default_image

2 years ago

July 26, 2022

श्रीलंका विशाल योगफलतर्फ अग्रसर

107 views

0 Bookmark

एजेन्सी – पाकिस्तानविरुद्ध घरेलु टोली श्रीलंका दोस्रो टेस्ट खेलमा विशाल योगफलतर्फ अघि बढेको छ । तेस्रो दिनको समाप्तिमा श्रीलंकाले दोस्रो इनिङमा ५ विकेट गुमाउँदै १ सय ७६ रन बनाएको छ । समग्रमा श्रीलंकाले ३ सय २३ रनको अग्रता लिएको छ । पहिलो इनिङमा १ सय ४७ रनको फराकिलो अग्रता लिएपछि विशाल योगफलतर्फ अघि बढेको हो ।

श्रीलंकाका अलराउन्डर धनन्जय डि सिल्भा ५२ बलमा ६ चौकासहित ३० र कप्तान दिमुथ करुणारत्ने २७ रनमा अविजित छन् । करुणारत्ने चोटका कारण छैटौं नम्बरमा ब्याटिङ गरेका हुन् । ओपनर निरोशन डिक्वेला १५ र ओशदा फर्नान्डो १९ रनमा आउट भए । कुशल मेन्डिस १५, एन्जिलो म्याथ्युज ३५ र दीनेश चान्डिमल २१ रनमा आउट भए । पाकिस्तानका नसिम शाहले सर्वाधिक दुई विकेट लिएका छन् ।

त्यसअघि पाकिस्तान पहिलो इनिङ २ सय ३१ रनमा अल आउट भयो । पाकिस्तानका सलमान अघाले १ सय २६ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ६२ रन बनाए । ओपनर अब्दुल्ला सफिक शून्य र इमाम उल हकले ३२ रन बनाउँदै आउट भए ।

स्पिनर प्रभात जयसूर्याले १६ रनमा बोल्ड आउट गरेपछि श्रीलंका हाबी बनेको थियो । मोहम्मद रिजवान र फवाद आलम २४-२४ रनमा आउट भए । तल्लोक्रमका यासिर शाह २६, मोहम्मद नवाज १२ र हसन अली २१ रनमा आउट भए । श्रीलंकाका स्पिनर रमेश मेन्डिसले सर्वाधिक पाँच विकेट लिए । जयसूर्याले तीन विकेट लिए ।


त्यसअघि पहिलो इनिङमा श्रीलंका टस जितेर पहिला ब्याटिङ गर्दै ३ सय ७८ रनमा अल आउट भयो । श्रीलंकाका मध्यक्रमका ब्याटर दीनेश चान्डिमलले आफ्नो उच्च लयलाई निरन्रता दिँदै १ सय ३७ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक ८० रनमा आउट भए ।

श्रीलंकाले राम्रो सुरुवात पाएको थियो । पहिलो विकेटका लागि ओपनर करुणारत्ने र फर्नान्डोले ९२ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिए । फर्नान्डो ७० बलमा ४ चौका र ३ छक्कासहित ५० रनमा क्याच आउट भए । करुणारत्ने ९० बलमा ३ चौकासहित ४० रनमा आउट भए ।

तल्लोक्रमका निरोशन डिक्वेला ५४ बलमा ६ चौका र १ छक्कासहित ५१ रनमा आउट भए । कुशल मेन्डिस ३, एन्जिलो म्याथ्युज ४२, धनन्जय डि सिल्भा ३३ र रमेश मेन्डिस ३५ रनमा आउट भए ।

पाकिस्तानका यासिर शाह र नसिम शाहले समान तीन विकेट लिए । दुई टेस्टको सिरिजमा पाकिस्तान पहिलो खेलमा ४ विकेटले विजयी भएको थियो ।

May 20, 2024

कोलकत्ता र राजस्थान बीचको खेलमा वर्ष बाधक

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) सिजनको राउण्ड रोबिन चरण अन्तर्गतको अन्तिम खेलमा वर्षा बाधक बनेको छ । कोलकत्ता नाईट राइडर्स र राजस्थान रोयल्स बीचको खेल वर्षाका कारण एक बल पनि नखसिकन रद्द भएपछि राजस्थानले तेस्रो स्थानमा चित्त बुझाउनु पर्नेछ छ । कोलकत्ताले यस खेल अघि शीर्ष स्थानमा रही प्लेअफमा स्थान बनाइसकेको थियो । तर […]

May 19, 2024

एनसीसीएस भ्याली कप क्रिकेट यसै महिना

काठमाडौं (हाम्रो खेलकुद) – भक्तपुर जिल्ला क्रिकेट संघले एनसीसी आमन्त्रित उपत्यकाव्यापी टि ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । महिला र पुरुषको छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ । शैक्षिक संस्था एनसीसीएस समूहसँग मिलेर भक्तपुरले जेठ १२ देखि १९ गते सम्म आयोजना गर्ने प्रतियोगितामा पुरुषतर्फ ६ एकेडेमी र महिलातर्फ ३ जिल्लाले सहभागिता रहने आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी […]

May 19, 2024

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

एजेन्सी – लिग चरणको आफ्नो अन्तिम खेलमा जित दर्ता गर्दै सनराईजर्स हैदराबाद इंडियन प्रिमियर लिग (आईपिएल) को तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पञ्जाब विरुद्ध ४ विकेटको जित दर्ता गर्दै हैदराबाद दोस्रो स्थानमा उक्लिएको हो । पञ्जाबले दिएको २१५ रनको विशाल लक्ष्य हैदराबादले ५ बल बाँकी छँदा ६ विकेट गुमाएर भेटायो । हैदराबादका लागि अभिषेक […]

Success

Thank you for your time.