default_image

3 years ago

July 7, 2022

खराब ब्याटिङसँगै नेपालको लज्जास्पद हार

272 views

0 Bookmark

एजेन्सी – खराब ब्याटिङ गर्दै नेपालले दोस्रो एकदिवसिय अभ्यास खेलमा घरेलु टोली क्यानाडासँग ८३ रनको लज्जास्पद हार बेहोरेको छ । योसँगै दुई खेलको अभ्यास खेलको सिरिज क्यानाडाले १–० ले जितेको छ ।


जितको लागि १ सय ८९ रनको मध्यम लक्ष्य पछ्याएको नेपाल ३९.२ ओभरमा १ सय ५ रनमा अल आउट भयो । नेपालका ओपनर कुशल भुर्तेल १७ बलमा १ रन र पवन सरार्फ २७ बलमा १४ रनमा आउट भए । देव खनाल ४९ बलमा २ चौकासहित २६ रनमा आउट भए ।

रोहित पौडेल ६, दीपेन्द्रसिंह ऐरी गोल्डेन डक, आरिफ शेख डक, बसिर अहमद ४१ बलमा १३ र विनोद भण्डारी २३ बलमा १ छक्कासहित १३ रनमा आउट भए । आदिल अन्सारी १३ र सन्दीप लामिछाने ११ रनमा आउट भए । करण केसी पाँच रनमा अविजित रहे । क्यानाडाका अमर खालिद, सलमान नजर, रोमेल शहजाद, साद विन जाफर र हर्ष ठकरले दुई दुई विकेट लिए ।

त्यसअघि किंग सिटीमा रहेको मेपल लीफ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको क्यानाडाले निधारित ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८८ रन बनाएको थियो ।

एक समय ३८ ओभरमा ११८–९ को अवस्थामा पुगेको क्यानाडालाई श्रेयस मोभा र अमर खालिदले अन्तिम विकेटका लागि ७० रनको सानदार अविजित साझेदारी गरेपछि प्रतिस्र्धात्मक योगफल तयार पारेको हो । श्रेयसले ५९ बलमा ३ चौका र २ छक्कासहित ५० रनमा अविजित रहे ।

खालिद ३६ बलमा ३ चौका र १ छक्कासहित ३० रनमा अविजित रहे । क्यानाडाका ओपनर आरोन जोनसन ५५ बलमा ८ चौकासहित सर्वाधिक ४४ रनको योगदान दिए । क्यानाडाका ओपनर रयान खानपठान पहिलो ओभरको अन्तिम बलमा १ रनमा आउट भए ।

तीव्र गतिका बलर किशोर महतोले पठानलाई बोल्ड गरेका थिए । आदिल अन्सारीले दशौं ओभरको अन्तिम बलमा भूपेन्द्रलाई बोल्ड आउट गरे । भूपेन्द्रसिंह २८ बलमा १ चौकासहित १० रनमा आउट भए । दोस्रो विकेटका लागि भुपेन्द्र र आरोनले ३९ रनको साझेदारी गरेका थिए ।

क्यानाडाले यस खेलमा आफ्ना केहि प्रमुख खेलाडीलाई भने विश्राम दिएको छ । कप्तान नवनित धलिवाल, अष्ट्रेलियन म्याथ्यु स्पोर्स, हम्जा तारिक, कलिम सना लगायतका खेलाडी भने छैनन् ।

सन्दीपले राम्रो प्रदर्शन गरेको आरोनलाई १७ औं ओभरमा एलबीडब्लू आउट गरे । स्पिनर बसिर अहमदले २० औं ओभरको चौथो बलमा विकेटकिपर विनोद भण्डारीबाट हर्ष ठकरलाई शून्यमा क्याच गराएपछि क्यानाडा ७२–४ को अवस्थामा पुगेको थियो ।

सन्दीपले अखिल कुमारलाई एक्स्ट्रा कभरमा आदिलबाट १२ रनमा क्याच गराएका थिए । त्यसपछि दीपेन्द्रले दुई विकेट लिए । दीपेन्द्रले कप्तान साद बिन जाफरलाई ३ रनमा बोल्ड गर्दा क्यानाडा ८७–६ को अवस्थममा पुग्यो । दीपेन्द्रले ३१ औं ओभरको पाँचौं बलमा अर्मान कपुरलाई १० रनमा बोल्ड गर्दै दयनीय अवस्थमा पुर्याएका थिए ।

नेपालका कप्तान सन्दीप लामिछानेले १० ओभरमा २ मेडनसहित ३१ रन खर्चेर ३ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ९ ओभरमा १ मेडनसहित ३३ रन खर्चेर २ विकेट लिए । बसिर अहमद, आदिल अन्सारी र करण केसीले एक एक विकेट लिए ।

नेपाल अव स्कटल्यान्ड जानेछ । नेपाल, स्कटल्यान्ड र नामिबियाबीच त्रिकोणात्मक ओडिआई सिरिज हुनेछ । नेपाललाई आगमी वर्ष हुने एकदिवसिय विश्वकप ग्लोबल छनोट सिधैं खेल्न र ओडिआई मान्यतालाई निरन्रता दिन बाँकी सबै खेल खेल्नु पर्ने हुन्छ । नेपाल १६ खेलमा ७ मा जित, ८ मा हार र १ खेल टाईका साथ १५ अंक जोड्दै पाँचौं स्थानमा छ ।

नेपाललाई सिधैं विश्वकप ग्लोबल छनोट खेल्न शीर्ष तीनमा पर्नुपर्ने हुन्छ । अन्यथा प्लेअफ खेल्नुपर्ने हुन्छ । प्लेअफबाट ६ टोलीको खेलमा पुन शीर्ष दुईमा पर्न सके विश्वकप ग्लोबल छनोट खेल्न पाउनेछ । ओडिआई मान्यतालाई निरन्तरता दिन अंक तालिकामा शीर्ष पाँचमा पर्नुपर्ने हुन्छ ।

नेपालको टोली :

सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, बसिर अहमद, किशोर महतो, पवन सरार्फ र विनोद भण्डारी (विकेटकिपर) ।

स्कटल्यान्ड भ्रमणमा नेपालको खेल तालिका

असार २७ ( जुलाई ११) – नामिवियाविरुद्ध नेपाल

असार २९ ( जुलाई १३) – स्कटल्यान्डविरुद्ध नेपाल

असार ३२ ( जुलाई १६) – नेपालविरुद्ध नामिबिया

साउन १ ( जुलाई १७) – नेपालविरुद्ध स्कटल्यान्ड

अंक तालिका

ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारका साथ ४४ अंक जोड्दै शीर्षस्थानमा छ । स्कटल्यान्ड २० खेलमा १३ मा जित र ५ मा हारका साथ २८ अंक जोड्दै दोस्रो स्थानमा छ । युएई २२ खेलमा १२ मा जित र ८ मा हारसहित २६ अंकका साथ तेस्रो स्थानमा छ ।

अमेरिका २४ खेलमा ११ मा जित र १२ मा हारका साथ २२ अंक जोड्दै चौथो स्थानमा छ । नेपाल १६ खेलमा ७ मा जित र ८ मा हारका साथ १५ अंक जोड्लै पाँचौं स्थानमा छ । नामिबिया १४ खेलमा ७ मा जित र ७ मा हार सहित १४ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी २० खेलमा १ मा जित र १९ मा हारका साथ पुछारमा छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.