default_image

3 years ago

July 8, 2022

टि२० विश्वकपको ट्रफी नेपाल ल्याइने

230 views

0 Bookmark

एजेन्सी – टि२० विश्वकप २०२२ को ट्रफी नेपाल ल्याउने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकपको ट्रफी भदौ १४ र १५ (अगष्ट ३० र ३१) काठमाडौंमा ल्याइनेछ ।


आइसिसीले विश्व भ्रमण अनुसार नेपाल पनि ल्याउन लागेको हो । विश्वकपको ट्रफी १३ देशका ३५ स्थानमा पुर्याइनेछ । फिजि, फिनल्यान्ड, जमर्नी, घना, इन्डोनेसिया, जापान, नामिबिया, नेपाल, सिंगापुर, भनुआतुमा पहिलो पटक टि२० विश्वकपको ट्रफी ल्याइने छ ।
सुरुवात जुलाई ८ देखि मेलबर्नबाट सुरु हुनेछ । अक्टोबर १३ मा अष्ट्रेलियाको जिलङमा पुगेर सकिनेछ । टि२० विश्वकपको ट्रफी नेपालमा पहिलो पटक आउन लागेको हो । यसअघि २०१९ मा इंग्ल्यान्डमा भएको एकदिवसिय विश्वकपको ट्रफी भने नेपालको काठमाडौं र पोखरा पुर्याएको थियो ।

टि२० विश्वकप २०२२ अष्ट्रेलियामा १६ अक्टोबर देखि नोभेम्बर १३ सम्म हुनेछ । नेपाल गत फागुनमा आइसिसी टि२० विश्वकप छनोट ए को पहिलो सेमिफाइनल खेलमा युएईसँग ६८ रनले पराजित हुँदै अष्ट्रेलियामा हुने टि२० विश्वकप खेल्ने सपना समाप्त भएको थियो । जितको लागि १ सय ७६ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १८.४ ओभरमा १ सय ७ रनमा अल आउट भएको थियो ।

सुपर १२ को समूह १ – इंग्ल्यान्ड, न्युजिल्यान्ड, अष्ट्रेलिया, अफगानिस्तानसँगै पहिलो चरणको समूह ए को विजेता र समूह बी को उपविजेता

सुपर १२ को समूह २ – भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेशसँगै पहिलो चरणको समूह बी को विजेता र समूह ए को उपविजेता

पहिलो चरणको समूह ए – श्रीलंका, नामिबिया र युएई, ग्लोबल छनोट बी बाट एक टोली

समूह बी – वेस्टइन्डिज, स्कटल्यान्ड, आयरल्यान्ड र छनोट बी बाट एक टोली

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.