3 years ago
July 16, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसीसी विश्वकप लिग २ अन्तर्गत नामिबियाविरुद्ध शनिबार हुने खेलमा पहिलो फिल्डीङ गर्ने भएको छ ।

स्कटल्यान्डको एरस्थित काम्बसडन मैदानमा नामिबियाका कप्तान जेरार्ड एरास्मसले टस जितेर ब्याटिङ रोजेका हुन् । स्कटल्यान्डमा जारी त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाल तेस्रो खेल खेल्दैछ । यसअघि २ खेलमा नेपालले १ जित र १ हार बेहोरेको छ । दुवै खेलमा नेपालको बलिङ प्रदर्शन उत्कृष्ट रहेको छ ।
नेपाल पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको थियो । तर त्यसपछि नेपालले घरेलु टोली स्कटल्यान्डलाई पहिलो पटक हराउँदै इतिहास रचेको छ । उक्त जितपछि नेपाल उच्च मनोबलका साथ नामिबियासँग उत्रनेछ ।
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं गोर्खाजका साहब अलाम नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा ह्याट्रिक विकेट लिने पहिलो बलर बनेका छन्। पोखरा एभेन्जर्स विरुद्धको खेलमा आज साहबले ह्याट्रिक सहित ६ विकेटको सफलता प्राप्त गरे। काठमाडौं १ सय ६५ रन डिफेन्ड गर्न उत्रदा साहबले जेसन रोयलाई बोल्ड आउट गर्दै आफ्नो पहिलो विकेट लिए। उनी पोखराको दोस्रो […]