default_image

3 years ago

July 18, 2022

स्टोक्सको ओडिआईबाट अविश्वसनीय सन्न्यास

178 views

0 Bookmark

एजेन्सी – विश्व क्रिकेटका स्टार अलराउन्डर बेन स्टोक्सले ओडिआई क्रिकेटबाट सन्न्यास लिने भएका छन् । स्टोक्सले मंगलबार दक्षिण अफ्रिकासँग हुने पहिलो ओडिआईबाट सन्न्यास लिने घोषणा गरेका छन् ।

बेन स्टोक्सको सानदार प्रदर्शनको सहयोगमा इंग्ल्यान्डले २०१९ मा पहिलो पटक एकदिवसिय विश्वकप उपाधि जितेको थियो । ८४ रनको अविजित इनिङ खेल्दै सुपर ओभर पनि टाई हुँदै इंग्ल्यान्डले उपाधि जितेको थियो । बायाँ हाते ३१ वर्षीय अलराउन्डर स्टोक्सले अन्य खेलाडीलाई अवसर दिन सन्न्यास लिने बताएका छन् ।

स्टोक्स अघिल्लो महिना टेस्ट कप्तानमा नियुक्त भएका थिए । पहिलो कप्तानीमै न्युजिल्यान्डलाई तीन टेस्ट खेलको सिरिजमा क्लिनस्विप गरेका थिए । ‘म यो शैलीको खेलमा टोलीलाई शतप्रतिशत दिन सक्दिैन । आफैंलाई असुरक्षित लागेकोछ’, स्टोक्सले भनेका छन् ।

‘यो गर्न अविश्वसनिय रुपमा कठिन निर्णय भएको छ । मलाई इंग्ल्यान्डका खेलाडीसँग खेल्न धेरै मनपर्छ । हामीले अविश्वसनिय यात्रा गरेका छौं’, स्टोक्सले भनेका छन् । टेस्ट र टि२० मा भने शतप्रतिशत दिने बताएका छन् । गतवर्ष स्टोक्सले मानसिक कारण देखाउँदै क्रिकेटबाट विश्राम लिएका थिए ।

‘तीनै शैली मेरो लागि टिकाउ छैन । मेरो शरीरिलाई पनि त्यस्तो लागेको छ । मैले अर्को एकको स्थान लिई राखेको छु । जुन जोश पूरा टोलीलाई चाहिँएको छ ।’

२०१९ को विश्वकप जित्ने सदस्यबाट सन्न्यास लिने स्टोक्स दोस्रो खेलाडी हुन् । यसअघि मोर्गनले भने सबै शैलीबाट सन्न्यास लिएका छन् ।

न्युजिल्यान्डमा जन्मिएर इंग्ल्यान्डबाट क्रिकेट खेलेका स्टोक्सले १ सय ४ ओडिआई खेलमा ३ शतक र २१ अर्धशतकसहित २ हजार ९ सय १९ रन बनाएका छन् । ७४ विकेट लिएका छन् । स्टोक्सले २०११ मा आयरल्यान्डविरुद्ध ओडिआईमा डेब्यू गरेका थिए । अन्तिम खेल दक्षिण अफ्रिकाविरुद्ध खेले ।

भारतसँग तीन ओडिआई खेलमा उनी डक, २१ र २७ रनमा आउट भएका थिए । उनले ८३ टेस्ट र ३४ टि२० आई खेल खेलेका छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.