default_image

2 years ago

July 13, 2022

स्कटल्यान्डविरुद्ध नेपालको सम्भावित प्लेइङ ११

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा आज घरेलु टोली स्कटल्यान्डसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : १५ मा टिटवुड ग्लासगोमा सुरु हुनेछ । नेपाल पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको थियो । नामिबिया पहिलो खेलमा स्कटल्यान्डसँग ७७ रनले पराजित भएको थियो । विश्वकप लिग–२ मा स्कटल्यान्ड […]

79 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा आज घरेलु टोली स्कटल्यान्डसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : १५ मा टिटवुड ग्लासगोमा सुरु हुनेछ ।

नेपाल पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको थियो । नामिबिया पहिलो खेलमा स्कटल्यान्डसँग ७७ रनले पराजित भएको थियो । विश्वकप लिग–२ मा स्कटल्यान्ड तुलनात्मक रुपमा सबैभन्दा बलियो टोली मानिन्छ ।

घरेलु मैदान र वातावरणको फाइदा उठाउँदै स्कटल्यान्ड नेपालमाथि सहज जित निकाल्न चाहन्छ । नेपालले भने उत्कृष्ट ब्याटिङ गर्नसक्नुपर्छ । तर पछिल्लो समय ब्याटिङ नेपालको फ्लप छ ।

नेपाल पहिलो खेलमा खराब ब्याटिङकै कारण नामिबियासँग ४० रनले पराजित भएको थियो । सबै ब्याटरले जिम्मेवारी प्रदर्शन गर्नुपर्ने हुन्छ । नेपालको ब्याटिङमा गहिराई छ । तर जिम्मेवारी छैन ।

नेपाल ओपनर आसिफ शेख र कुशल भुर्तेलबाट उत्कृष्ट सुरुवात चाहन्छ । पहिलो खेलमा आसिफ १४ र कुशल २७ रनमा आउट भएका थिए । यी दुई नै नेपालका पहिलो रोजाईका ओपनर हुन् । तर राम्रो प्रदर्शन गर्न सकेका छैनन् ।

तेस्रो नम्बरमा देव खनाल रहनेछन् । देवले नामिबियाविरुद्ध ६५ बलमा ३४ रन बनाएका थिए । देवले आफ्नो स्ट्राइकरेटमा ध्यानदिनुपर्छ । चौथो नम्बरमा रोहित र पाँचौ नम्बरमा दीपेन्द्रसिंह ऐरी हुनेछन् । यी दुई ब्याटरको उच्च प्रदर्शन विना नेपालले बलियो योगफल बनाउन सक्दैन । दीपेन्द्रले भने ओडिआईमा लगातार खराब प्रदर्शन गर्दै आएका छन् । जिम्मेवारी प्रदर्शन नेपाल दुबै ब्याटरबाट चाहन्छ ।

नामिबियाविरुद्ध अर्धशतकीय इनिङ खेलेका आरिफ शेखले पनि छैटौं नम्बरमा निरन्तरता पाउनेछन् । सोमपाल कामी र करण केसीले पनि निरन्तरता नै पाउनेछन् । यी पहिलोे रोजाईका बलर हुन् । दुबै राम्रो ब्याटिङको क्षमता राख्छन् ।

बसिर अहमद र आदिल अन्सारी परिवर्तन गर्न सक्ने नाम हुन् । बसिरको स्थानमा पवन सरार्फ र आदिल अन्सारीको स्थानमा विनोद भण्डारीलाई सोच्न सक्छ । तर बसिरले पहिलो खेलमा ७.३ ओभरमा १८ रन खर्चेर १ विकेट लिएका थिए । बसिर तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता पनि राख्छन् । पहिलो खेलको डेब्यूपछि उनलाई बाहिर राख्नु उचित पनि हुँदैन । त्यसैले बसिरले निरन्तरता पाउने देखिन्छ ।


विकेटकिपरमा आसिफ छन् । त्यसैले विनोदलाई अवसर दिने सम्भावना छैन । आदिलले बलिङमा ७ ओभरमा २ मेडनसहित २४ रन खर्चेका थिए । आदिल तेस्रो तीव्र गतिका बलरका विकल्प हुन् । ब्याटिङमा विष्फोटक अन्त्य गर्न सक्छन् । बलिङ पनि त्यतिनै राम्रो गर्दन् ।

त्यसैले पहिलोे खेलबाट नेपालले परिवर्तन गर्ने सम्भावना छैन । पहिलो खेलमा ब्याटिङकै कारण हारेको थियो । त्यसैले नेपाली ब्याटरलाई जिम्मेवारी प्रदर्शनको आवश्यक पर्दछ ।

नेपालको सम्भावित प्लेइङ ११ :

आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, देव खनाल, रोहित पौडेल (उपकप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, आदिल अन्सारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने (कप्तान) र बसिर अहमद ।

May 4, 2024

नेपाल सिरिजको अन्तिम खेलमा विजयी  

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपाल विजयी भएको छ । एक खेल अगावै सिरिज गुमाएको नेपाल अन्तिम खेलमा भने ६ विकेटले विजयी भएको हो । नेपालले पाएको १७३ रनको लक्ष्य नेपालले  ४ विकेट गुमाएर ७ बल बाँकी छँदै पुरा गर्यो । नेपालको जितमा अनिल साहले ४५ बलमा ५८ […]

May 4, 2024

सिरिजको अन्तिम खेलमा नेपाललाई बलियो लक्ष्य 

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपालले बलियो लक्ष्य पाएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७२ रन बनायो ।  वेस्ट इन्डिज ‘ए’ का लागि एलिक अथान्जेले २९ बलमा १ चौका […]

May 4, 2024

नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि २० सिरिजको पाँचौं खेलमा पनि नेपालले टस हारेको छ । वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले फिल्डिङ गर्ने भएको छ । नेपालले सिरिजको सबै खेलमा पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले आज पछिल्लो खेलमा हार […]

Success

Thank you for your time.