default_image

3 years ago

July 6, 2022

नेपालले टस जित्यो, सोमपाल बेन्चमा

253 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले दोस्रो एकदिवसिय अभ्यास खेलमा क्यानाडाविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ ।क्याडाको किंग सिटीमा रहेको मेपल लीफ क्रिकेट मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

पहिलो खेल वर्षाको कारण मंगलबार राती रद्ध भएको थियो । क्यानाडा भ्रमणमा यो खेल नेपालको अन्तिम हुनेछ । नेपाल क्यानाडामाथि सानदार जितका साथ आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज खेल्न स्कटल्यान्ड जाने सोचमा हुनेछ । नेपालले सुरुवाती दुई अभ्यास खेलमा ओन्टारियो क्रिकेट क्लबलाई ६९ रन र ५५ रनले हराएको थियो ।

क्यानानडो बातावरण र स्कटल्यान्डको मिल्दोजुल्दो छ । त्यसैको कारण नेपाल क्यानाडामा अभ्यास गर्न गएको हो । उता क्यानाडाको कप्तानी साद बिन जाफरले गर्नेछन् । रयान खान पठान उपकप्तानको रुपमा छन् । क्यानाडाले पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा संघर्ष गरेको छ ।

घरेलु मैदानको फाइदा उठाउँदै क्यानाडा उच्च प्रदर्शन गर्न चाहन्छ । क्यानाडाले नेपालसँग खेल्ने टोलीमा नयाँ खेलाडीलाई मौका दिएको छ । घरेलु मैदान र समर्थकको फाइदा उठाउँदै सानदार जित निकाल्न चाहन्छ

।नेपालले आजको खेलमा आसिफ शेख, सोमपाल कामी र किशोर महतोलाई बेन्चमा राखेको छ ।

नेपालको प्लेइङ ११ :

सन्दीप लामिछाने (कप्तान), देव खनाल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, विनोद भण्डारी (विकेटकिपर), करण केसी, कुशल भुर्तेल, बसिर अहमद, पवन सरार्फ र आदिल अन्सारी ।

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

December 13, 2025

सुदूरपश्चिमविरुद्ध रोहित ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]

Success

Thank you for your time.