default_image

9 years ago

December 15, 2016

श्रीलंकासँग १ रनले हार्यो नेपाल

140 views

0 Bookmark

काठमाडौं (हाम्रोखेलकुद)- श्रीलंकामा जारी एसियान क्रीकेट काउन्सिल यु-१९ एसिया कपको पहिलो खेलमा नेपाल आयोजक राष्ट्र श्रीलंकासँग १ रनले पराजित भएको छ । नेपालले टस जित्दै फिल्डिङ गर्ने निर्णय लिएपछी श्रीलंकाले २२८रनको लक्ष्य दिएको थियो, नेपालले उक्त लक्ष्य पछ्याउद ४९.३ ओभरमा सम्पूर्ण विकेट गुमाउदै २२६ रन बनाएको थियो । 

u19-asia-cup

पहिले ब्याटिङ गर्न आएको श्रीलंकाले खेलको पहिलो बलमै  झाट्का बेहोर्न पर्‍यो, ओपनर चाथुरङा कमल सिंह ऐरीको बलमा गोल्डेन डक आउट भए । त्यसपछी तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका हासिथा बायोगाडाले सर्बाधिक ८३ रन बनाएका थिए ।

सन्जुला र बन्दारा दुबैलेल २८ रन जोडेका थिए । नेपालकालागि कमल सिंह एरीले ३, पवन शरफले २ र दिपेन्द्र सिंह ऐरीले १ विकेट लिए भने श्रीलंकाका २ खेलाडी रनआउट भएका थिए।

२२८ रनको लक्ष्यको पछी गरेको नेपालले खराब सुरुवात गरे पनि मिडल अर्डरमा दिपेन्द्र सिंह ऐरेले शानदार पारी खेलेपछी नेपालले रोचक तरिकाले खेलमा कमब्याक गरेको थियो ।अन्तिम ओभरमा १ विकेट बाकी रहदा ८ रन जितकोलागी बांकी रहँदा दीपेन्द्र स्ट्राइकमा थिए । ऐरेले दोस्रो बलमा छक्का प्रहार गर्दै जित्न २ रन बाकी हुँदा उनि आउट भएपछी नेपालले हारको सामना गरेको थियो । ९ चौका र १ छक्का प्रहार गर्दै ऐरेले ९९ बलमा ९० रन जोडेका थिए ।

नेपालका लागि सर्बाधिक दिपेन्द्र सिंह ऐरीले ९० रन बनाए भने आदिल खानले ३९, प्रकाश केसीले १४, अविनाश कर्णले ४० बनाएका थिए । श्रीलंकाका लागि मेन्डेसले ३ तथा गमागे, श्रीलंकाका लागि मेन्डेसले ३ तथा गमागे, रन्सिक, डानियल, जयविक्रमा र बन्द राले एक एक विकेट लिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.