3 years ago
July 8, 2022
एजेन्सी – शीर्षक्रमका ब्याटर मार्नस लाबुसेन र स्टिभ स्मिथको शतकमा अष्ट्रेलियाले श्रीलंकासँगको दोस्रो टेस्ट खेलमा पहिलो दिन मजबुत ब्याटिङ गरेको छ । पहिलो दिनको समाप्तिमा गाले अन्तर्राष्ट्रिय स्टेडियममा टस जितेर ९० ओभरमा २९८–५ को अवस्थामा छ ।
स्टिभ स्मिथ २ सय १२ बलमा १४ चौकासहित १ सय ९ रनमा अविजित छन् । स्मिथको यो टेस्ट करिअरको २८ औं शतक हो । स्मिथले १८ महिनापछि पहिलो शतक प्रहार गरेका हुन् । मार्नस लाबुसेन १ सय ५६ बलमा १२ चौकासहित १ सय ४ रनमा आउट भए । लाबुसेनको यो टेस्ट करिअरको सातौं र घरबाहिर पहिलो शतक हो ।
ओपनर उस्मान खवाजा ७७ बलमा ४ चौकासहित ३७ रनमा आउट भए । डेविड वार्नर ५, ट्रविस हेड १२ र क्यामरन ग्रिन ४ रनमा आउट भए । तेस्रो विकेटका लागि लाबुसेन र स्मिथले १ सय ३४ रनको शतकीय साझेदारी गरेका थिए । विकेटकिपर एलेक्स केरी १६ रनमा अविजित छन् ।
श्रीलंकाका डेब्यू खेल खेलेका प्रभात जयसूर्याले सर्वाधिक तीन विकेट लिए । कसुन रजिथा र रमेश मेन्डिसले एक एक विकेट लिए । दुई टेस्ट खेलको सिरिजमा अष्ट्रेलिया १–० ले अघि छ । पहिलो खेलमा अष्ट्रेलिया १० विकेटले विजयी भएको थियो ।
January 13, 2025
एजेन्सी – पाकिस्तान र संयुक्त अरब इमिरेट्स (युएई) मा अर्को महिना हुने च्याम्पियन्स ट्रफीका लागि अफगानिस्तान क्रिकेट टोलीको घोषणा भएको छ । अफगानिस्तान क्रिकेट बोर्ड (एसिबी) ले आइतवार हशमतुल्लाह साहिदीको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । एकदिवसीय टोलीमा ओपनर इब्राहिम जादरानले पुनरागमन गरेका छन् । अफगानिस्तानको च्याम्पियन्स ट्रफीमा अफगानिस्तान पहिलो पटक सहभागी हुँदैछ […]
January 12, 2025
एजेन्सी – शकिब अल हसन र लिटन दासबिना बंगलादेशले च्याम्पियन्स ट्रफीका लागि टोली घोषणा गरेको छ । बंगलादेश क्रिकेट बोर्डले आइतवार नजमल हसन शान्तोको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । भारतमा सन् २०२३ मा भएको एकदिवसीय विश्वकपमा विकेटकिपर ब्याट्सम्यानका रुपमा टोलीमा रहेका लिटन यस पटक टोलीमा अटाएनन् । लिटनले पछिल्ला १३ इनिङमा अर्धशतक […]
January 12, 2025
एजेन्सी – भारतकी १४ वर्षीया इरा जाधवले १ सय ५७ बलमा अविजित ३ सय ४६ रन बनाएकी छिन् । भारतमा जारी महिला यू–१९ एकदिवसीय ट्रफीमा मुम्बईबाट खेलेकी जाधवले मेघालयविरुद्ध नट आउट ३ सय ४६ रन बनाएकी हुन् । मुम्बईले मेघालयविरुद्ध ३ विकेटको क्षतिमा ५ सय ६३ रन बनाएको थियाे । जाधव ४२ चौका र १६ […]