3 years ago
July 16, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा एक परिवर्तन गर्ने क्रममा करण केसीलाई बाहिर राखेको छ ।
स्कटल्यान्डको एरस्थित काम्बसडन मैदानमा नामिबियाका कप्तान जेरार्ड एरास्मसले टस जितेर ब्याटिङ रोजेका हुन् । स्कटल्यान्डमा जारी त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाल तेस्रो खेल खेल्दैछ । यसअघि २ खेलमा नेपालले १ जित र १ हार बेहोरेको छ । दुवै खेलमा नेपालको बलिङ प्रदर्शन उत्कृष्ट रहेको छ ।
नेपाल पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको थियो । तर त्यसपछि नेपालले घरेलु टोली स्कटल्यान्डलाई पहिलो पटक हराउँदै इतिहास रचेको छ । उक्त जितपछि नेपाल उच्च मनोबलका साथ नामिबियासँग उत्रनेछ ।
आजको खेलमा नेपालले तीव्र गतिका बलर करण केसीलाई बाहिर राखेको छ । उनको स्थानमा पवन सर्राफले टोलीमा स्थान बनाएका छन् । करणले आइसीसी विश्वकप लिग-२ मा पहिलो पटक कुनै खेल गुमाएका हुन् । करण र सन्दीपले लिग-२ सिरिजको हालसम्म भएका सबै खेल खेलेका थिए ।
करणले हालसम्म यस प्रतियोगितामा १८ खेलमा ३७ विकेट लिएका छन् । सन्दीपले पनि १८ खेलमा समान ३७ विकेट नै लिएका छन् । यी दुईपछि नेपालबाट सर्वाधिक विकेट लिने सोमपाल कामी छन् । उनले १४ खेलमा २० विकेट हात पारेका छन् ।
पवनले लिग-२ अन्तर्गत यसअघि यूएई र पपुवा न्युगिनी विरुद्ध खेलेका थिए । त्यसबाहेक उनले कुल ७ ओडीआई खेलेका छन् । स्पिन अलराउन्डर पवन टोलीमा फरक-फरक भूमिकामा रहेका छन् ।
आजको टिम :
आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, देव खनाल, रोहित पौडेल (उपकप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, आदिल अन्सारी, पवन सर्राफ, सोमपाल कामी, सन्दीप लामिछाने (कप्तान) र बसिर अहमद ।
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – प्रथम विदुर मेयर कप अन्तर वडा टि-२० प्रतियोगिताको उपाधि वडा नम्बर-३ ले जितेको छ । उपाधि सहित विजेता वडा नम्बर-३ ले ५० हजार रुपैयाँ तथा उपविजेता वडा नम्बर-४ ले २५ हजार रुपैयाँ प्राप्त गर्यो । नुवाकोट स्थित पिपलटार क्रिकेट मैदानमा सम्पन्न प्रतियोगिताको फाइनलमा वडा नम्बर-३ ले वडा नम्बर-४ लाई १०५ रनको […]
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीको स्कटल्याण्ड भम्रण शुक्रवार सकिएको छ। टोली आइतवार बिहान स्वदेश आइपुग्ने बताइएको छ। नेपाली टोलीको यसपटकको भ्रमण मिश्रित रह्यो । नेपालले स्कटल्याण्डमा खेलेको विश्व कप लिग टु र टि ट्वान्टी आई सिरिजमा खेलेको ८ मध्ये ५ खेलमा जित निकालेको थियो । युरोपमा नेपालको यो नतिजालाई राम्रो मान्न सकिन्छ […]
June 21, 2025
एजेन्सी – घरेलु टोली इङ्ग्ल्याण्डसँगको पहिलो टेस्टको पहिलो इनिङमा भारतले बलियो योगफल तयार गरेको छ । पहिलो इनिङमा भारतले कप्तान शुभमन गिल, उपकप्तान ऋषभ पन्त र ओपनर यशस्वी जैसवालको शतकमा ४ सय ७१ रन बनाएको छ । पछिल्लो क्रममा घरेलु टोलीले बलिङमा पुनरागमन गरेको थियो। कप्तान गिल २ सय २७ बलमा १९ चौका र १ […]