3 years ago
July 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियाले प्रस्तुत गरेको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याउनेक्रममा नेपालले खराब सुरुवात गरेको छ । जितका लागि २ सय २१ रनको प्रतिस्पर्धात्मक विजयी लक्ष्य पछ्याएको नेपालले १५ ओभरमा ३ विकेट गुमाउँदै ५१ रन बनाएको छ ।

नेपालका दीपेन्द्रसिंह ऐरी र देव खनाल क्रिजमा छन् । ओपनर आसिफ शेख १४ र कुशल भुर्तेल २७ रनमा आउट भए । तीव्र गतिका बलर जान फ्रिलिंकको आठों ओभरको पहिलो बलमा आसिफ कभरमा डिभान ला कुकबाट क्याच भए ।
कुशल बेर्नार्ड शोल्ट्ज़को बलमा विकेटकिपर जिन ग्रिनबाट स्टम्पिङ आउट भए । कुशलले ४६ बलमा २ चौका र १ छक्का प्रहार गरे । आसिफले २० बलमा २ चौका प्रहार गरे । रोहित पौडेल शून्यमा रन आउट भए ।

त्यसअघि क्याम्बुस्दुन न्यू ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको नामिबिया ४७.३ ओभरमा २ सय २० रनमा अल आउट भयो । नामिबियाका छैटौं नम्बरका ब्याटर जान निकोल लोफ्टी एटोनले ६९ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ६० रन बनाए । डिभान ला कक ३२ बलमा ७ चौकासहित ४१ रनमा आउट भए ।
नेपालका कप्तान सन्दीप लामिछानेले १० ओभरमा ५४ रन खर्चेर ४ विकेट लिए । सोमपाल कामीले ७ ओभरमा ४४ रन खर्चेर २ विकेट लिए । करण केसी, बसिर अहमद र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]