default_image

3 years ago

July 8, 2022

हार्दिकको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा भारतको सानदार जित

202 views

0 Bookmark

एजेन्सी – अलरााउन्डर हार्दिक पान्ड्याले बलिङ र ब्याटिङ दुबैमा करिअरको उत्कृष्ट प्रदर्शन गरेपछि भारतले पहिलो टि२० आई खेलमा घरेलु टोली इंग्ल्यान्डलाई ५० रनले पराजित गरेको छ । योसँगै तीन खेलको सिरिजमा भारतले १–० को अग्रता लिएको छ ।


जितको १ सय ९९ रनको विशाल विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड १९.३ ओभरमा १ सय ४८ रनमा अल आउट भयो ।इंग्ल्यान्डका मोईन अलीले २० बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ३६ रनको योगदान दिए । युवा ब्याटर ह्यारी ब्रुकले २३ बलमा २ चौका र १ छक्कासहित २८ रन जोडे । क्रिस जोर्डन १७ बलमा २ चौका र १ छक्कासहित २६ रनमा अविजित रहे ।

एक समय ३३-४ को अवस्थामा पुगेको इंग्ल्यान्डलाई पाँचौं विकेटका लागि मोईन अली र ह्यारी ब्रुकले ६१ रनको साझेदारी गर्दै जितको आशा दिलाएका थिए । तर ह्यारी युजभेन्द्र चहलको १३ औं ओभरको पहिलो बलमा डिप मिडविकेटमा सूर्यकुमार यादवबाट क्याच भएपछि इंग्ल्यान्डको जितको सम्भावना सकिएको थियो ।

तीव्र गतिका बलर भुवनेश्वर कुमारले पहिलो ओभरको पाँचौं बलमा कप्तान तथा विष्फोटक ब्याटर जस बटलरलाई शून्यमा बोल्ड आउट गरे । बटलर इनस्वीङ बलमा गोल्डेन डक भएपछि लगातार दबाबमा पर्यो । हार्दिक पान्ड्याले पाँचौं ओभरमा दुई विकेट लिँदै खेल पूर्ण रुपमा हाबी बनाए ।

दोस्रो बलमा डेविड मलान १४ बलमा ४ चौकासहित २१ रनमा बोल्ड भए । अन्तिम बलमा लियाम लिभिङस्टोन शून्यमा क्याच आउट भएपछि इंग्ल्यान्ड २९–३ को अवस्थामा पुगेको थियो ।

हार्दिककै बलमा एज लागेर जेसन रोय १६ बल खेल्दै ४ रनमा थर्डम्यानमा हर्षल पटेलबाट क्याच आउट भए । साम करन ४ रनमा आउट भए । भारतका हार्दिक पान्ड्याले ४ ओभरमा ३३ रन खर्चेर ४ विकेट लिए । स्पिनर युजभेन्द्र चहलले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए ।

डेब्यू खेल खेलेका अर्शदीप सिंहले ३.३ ओभरमा १ मेडनसहित १८ रन खर्चेर २ विकेट लिए । हर्षल पटेल र भुवनेश्वर कुमारले १–१ विकेट लिए ।

त्यसअघि साउथह्याप्टनमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ९८ रन बनायो । भारतका हार्दिक पान्ड्याले ३३ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ५१ रन बनाए । यो पहिलो टि२० आई अर्धशतक हो । म्याथ्यु पार्किसनलाई छक्का हान्दै ३० बलमा पूरा गरेका थिए ।

कप्तान रोहित शर्मा स्पिनर मोईन अलीको बलमा एज लागेर जस बटलरबाट क्याच आउट हुनुअघि १४ बलमा ५ चौकासहित २४ रनमा आउट भए । अलीको पाँचौं ओभरको पाँचौं बलमा ईशान किशन टप एज लागेर फाइन लेगमा ८ रनमा म्याथ्यु पार्किसनको बलमा आउट भए ।

तेस्रो विकेटका लागि दीपक हुडा र सूर्य कुमार यादवले ४३ रनको साझेदारी गरेका थिए । जोर्डन को बलमा दीपक फाइन लेगमा टाइमल मिल्सबाट ३३ रनमा क्याच भए । उनले १७ बलमा ३ चौका र २ छक्का प्रहार गरे ।

सूर्य १९ बलमा ४ चौका र २ छक्कासहित ३९ रनमा बटलरबाट क्याच आउट भए । सूर्य जोर्डनको १२ औं ओभरको चौथो बाउन्सर बलले गल्भ्समा लागेर आउट भएका थिए । इंग्ल्यान्डले रिभ्यु लिँदै आउट गरेको थियो ।

स्पिनर म्याथ्यु पार्किसनको १५ औं ओभरको दोस्रो बलमा जस बटलर हार्दिक पान्ड्यालाई ३७ रनमा स्टम्पिङ आउट गर्नबाट चुकेका थिए । पाँचौं विकेटका लागि हार्दिक र अक्षर पटेलले ४५ रनको साझेदारी गरेका थिए । अक्षर १२ बलमा ३ चौकासहित १७ रनमा आउट भए । दीनेश कार्तिक ११ र हर्षल पटेलले ३ रन बनाए ।

भारतले १३ ओभरमा ४ विकेट गुमाउँदै १ सय ४१ रन बनाएको थियो । अन्तिम ७ ओभरमा ४ विकेट गुमाउँदै ५७ रन मात्र जोडेपछि २ सय माथिको योगफल बनाउनबाट चुकेको थियो ।

इंग्ल्यान्डका क्रिस जोर्डनले ४ ओभरमा २३ रन खर्चेर दुई महत्वपूर्ण विकेट लिए । मोईन अलीले २ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । रोस टोपली, टाइमल मिल्स र म्याथ्यु पार्किसनले एक एक विकेट लिए । दोस्रो खेल शनिबार हुनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.