3 years ago
July 7, 2022
एजेन्सी – भारतले पहिलो टि२० आई खेलमा घरेलु टोली इंग्ल्यान्डविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ ।साउथह्याप्टनमा भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

भारतले तीव्र गतिका युवा बलर अर्शदीप सिंहलाई डेब्यू दिएको छ । अर्शदीप डेथ ओभर स्पेलिष्ट बलरको रुपमा चिनिन्छन् । उनले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पन्जाब किंग्सबाट राम्रो प्रभाव जमाएका थिए । उनलाई रोहित शर्माले डेब्यू क्याप दिएका थिए ।
तीन टि२० आईको खेलमा दुबै टोली विजयी सुरुवात गर्ने सोचमा हुनेछन् । घरेलु टोली इंग्ल्यान्ड पछिल्लो समय टेस्ट क्रिकेटमै आक्रामक शैली अपनाएको छ । टि२० आई मा भने लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको छ ।
इंग्ल्यान्डका एक सर्वाधिक सफल कप्तान ओईन मोर्गनले सन्न्यास लिएपछि बटलरले पहिलो पटक इंग्ल्यान्डको नेतृत्व गर्नेछन् । बटलरको कप्तानीमा इंग्ल्यान्ड झनै आक्रामक बन्ने अनुमान गरिएको छ ।
पछिल्लो समय बटलर उच्च लयमा छन् । इंग्ल्यान्डले नेदरल्यान्ड्सविरुद्ध ओडिआई इतिहासकै सर्वाधिक ४ सय ९८ रन बनाउँदा बटलरले १ सय ६२ रनको विष्फोटक इनिङ खेलेका थिए । इन्डियन प्रिमियर लिग (आइपिएल) यो सिजनमा चार शतकका साथ बटलरले ८सय माथि रन बनाएका थिए । लगातार उच्च प्रदर्शन गर्दै आएका बटलरको लय रोक्न नै भारतलाई मुख्य चुनौती हुनेछ ।
इंग्ल्यान्डले पहिलो खेलमा जोनी बेयरस्टो र बेन स्टोक्सलाई भने विश्राम दिएको छ । भारतले विराट कोहली, जस्प्रित बुमराह, ऋषभ पन्त र मोहम्मद शामीलाई विश्राम दिएको छ ।
भारतको प्लेइङ ११ :
रोहित शर्मा, ईशान किशन, दीपक हुडा, सूर्यकुमार यादव, हार्दिक पान्ड्या, दीनेश कार्तिक९विकेटकिपर०, अक्षर पटेल, हर्षल पटेल, भुवनेश्वर कुमार, अर्शदीप सिंह र युजभेन्द्र चहल ।
इंग्ल्यान्डको प्लेइङ ११ :
जेसन रोयल, जस बटलर, डेविड मलान, मोईन अली, लियाम लिभिङस्टोन, ह्यारी ब्रुक, साम करन, क्रिस जोर्डन, टाइमल मिल्स, रोस टोपली र म्याथु पार्किसन
हेड टु हेड :
भारत र इंग्ल्यान्डबीच टि२० आईमा १९ खेल भएका छन् । भारत १० र इंग्ल्यान्ड ९ खेलमा विजयी भएको छ । पछिल्ला पाँच खेलमा भारत तीन खेलमा विजयी भएको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]