default_image

3 years ago

July 6, 2022

टेस्टमा नयाँ इंग्ल्यान्डको आगमन

190 views

0 Bookmark

भनिन्छ क्रिकेटमा प्रशिक्षक र कप्तानमा टोलीको प्रदर्शन धेरै निर्भर हुन्छ । कुनैपनि टोली शक्तिशाली वा च्याम्पियन बन्न उत्कृष्ट प्रतिभामात्र होइन नेतृत्व गर्ने व्यक्ति पनि उत्कृष्ट हुनुपर्छ । इंग्ल्यान्डले हालसालै टेस्ट क्रिकेटमा त्यसलाई प्रमाणित मात्र गरेको छैन विश्व क्रिकेटमै फरक रुपमा प्रस्तुत भएको छ ।

भारतसँगको पाँचौं टेस्ट खेलमा इंग्ल्यान्डले ७ विकेटले हराउँदै नयाँ इतिहास रच्न सफल भयो । जितको लागि ३ सय ७८ रनको विजयी लक्ष्य इंग्ल्यान्डले ३ विकेट गुमाउँदै पूरा गर्दै इंग्ल्यान्यले अब टेस्ट क्रिकेट फरक शैलीमा खेल्ने विश्वमा संकेत दिएको छ । विशेष गरि कप्तानमा बेन स्टोक्स र मुख्य प्रशिक्षकमा ब्रेन्डन मक्कुलमको आगमनपछि फरक इंग्ल्यान्ड देखिएको छ । लगातार चार खेल २ सय ५० माथि पूरा गर्ने पहिलो टोली पनि बनेको छ ।

भारतविरुद्ध पहिलो इनिङमा जोनी बेयरस्टोको १ सय ६ रनको शतकीय इनिङका बाबजुद इंग्ल्यान्ड १ सय ३२ रनले पछि परेको थियो । दोस्रो इनिङमा भारत २ सय ४५ रनमा अल आउट भएपछि इंग्ल्यान्डले ३ सय ७८ रनको विजयी लक्ष्य पाएको थियो । इंग्ल्यान्डले हालसम्म ३ सय ६० माथिको योगफल गर्न सकेको थिएन ।

धेरैले भारतले जित्दै २००७ पछि इंग्ल्यान्डमा पहिलो सिरिज जित्ने अनुमान गरेका थिए । तर इंग्ल्यान्डका ओपनर ज्याक क्रली र एलेक्स लिसले शतकीय साझेदारीका साथ ड्रिम सुरुवात गरे । त्यपछि जो रुट र जोनी बेयरस्टोले निरन्तरता दिँदै शतकका साथ आफ्नो टेस्ट इतिहासकै सर्वाधिक ठूलो योगफल पूरा गर्दै नयाँ इतिहास रचे ।

रुटले १ सय ४२ र जोनी बेयरस्टोले १ सय १४ रनको शतकीय इनिङ खेले । तेस्रो विकेटका लागि अविजित २ सय ६९ रनको साझेदारी गरेका थिए । पछिल्लो एक वर्षमा टेस्टमा कमजोर प्रदर्शन गरेको इंग्ल्यान्डले स्टोक्स र मक्कुलमले आगमनमा लगातार चार खेल जितेको छ । जित ब्याटिङमा सानदार साथका छ । परिवर्तनले खेलाडीको मनोबल र रणनीति नै फरक देखिन्छ ।

गत डिसेम्बर जनवरीमा अष्ट्रेलियासँगको पाँच खेलको एसेज सिरिजमा इंग्ल्यान्डले लज्जास्पद प्रदर्शन गर्यो । एसेज अष्ट्रेलिया र इंग्ल्यान्डबीचको सवैभन्दा प्रतिष्ठित सिरिज हो । एसेजको लागि टि२० विश्वकप छोड्न तयार रहेको गतवर्ष स्टिभ स्मिथले भनेका थिए । यसले नै एसेजको महत्व दर्साउँछ । एसेज सिरिज ४-० ले गुमाएपछि रुट र प्रशिक्षकको चर्को आलोचना भयो । अझ मार्चमा तुलनात्मक रुपमा वेस्टइन्डिजसँगको तीन टेस्ट सिरिज १–० ले गुमाएपछि कप्तान जो रुटले कप्तानी छाड्ने निर्णय लिए । प्रशिक्षक र निर्देशक दुवैलाई हटायो ।

रुटको व्यक्तिगत सानदार प्रदर्शन गरेपनि पछिल्लो समय टोलीको प्रदर्शन अपेक्षा अनुसार थिएन । वर्तमान विश्व क्रिकेटमा रुट नम्बर वान खेलाडी हुन् । उनले पछिल्लो एक वर्षमा टेस्टमा ११ शतक हानेका छन् । तर टोलीको लगातार खराब प्रदर्शनले इंग्ल्यान्डको दबाब बढ्यो । त्यसैको कारण इंग्ल्यान्ड बोर्डले ब्यापक सुधार गर्यो ।

इंग्ल्यान्ड विश्व क्रिकेटमा साँच्चै परिवर्तन चाहन्छ । सिमित ओभरमा सानदार प्रदर्शन गर्दै आएको इंग्ल्यान्डले टेस्टमा नयाँ प्रशिक्षक नियुक्त गर्ने निर्णय लियो ।

न्युजिल्यान्डका पूर्व कप्तान तथा विष्फोटक ब्याटर ब्रेन्डम मक्कुलममाथि त्यसको जिम्मेवारी थियो । मक्कुलमले आफ्नो खेल्ने शैलीमा प्रशिक्षण दिएका छन् । विष्फोटक ब्याटिङका लागि माहिर मक्कुलमले टेस्ट क्रिकेटमा पनि अब त्यो संकेत दिएका छन् । मक्कुलम एक समय विश्वका सबैभन्दा बढी विष्फोटक ब्याटरका रुपमा चिनिन्थे ।

इंग्ल्यान्डको सिमित ओभरको प्रशिक्षकमा म्याथ्यु मट्लाई नियुक्त गर्यो । दुवै शिक्षकले विष्फोटक ब्याटिङको साथ जित दिलाए । म्याथ्युको प्रशिक्षकमा इंग्ल्यान्डले नेदरल्यान्ड्सविरुद्ध पहिलो ओडिआई खेलमा ४ सय ९८ रन बनाएको थियो ।
मक्कुलम प्रशिक्षक र बेन स्टोक्सको कप्तान बनेपछि पहिलो सिरिजमा न्युजिल्यान्डसँगको तीन टेस्ट सिरिजमा क्लिनस्विप मात्र गरेन टेस्ट क्रिकेट नयाँ स्वरुपको संकेत दियो ।

न्युजिल्यान्डसँगको पहिलो टेस्ट खेलमा इंग्ल्यान्ड ५ विकेटले विजयी भयो । रुटले १ सय १५ रनको शतकीय इनिङ खेलेका थिए । दोस्रो टेस्ट खेलमा न्युजिल्यान्डलाई पाँच विकेटले नै पराजित गर्यो । तर टि२० शैलीको झल्को दिँदै जित्यो ।

जितको लागि २ सय ९९ रनको विशाल लक्ष्य पछ्याएको इंग्ल्यान्डले ५० ओभरमै पूरा गरेको थियो । जोनी बेयरस्टोले ९२ बलमा १४ चौका र ७ छक्कासहित १ सय ३६ रनको इनिङ खेलेका थिए । विश्वकै उत्कृष्ट बलिङ आक्रामण मानिएको न्युजिल्यान्डका ट्रेन्ट बोल्ट, टिम साउथी र म्याट हेनरीलाई बेयरस्टो र स्टोक्सले रनको वर्षा बनाएका थिए ।

१ सय २१ बलमा १ सय ७६ रन जोड्दै जित दिलाएका थिए । जुन खेलले टि२० लाई झल्को दिएको थियो । विश्व टेस्ट च्याम्पियनसिप न्युजिल्यान्ड हेरेको हेरै मात्र भयो ।

तेस्रो खेलमा २ सय ९६ रनको लक्ष्य ५४.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । उक्त खेलको पहिलो इनिङमा जोनी बेयरस्टोले १ सय ६२ र जेमी ओभरटनले ९७ रनको इनिङ खेलेका थिए । लक्ष्य पछ्याउनेक्रममा ओली पोपले ८२, जो रुट ८६ र बेयरस्टोले ७१ रनको इनिङ खेलेका थिए । बेयरस्टोले ४४ बलमा ८ चौका र ३ छक्का प्रहार गरेका थिए ।

भारतको आक्रामक मानिएको तीव्र गतिको बलिङ आक्रामण पनि दोस्रो इनिङमा निरही बन्यो । इंग्ल्यान्ड आफू मात्र होईन विश्व टेस्टनै परिवर्न गर्ने सोचमा छ । बेन स्टोक्स टेस्ट क्रिकेटलाई नयाँ जीवन दिनुपर्ने बताउँछन् ।

‘हामी इंग्ल्यान्डमा टेस्ट क्रिकेट कसरी खेलिन्छ भनेर फेरी लेख्न प्रयास गरिरहेका छौं । पछिल्ला चार पाँच हप्ता हामी हाम्रो सबै योजनाहरु अगाडि बढाउन चाहन्छौं । हामीलाई थाहा छ कि हामी टेस्ट क्रिकेटलाई नयाँ जीवनदान दिन चाहन्छौं’, बेन स्टोक्सले भारतसँगको जितपछि भने ।

त्यसैमा थपे, ‘हामीले छोटो समयमा प्राप्त गरेको समर्थन उत्कृष्ट छ । आगमी पुस्तालाई प्रेरणा दिन हामी केहि गर्न चाहन्छौं । हामी टेस्टमा नयाँ समर्थक लिन चाहन्छौं । समर्थकलाई टेस्ट क्रिकेटमा फर्काउँदै छाप छोड्न चाहन्छौं ।’

‘मलाई लाग्दैन कि यो वास्तवमै धेरै समस्या हो, मलाई लाग्छ कि हामी समयमै पत्ता लगाउनेछौं । मसँग भएका सीपहरूमा म विश्वस्त छु, समूहमा विश्वस्त छु कि हामीले चीजहरू सुरु गर्नुपर्छ,’ म्याकुलमले एक महिनाअघि मुख्य प्रशिक्षकमा नियुक्त भएपछि भनेका थिए । त्यो समय लगातार खराब प्रदर्शनले इंग्ल्यान्डको टेस्ट क्रिकेटको भविष्यमै प्रश्न उठेको थियो ।

‘स्पष्ट रूपमा यहाँका केही विधिहरू र तरिकाहरूमा पूर्ण रूपमा समायोजन हुन मलाई केही समय लाग्नेछ, र केटाहरूलाई पनि मसँग समायोजन गर्न केही समय लाग्न सक्छ तर म यसको लागि तत्पर छु । यो एक हो । ठुलो जोखिम सबैले लिन्छ तर जीवनमा केहि जोखिम मोल्नको लागि तयार नभएसम्म कतै पुग्नु हुन्न’, मक्कुलमले भनेका थिए । विष्फोटक ब्याटिङ उनले लिएको जोखिम हो । त्यो सफल पनि भएका छन् ।

स्टोक्स जो रुट र जोनी बेयरस्टोलाई यसको श्रेय दिन्छन् । पछिल्लो समय विश्व स्टार खेलाडी रन बनाउन संघर्ष गरेका छन् । तर जो रुटले पछिल्लो एक वर्षमा ११ टेस्ट शतक प्रहार गरेका छन् । फ्याब फोरमा रहेका विराट कोहली तीन वर्षदेखि शतक विहीन छन् । केन विलियम्सन र स्टिभ स्मिथले १–१ शतक प्रहार गरेका छन् ।

विशेष गरि रुटले पछिल्लो समय टि२० आई क्रिकेट खेलेका छैनन् । हालसम्म आइपिएल नखेलेका रुट टेस्ट क्रिकेटलाई बढी महत्त्व दिन नखेल्ने बताएका थिए । एसेजमा लज्जास्पद हारपछि बेन स्टोक्सले पनि आइपिएल नखेल्ने निर्णय लिएका थिए ।

स्टोक्स आफू भन्दा अरु कोही बहादुर नभएको बताउँछन् । ‘जोनी र रुटले सबै श्रेय पाउनेछन्, तर ओपनरहरूले बुमराह र शमीविरुद्ध नयाँ बलमा खेल्ने तरिकाले उदाहरण स्थापित भयो । यो सबै विकेट लिने र दस विकेट लिने बारे हो। कुनै गुनासो छैन । कहिलेकाहीँ, टोलीहरू हामी भन्दा राम्रो हुनेछन् तर कोही पनि हामी भन्दा बहादुर हुनेछैनन्’, ज्याक लीचको भनाई स्टोक्सले भने ।

सिमित ओभरमा इंग्ल्यान्डको भिन्दै पहिचान छ । सन् २०१५ को विश्वकपमा लज्जास्पद प्रदर्शनपछि इंग्ल्यान्डले विश्व क्रिकेटमा विष्फोटक ब्याटिङका साथ कान्तिकारी परिवर्तन गरेको थियो । त्यसैको सहयोगमा २०१९ मा एकदिवसिय विश्वकप जितेको थियो ।

इंग्ल्यान्ड एक मात्र त्यस्तो टेस्ट टोली हो जसको दुई फरक मुख्य प्रशिक्षक राखेको छ । त्यसै अनुसार सुरुवाती नतिजा सानदार छ । साँच्चै स्टोक्स र म्याकुलमको आगमनले इंग्ल्यान्डको खेलाडीको मनोबलनै फेरिएको छ । खराब लयबाट संघर्ष गरेका जोनी बेयरस्टोले पछिल्ला चार खेलमा चार शतक प्रहार गरेका छन् ।

भारतविरुद्ध दुवै शतकीय इनिङ खेलेका थिए । इंग्ल्यान्ड आफू मात्र फेरिने छैन टेस्ट क्रिकेट प्रतिको धाराणानै फेर्ने सोचमा छ । त्यो सम्भव पनि छ । स्टोक्स र म्याकुलम मात्र होईन इंग्लिस खेलाडी विष्फोटक शैलीनै बढी रुचाउँछन् ।

एजेन्सीको सहयोगमा भुपेन्द्र जिसीको प्रस्तुति

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.