3 years ago
July 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – स्कटल्यान्ड भ्रमणमा रहेको नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा आज नामिबियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : १५ मा क्याम्बुस्दुन न्यू ग्राउन्डमा सुरु हुनेछ ।

नेपाल बलियो टोली नामिबियालाई हराउँदै स्कटल्यान्डमा सानदार सुरुवात गर्न चाहन्छ । तर त्यसको लागि नेपाली ब्याटरले जिम्मेवारी प्रदर्शन गर्नुपर्ने हुन्छ । ओडिआईमा नामिबिया र नेपालले पहिलो पटक भिड्न लागेका हुन् ।
नेपालको अभ्यास खेलमा प्रदर्शन भने राम्रो हुन सकेन । नेपाल क्यानाडासँग दोस्रो अभ्यास खेलमा १ सय ८९ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा नेपाल १ सय ५ रनमै अल आउट भएको थियो । गैर जिम्मेवारी ब्याटिङ मुख्य समस्या हो ।
नेपालको ओपनिङ आसिफ शेख र कुशल भुर्तेल गर्नेछन् । त्यसपछि देव खनाल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आदिल अन्सारी, विनोद भण्डारी, आरिफ शेख, सोमपाल कामी र करण केसी हुनेछन् । आरिफ शेख र आदिल अन्सारी मध्य एकलाई खेलाउने सम्भावना देखिन्छ ।

नेपालको ब्याटिङमा गहिराई छ । तर ब्याटरमा जिम्मेवारी प्रदर्शन छैन । तीव्र गतिका बलरमा करण र सोमपाल हुनेछन् । नेपालले तीव्र गतिको सहयोगी मैदान हुँदा किशोर महतोलाई डेब्यू दिनसक्छ । स्पिनरमा कप्तान सन्दीप लामिछाने हुनेछन् । सन्दीपको प्रदर्शन नेपाललाई धेरै महत्वपूर्ण हुनेछ ।
कागजी रुपमा अनुसार नेपाली ब्याटरले प्रदर्शन गर्ने हो भने बलियो योगफल बनाउन कठिन छैन । तर ब्याटरमा जिम्मेवारी देखिदैन । त्यसैले नेपाली ब्याटरलाई जिम्मेवारी प्रदर्शन गर्न आवश्यक देखिन्छ ।
नेपाल विश्वकप लिग २ मा १६ खेलमा ७ मा जित र ८ मा हारका साथ १५ अंक जोड्दै पाँचौं स्थानमा छ । नेपाललाई शीर्ष तीनमा पर्दै सोझैं विश्वकप ग्लोबल छनोट खेल्न बाँकी खेलमा जित्नुपर्ने दबाब छ । ओडिआई मान्यतालाई निरन्तरता दिन शीर्ष पाँचमा पर्नुपर्छ ।

तर अहिलको प्रदर्शनले दुबै कठिन देखिन्छ । स्कटल्यान्ड र नामिबिया वर्तमान एसोसियटका बलिया टोली हुन् । नेपाललाई त्यहाँको बातावरणमा घुलमिल हुँदै प्रदर्शन गर्न कठिन पर्नेछ । अधिकाम्स खेलाडी स्कटल्यान्डमा पहिलो पटक खेल्दैछन् ।
नामिबियाका रुबेन ट्रम्पलम्यान, टांगेनी लुंगामेनी र बर्नार्ड शोल्टज जस्ता तीव्र गतिका बलरको सामना गर्नुपर्ने हुन्छ । रुबेनको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । बायाँ हाते तीव्र गतिका बलर रुबेनले गतवर्ष टि२० विश्वकपमा सानदार प्रदर्शन गरेका थिए ।

त्यस्तै पूर्व दक्षिण अफ्रिकी क्रिकेटर डेविड विजाको आगमनले नामिबिया मजबुत बनेको छ । फिनिसर उनले बलिङमा पनि राम्रो योगदान दिनसक्छन् । अलराउन्डर जेजे स्मित नामिबियाका प्रमुख हतियार हुन् । नामिबियाको ब्याटिङमा गहिराई छ । कप्तान गेर्हार्ड इरास्मस प्रमुख ब्याटर हुन् ।
ब्याटिङ मात्र होईन इरास्मसको कप्तानी पनि उत्कृष्ट रहँदै आएको छ । जिन ग्रिन र ज्यान निकोल लोफ्टी इटन पनि राम्रो ब्याटिङका लागि चिनिन्छन् । नामिबियालाई पनि शीर्ष तीनमा पर्न बाँकी खेल जित्नुपर्ने दबाब छ । नामिबिया १५ खेलमा ७ मा जित र ८ मा हारका साथ छैटौं स्थानमा छ ।
नेपालको टोली :
सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, बसिर अहमद, किशोर महतो, पवन सरार्फ र विनोद भण्डारी (विकेटकिपर) ।

स्कटल्यान्ड भ्रमणमा नेपालको खेल तालिका
असार २७ ( जुलाई ११) – नामिवियाविरुद्ध नेपाल
असार २९ ( जुलाई १३) – स्कटल्यान्डविरुद्ध नेपाल
असार ३२ ( जुलाई १६) – नेपालविरुद्ध नामिबिया
साउन १ ( जुलाई १७) – नेपालविरुद्ध स्कटल्यान्ड
अंक तालिका
ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारका साथ ४४ अंक जोड्दै शीर्षस्थानमा छ । स्कटल्यान्ड २१ खेलमा १४ मा जित र ५ मा हारका साथ ३० अंक जोड्दै दोस्रो स्थानमा छ । युएई २२ खेलमा १२ मा जित र ८ मा हारसहित २६ अंकका साथ तेस्रो स्थानमा छ ।
अमेरिका २४ खेलमा ११ मा जित र १२ मा हारका साथ २२ अंक जोड्दै चौथो स्थानमा छ । नेपाल १६ खेलमा ७ मा जित र ८ मा हारका साथ १५ अंक जोड्लै पाँचौं स्थानमा छ । नामिबिया १५ खेलमा ७ मा जित र ८ मा हार सहित १४ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी २० खेलमा १ मा जित र १९ मा हारका साथ पुछारमा छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]