default_image

2 years ago

July 20, 2022

अब्दुल्लाह र बाबरको सानदार शतकमा पाकिस्तानको उत्कृष्ट जित

156 views

0 Bookmark

एजेन्सी – युवा ओपनर अब्दुल्लाह शफिक र कप्तान बाबर आजमको सानदार शतकमा पाकिस्तानले पहिलो टेस्ट खेलमा श्रीलंकालाई ४ विकेटले पराजित गरेको छ । योसँगै दुई टेस्ट खेलको सिरिजमा पाकिस्तानले १–० को अग्रता लिएको छ ।

जितको लागि ३ सय ४२ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले पाँचौं दिन दोस्रो सेसनमा ६ विकेट गुमाउँदै पूरा गर्यो । पाकिस्तानको जितमा शफिक ४ सय ८ बलमा ७ चौका र १ छक्कासहित १ सय ६० रनमा अविजित रहे । शफिकको यो टेस्ट करिअरको उच्च प्रदर्शन हो । २२ वर्षीय शफिकले परिपक्व प्रदर्शन गर्दै टोलीलाई जित दिलाए ।

बाबर आजम १ सय ४ बलमा ४ चौकासहित १ छक्कासहित ५५ रनमा आउट भए । ईमाम उल हक ३५,अजर अली ६, मोहम्मद रिजपान ४०, अघा सलमान १२ र हसन अली ५ रनमा आउट भए । मोहमद नवाज १९ रनमा नटआउट रहे । श्रीलंकाका स्पिनर प्रभाथ जयसूर्याले सर्वाधिक ४ विकेट लिए । रमेश मेन्डिस र धनन्जय डि सिल्भाले एक एक विकेट लिए ।

त्यसअघि श्रीलंका दोस्रो इनिङमा ३ सय ३७ रनमा अल आउट भएको थियो । पहिलो इनिङमा ४ रनले अग्रता लिएको थियो । श्रीलंकाका मध्यक्रमका ब्याटर दीनेश चान्डिमलले १ सय ३९ बलमा ५ चौका र २ छक्कासहित ९४ रनमा अविजित रहे । अष्ट्रेलियाविरुद्ध दोस्रो टेस्टको दोस्रो इनिङमा सानदार दोहोरो शतक हानेका चान्डिमलले आफ्नो लयलाई निरन्तरता दिए । कुशल मेन्डिस १ सय २६ बलमा ९ चौकासहित ७६ रनमा आउट भए ।

ओपनर ओशन्डा फ्रेनान्डो ६४ बलमा १ सय २५ बलमा ६ चौका र १ छक्कासहित ६४ रनमा आउट भए । कप्तान दिमुथ करुणारत्ने १६, धनन्जय डि सिल्भा २० र रमेश मेन्डिस २२ रनमा आउट भए । पाकिस्तानका मोहम्मद नवाजले सर्वाधिक पाँच विकेट लिए । यासिर शाहले तीन विकेट लिए ।

पाकिस्तान पहिलो इनिङमा २ सय १८ रनमा अल आउट भएको थियो । पाकिस्तानका बाबर आजमले २ सय ४४ बलमा ११ चौका र २ छक्कासहित १ सय १९ रनको एक यादगार शतकीय इनिङ खेले । एक समय ११२–८ को अवस्थाबाट उनले उक्त रन जोडेका थिए ।

अन्तिम विकेटका लागि नसिम शाहसँग बाबरले ७० रनको साझेदारी गरेका थिए । नसिम शाहले ३९ बलमा एज चौकाका साथ खाता खोलेका थिए । ५२ बलमा नसिम ५ रनमा अविजित रहे । बाँकी ६५ रन बाबरले जोडेका थिए । श्रीलंकाका स्पिनर जयसूर्याले सर्वाधिक पाँच विकेट लिए । रमेश मेन्डिस र महेश थेक्सनाले दुई दुई विकेट लिए ।

श्रीलंका पहिलो इनिङमा २ सय २२ रनमा अल आउट भएको थियो । श्रीलंकाका दीनेश चान्डिमलले १ सय १५ बलमा १० चौका र १ छक्कासहित सर्वाधिक ७६ रन बनाए । ओशदा फ्रेर्नान्डो ३५ र महेश थेक्सनाले ३८ रन बनाए ।

पाकिस्तानका शाहिन शाह अप्रिदीले सर्वाधिक चार विकेट लिए । दोस्रो खेल हसन अली र मोहम्मद नवाजले दुई दुई विकेट लिए । दोस्रो खेल आइतबारदेखि गालेमै हुनेछ । पाकिस्तानले दुबै खेल जितेको खण्डमा शीर्ष दुईमा रहँदै आइसिसी विश्वकप टेस्ट च्याम्पियनसिप २०२१-२३ खेल्ने सम्भावना बलियो बन्नेछ ।

January 14, 2025

एपिएफको जितमा ममता र इन्दुको अर्धशतक

धनगढी (हाम्रो खेलकुद)- प्रधानमन्त्री कप टि ट्वान्टी महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको‌ पहिलो दिन एपिएफ र सुदूरपश्चिम प्रदेश विजयी भएका छन्। दिनको दोस्रो खेलमा एपिएफले कर्णाली प्रदेशलाई १ सय ११ रनले‌ हरायो‌। फाप्ला क्रिकेट मैदानमा १ सय ८३ रनको लक्ष्य पछ्याएको कर्णालीले २० ओभरमा ७ विकेट गुमाएर ७१ रनमात्र बनाउन सक्यो । कर्णालीबाट दिक्षा पुरीले सर्वाधिक […]

January 14, 2025

पुलिसका कुशलको अविजित अर्धशतक

काठमाडौं (हाम्रो खेलकुद)- जय ट्रफी पुरुष एलिट कपको फाइनलको पहिलो दिन मंगलवार खराब मौसमको कारण १७ ओभरको खेल मात्र सम्भव भएको छ। वीरगंजमा मौसमले प्रभाव पारेको खेलमा नेपाल पुलिस क्लबले १७ ओभरमा २ विकेट गुमाएर ८५ रन बनायो। उसका लागि कुशल भुर्तेलले पहिलो दिन अविजित अर्धशतकीय पारी खेले। मौसमको लारण टस ढिला भयो। टस जितेको […]

January 14, 2025

पिएसएलमा विक्री भएनन् नेपाली खेलाडी

काठमाडौं(हाम्रो खेलकुद) – पाकिस्तान सुपर लिग (पिएसएल) २०२५ को ड्राफ्टमा सन्दीप लामिछानेसहिय ७ खेलाडी विक्री भएनन् । लाहोरमा सोमवार भएको अक्सनमा कुनै पनि नेपाली खेलाडीलाई‌ लिन टोलीहरुले चासो देखाएनन् । सन्दीपले डायमन्ड तथा आसिफ शेख, अर्जुन साउद, देव खनाल, दीपेन्द्रसिंह ऐरी, गुलशनकुमार झा र सोमपाल कामी सिल्भर क्याटागोरीमा समावेश थिए। गत संस्करणमा पनि नेपाली खेलाडीलाई पिएसएलका […]

Success

Thank you for your time.