3 years ago
July 9, 2022
एजेन्सी – तीव्र गतिका बलर रिचर्ड ग्लीसन र क्रिस जोर्डनको सानदार बलिङसँगै भारतले दोस्रो टि२० आई खेलमा इंग्ल्यान्डलाई १ सय ७१ रनको मध्यम लक्ष्य दिएको छ ।
बर्मिंघममा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७० रन बनायो । भारतका रविन्द्र जडेजा २९ बलमा ४ चौकासहित सर्वाधिक ४६ रनमा अविजित रहे । कप्तान रोहित शर्माले २० बलमा ३ चौका र २ छक्कासहित ३१ रन बनाए ।
ओपनर ईशान किशनलाई बेन्चमा राखेपछि भारतले विकेटकिपर ऋषभ पन्तलाई ओपनिङ गराएको थियो । रोहित र पन्तले ४.५ ओभरमा ४९ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए । तर त्यो सुरुवातलाई निरन्तरता दिन सकेन । रोहित ग्लीसनको सट बलमा टप एज लागेर विकेटकिपर जस बटलरबाट क्याच आउट भए । त्यसपछि भारतका प्रमुख ब्याटर समालिन सकेनन् ।
३४ वर्षीय ग्लीसनले आफ्नो पहिलो ओभरमै पहिलो अन्तर्राष्ट्रिय विकेटको रुपमा रोहितलाई आउट गरे । ग्लीसनले सातौं ओभरमा विराट कोहली र ऋषभ पन्तको लगातार विकेट लिर्दै खेल इंग्ल्यान्डको पक्षमा फर्काए । सातौं ओभरको पहिलो बलमा विराट कोहली १ रनमा खराब सट खेल्दै डेविड मलानबाट उत्कृष्ट क्याच आउट भए ।
लगातार खराब प्रदर्शनसँगै विश्वकपमा कोहलीको प्रदर्शनमा प्रश्न उठ्न थालेको छ । कोहली आज दीपक हुडाको स्थानमा खेलेका थिए । लगत्तै अर्को बलमा ऋषभ पन्त लेग साइडमा एज लागेर बटलरबाट क्याच भएपछि भारत ६१–३ को अवस्थामा पुगेको थियो । पन्तले १५ बलमा ४ चौका र १ छक्का सहित २६ रन बनाए ।
त्यसपछि हार्दिक पान्ड्या र सूर्य कुमार यादवले भारतलाई आशा देखाएका थिए । तर क्रिस जोर्डनले ११ औं ओभरमा लगातार यी दुई ब्याटरलाई आउट गरेपछि भारतको ठूलो योगफलको सम्भावना सकिएको थियो ।
तेस्रो बलमा साम करनले डीप मिडविकेटमा उत्कृष्ट क्याच लिँदै सूर्यलाई १५ रनमा पेभेलिएन फर्काए । लगत्तै अर्को बलमा पान्ड्या प्वाइन्टमा मलानबाट १२ रनमा क्याच आउट भए । दीनेश कार्तिक १२ र हर्षल पटेल १३ रनमा आउट भए ।
इंग्ल्यान्डका रिचर्ड ग्लीसनले ४ ओभरमा १ मेडनसहित १५ रन खर्चेर तीन स्टार ब्याटरलाई आउट गर्दै सानदार डेब्यू गरे । क्रिस जोर्डनले ४ ओभरमा २७ रन खर्चेर ४ विकेट लिए । तीन टि२० खेलको सिरिजमा भारत १–० ले अघि छ । पहिलो खेलमा भारत ५० रनले विजयी भएको थियो ।
June 18, 2025
एजेन्सी – अस्ट्रेलियाको बिग बास लिग(बिबिएल) को ड्राफ्टमा नेपालका ६ क्रिकेटर अटाएका छन् । बिबिएलको १५औं संस्करणमा नेपालका ६ खेलाडी समावेश भएका बिबिएलले जनाएको छ । यस संस्करणको बिबिएल ड्राफ्ट बिहिबार हुनेछ । बिबिएल ड्राफ्टमा सन्दीप लामिछाने, देव खनाल, शेर मल्ल, अर्जुन साउद, विपिन शर्मा र आरिफ शेख रहेका छन् । नेपालबाट सन्दीपले मात्र बिबिएल […]
June 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले त्रिकोणात्मक टि२०आई सिरिजको तेस्रो खेलमा घरेलु टोली स्कटल्याण्डलाई २ विकेटले हराएको छ । सिरिजमा नेपालको यो पहिलो जित हो । स्कटल्याण्डले प्रस्तुत गरेको ९८ रनको लक्ष्य नेपालले ८ विकेटको क्षतिमा अन्तिम ओभरमा पूरा गरेको हो । यस जितसँगै नेपाल अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ । […]
June 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले स्कटल्याण्डमा जारी त्रिकोणात्मक टि२०आई सिरिजको तेस्रो खेलमा घरेलु टोलीबाट ९८ रनको सामान्य लक्ष्य प्राप्त गरेको छ । नेपालका लागि बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि स्कटल्याण्ड १९.४ ओभरमा मात्र ९७ रनमा अलआउट भएको हो । लेग स्पिनर सन्दीप लामिछानेले ४ ओभरमा १ मेडनसहित ११ रन मात्र खर्चिए । सन्दीपले पावरप्लेमा अन्य बलरले […]