफबाट ६ टोलीको खेलमा पुन शीर्ष दुईमा पर्न सके विश्वकप ग्लोबल छनोट खेल्न पाउनेछ । ओडिआई मान्यतालाई निरन्तरता दिन अंक तालिकामा शीर्ष पाँचमा पर्नुपर्ने हुन्छ ।

नेपालको टोली :

सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, बसिर अहमद, किशोर महतो, पवन सरार्फ र विनोद भण्डारी (विकेटकिपर) ।

नेपालको खेल तालिका

असार २१ (जुलाई ५) – नेपालविरुद्ध क्यानाडा, पहिलो एकदिवसिय खेल

असार २२ (जुलाई ६) – नेपालविरुद्ध क्यानाडा, दोस्रो एकदिवसिय खेल

स्कटल्यान्ड भ्रमणमा नेपालको खेल तालिका

असार २७ ( जुलाई ११) – नामिवियाविरुद्ध नेपाल

असार २९ ( जुलाई १३) – स्कटल्यान्डविरुद्ध नेपाल

असार ३२ ( जुलाई १६) – नेपालविरुद्ध नामिबिया

साउन १ ( जुलाई १७) – नेपालविरुद्ध स्कटल्यान्ड

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

December 6, 2025

तेस्रो जितसहित पोखराले एनपिएलको अन्त्य गर्यो

काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]

December 6, 2025

पोखरालाई चितवनको सामान्य चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको ‌नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]

Success

Thank you for your time.