default_image

2 years ago

July 11, 2022

नेपालको संघर्षपूर्ण ब्याटिङ

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियाले प्रस्तुत गरेको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याउनेक्रममा नेपालले संघर्षपूर्ण ब्याटिङ गरेको छ । जितका लागि २ सय २१ रनको प्रतिस्पर्धात्मक विजयी लक्ष्य पछ्याएको नेपालले २५ ओभरमा ४ विकेट गुमाउँदै ८४ रन बनाएको छ । नेपालका आरिफ शेख १८ बलमा ८ रन र देव खनाल ५२ बलमा […]

241 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियाले प्रस्तुत गरेको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याउनेक्रममा नेपालले संघर्षपूर्ण ब्याटिङ गरेको छ । जितका लागि २ सय २१ रनको प्रतिस्पर्धात्मक विजयी लक्ष्य पछ्याएको नेपालले २५ ओभरमा ४ विकेट गुमाउँदै ८४ रन बनाएको छ ।

नेपालका आरिफ शेख १८ बलमा ८ रन र देव खनाल ५२ बलमा १ चौकासहित २४ रनमा क्रिजमा छन् । ओपनर आसिफ शेख १४ र कुशल भुर्तेल २७ रनमा आउट भए । तीव्र गतिका बलर जान फ्रिलिंकको आठौं ओभरको पहिलो बलमा आसिफ कभरमा डिभान ला कुकबाट क्याच भए ।

कुशल बेर्नार्ड शोल्ट्ज़को बलमा विकेटकिपर जिन ग्रिनबाट स्टम्पिङ आउट भए । कुशलले ४६ बलमा २ चौका र १ छक्का प्रहार गरे । आसिफले २० बलमा २ चौका प्रहार गरे । रोहित पौडेल शून्यमा रन आउट भए ।

दीपेन्द्रसिंह ऐरी १८ औं ओभरको अन्तिम बलमा ४ रनमा क्याच आउट भए । दीपेन्द्र डेविड विजाको बलमा कप्तान गेर्रार्ड इरास्मसबाट क्याच भएका थिए । दीपेन्द्रले पछिल्लो समय लगातार खराब प्रदर्शन गरेका छन् ।

त्यसअघि क्याम्बुस्दुन न्यू ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको नामिबिया ४७.३ ओभरमा २ सय २० रनमा अल आउट भयो । नामिबियाका छैटौं नम्बरका ब्याटर जान निकोल लोफ्टी एटोनले ६९ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ६० रन बनाए । डिभान ला कक ३२ बलमा ७ चौकासहित ४१ रनमा आउट भए ।

नेपालका कप्तान सन्दीप लामिछानेले १० ओभरमा ५४ रन खर्चेर ४ विकेट लिए । सोमपाल कामीले ७ ओभरमा ४४ रन खर्चेर २ विकेट लिए । करण केसी, बसिर अहमद र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट लिए ।

May 2, 2024

कर्णाली राष्ट्रिय लिगमा छनोट हुँदा मधेश बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय लिगको छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली कर्णाली आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै राष्ट्रिय लिगमा छनोट भएको छ । विहीबार विहान सुर्खेतको कर्णाली प्रदेश रंगशालामा गण्डकीमाथि २-० को जित दर्ता गर्दै कर्णालीले अंक तालिकाको तेस्रो स्थान पक्का गर्यो । वर्षा ओली र संजिता बम्जनले १-१ गोल गर्दै टोलीको […]

May 2, 2024

वेस्ट इन्डिज ‘ए’ लाई एक खेल अगावै सिरिज उपाधि 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ ले एक खेल बाँकी छँदै नेपाल विरुद्धको टि-२० सिरिज उपाधि जितेको छ । बिहिवार भएको चौथो खेलमा पनि जित दर्ता गर्दै पाहुना टोलीले एक खेल अगावै ३-१ ले सिरिज जितेको हो । पहिलो खेलमा हार बेहोरेको वेस्ट इन्डिज ‘ए’ ले लगातार तेस्रो जित दर्ता गर्ने क्रममा नेपाललाई २८ […]

May 2, 2024

वेस्ट इन्डिज ‘ए’ द्वारा नेपाललाई पुनः विशाल लक्ष्य पेश 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि २० सिरिजको चौथो खेलमा पनि नेपालले विशाल लक्ष्य पाएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ९ रन बनायो । वेस्ट इन्डिज ‘ए’ का लागि आन्द्रे फ्लेचरले ५४ […]

Success

Thank you for your time.