3 years ago
July 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – स्कटल्यान्ड भ्रमणमा रहेको नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा आज नामिबियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : १५ मा क्याम्बुस्दुन न्यू ग्राउन्डमा सुरु हुनेछ ।

नेपाल बलियो टोली नामिबियालाई हराउँदै स्कटल्यान्डमा सानदार सुरुवात गर्न चाहन्छ । तर त्यसको लागि नेपाली ब्याटरले जिम्मेवारी प्रदर्शन गर्नुपर्ने हुन्छ । ओडिआईमा नामिबिया र नेपालले पहिलो पटक भिड्न लागेका हुन् । स्कटल्यान्डको पिच तीव्र गतिका बलरलाई बढी सहयोग मिल्ने गर्दछ । पहिलो खेलमा स्कटल्यान्डका शफ्यान शरिफले पनि नामिबियाविरुद्ध पाँच विकेट लिएका थिए ।
नेपालले ओपनिङ आसिफ शेख र कुशल भुर्तेललाई गराउने छ । यी दुबै नेपालका पहिलो रोजाईका ओपनर हुन् । आसिफ विकेटकिपरको रुपमा खेल्ने सम्भावनाछ । कुशल आक्रामक र आसिफ संयमित रुपमा खेल्ने रणनीति बनाउन सक्छ । तेस्रो नम्बरमा देव खनाल हुनेछन् । युवा ब्याटर देव खनाललाई जिम्मेवारीका साथ आफ्नो स्ट्राइकरेटमा ध्यान दिँदै रन बनाउनु पर्ने हुन्छ । देवको खेल्ने शैली केहि सुस्त छ ।

त्यसपछि नेपालका प्रमुख दुई ब्याटर रोहित पौडेल र दीपेन्द्रसिंह ऐरी हुनेछन् । दीपेन्द्रले पछिल्लो समय राम्रो प्रदर्शन गर्न सकेका छैनन् । दीपेन्द्रलाई जिम्मेवारी इनिङ खेल्न आवश्यक छ । रोहित र दीपेन्द्रको ब्याटिङमा टोलीको योगफल बढी निर्भर हुनसक्छ ।
नेपालले आरिफ शेखलाई निरन्तरता दिने सम्भावना छ । आरिफ मध्य गतिका बलरको रुपमा खेल्नेछन् । आदिल अन्सारी पनि अलराउन्डरको रुपमा खेल्नेछन् । आदिलबाट नेपाल विष्फोटक अन्त्य र आवश्यक परेको खण्डमा कसिलो बलिङ चाहन्छ । नेपालले स्पिनरमा बसिर अहमद र सन्दीप लामिछानेलाई खेलाउने सम्भावना छ ।

बसिर नेपाली टोलीमा डेब्यू गर्नेछन् । बसिर बायाँ हाते खेलाडी हुँदा मध्यक्रममा विकेट लिनुपर्ने हुन्छ । ब्याटिङको पनि आशा गर्न सकिन्छ । आठौं र नवौं नम्बरमा सोमपाल कामी र करण केसी हुनेछन् । यी दुबै राम्रो ब्याटिङको क्षमता राख्छन् । करणले पछिल्लो समय लगातार राम्रो बलिङ गर्दै आएका छन् ।
सोमपालले संघर्ष गरेका छन् । करणलाई सोमपालले राम्रो साथ दिन आवश्यक देखिन्छ । बसिर र सन्दीप तल्लोक्रममा खेल्ने सम्भावना छ । आवश्यकता अनुसार बसिरलाई नेपालले मध्यक्रममा पनि प्रयोग गर्न सक्छ । दीपेन्द्रले स्पिन पार्टटाइमको रुपमा साथ दिनेछन् । आरिफ र आदिल तीव्र गतिका पार्टटाइम बलर हुनेछन् ।

नेपालको सम्भावित प्लेइङ ११ :
आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, देव खनाल, रोहित पौडेल (उपकप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, आदिल अन्सारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने (कप्तान) र बसिर अहमद ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]