default_image

3 years ago

July 5, 2022

लगातार वर्षाले नेपालको खेल सुरु हुन सकेन

244 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – लगातार वर्षाको कारण नेपाल र घरेलु टोली क्यानाडाबीचको पहिलो एकदिवसिय अभ्यास खेल प्रभावित बनेको छ । निर्धारित समय अनुसार नेपालको राती ८ : ४५ मा क्यानाडाको किंग सिटीमा रहेको मेपल लीफ क्रिकेट मैदानमा खेल सुरु हुनुपर्ने हो । तर मैदानमा पाँच घण्टा देखि वर्षा जारी छ । पिच कभरले ढाकिएको छ ।

केहि समय वर्षा रोकिएपनि पुन जारी भएको छ । खेलको कट अफ टाइम नेपालको झण्डै २ बजे रहेको छ । अवको एक घण्टामा वर्षा रोकिएमा २०-२० ओभरको सम्भावना देखिन्छ । तर पनि लगातार वर्षा भएमा र राती २ बजे अघि सम्म सुरु नभएमा भने खेल रद्ध हुनेछ ।

नेपाल क्यानाडासँगको दुबै अभ्यास खेलमा सानदार जितका साथ आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज खेल्न स्कटल्यान्ड जाने सोचमा हुनेछ । नेपालले सुरुवाती दुई अभ्यास खेलमा ओन्टारियो क्रिकेट क्लबलाई ६९ रन र ५५ रनले हराएको थियो ।

क्यानानडो बातावरण र स्कटल्यान्डको मिल्दोजुल्दो छ । त्यसैले नेपाली ब्याटरलाई त्यहाँको वातावरणमा झिज्दै राम्रो प्रदर्शन गर्नुपर्ने हुन्छ । क्यानाडाको कप्तानी साद बिन जाफरले गर्नेछन् । रयान खान पठान उपकप्तानको रुपमा छन् । क्यानाडाले पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा संघर्ष गरेको छ ।

घरेलु मैदानको फाइदा उठाउँदै क्यानाडा उच्च प्रदर्शन गर्न चाहन्छ । क्यानाडाले नेपालसँग खेल्ने टोलीमा नयाँ खेलाडीलाई मौका दिएको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.