default_image

2 years ago

July 26, 2022

क्यानका अध्यक्ष चन्दलाई आइसिसीको अवार्ड

210 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दलाई लङ सर्भिस अवार्डबाट सम्मानित गरेको छ ।

इंग्ल्यान्डको बर्मिङ्गमतर्फ जारी आइसिसीको वार्षिक साधरण सभाबाट चन्दलाई क्रिकेट बोर्डमा लामो समय रहेर सेवा गरेवापत उक्त अवार्ड दिएको क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले जानकारी दिएका छन् । नेपालको तर्फबाट चन्द र मल्ल आइसिसीको वार्षिक साधरण सभामा भाग लिन गत साउन ४ गते त्यसतर्फ गएका थिए ।

आइसिसीले हरेक वर्ष क्रिकेट बोर्डमा रहेर काम गर्ने ब्यक्तिलाई सम्मान गर्छ । त्यसै अन्तरगर्त आफ्ना १ सय ७ सदस्य राष्ट्रबाट मध्य विभिन्न सेवामा रहेर काम गरेका व्यक्तिलाई अवार्ड दिइदै आएको छ। ‘यस पटक १ सय ७ देशबाट १८ जनालाई लामो सेवा गरेको वापत सम्मान गरिएको हो,’ मल्लले हाम्रो खेलकुदसँग भने ।

चन्द लामो समयदेखि क्यानमा विभिन्न पदमा रहेर काम गर्दै आएका छन् । चन्द २०७२ क्यानका अध्यक्षमा निर्वाचित भएका थिए । त्यसअघि विभिन्न पदमा थिए । तर तत्कालिन अध्यक्ष टंक आङबुहाङको समूहले निर्वाचन बहिष्कार गरेको थियो । त्यसलाई आधार बनाएर राष्ट्रिय खेलकुद परिषद् (राखेप) का तत्कालिन सदस्य सचिव केशवकुमार विष्टले निर्वाचनलाई अस्वीकार गर्दै रमेश सिलवालको अध्यक्षतामा क्यान पुर्नगठन गरेका थिए ।

त्यसपछि आइसिसीले दुई समितिको कारण देखाउँदै २०७३ वैशाखमा क्यानलाई निलम्बन गरेको थियो । २०७६ को चुनावबाट चन्द पुन: अध्यक्षमा फर्किएका थिए । उनले काम गर्न नसकेको भनेर चर्को आलोचना खेप्दै आएका छन् ।

यस पटकको आइसिसीको वार्षिक साधरण सभामा मुख्य एजेन्डा ओडिआई मान्यता थियो । हालसम्म ओडिआई मान्यतालाई कसरी लैजाने टुङ्गो हुन सकेको छैन । नेपालले भने सातवटा देशलाई नहटाएर थप दुई देश गर्ने प्रस्ताव गरेको छ । त्यसको निर्णय आगामी नोभेम्बरमा हुने बताइएको छ । १२ टेस्ट टोलीको निर्णयमा भरपर्ने मल्ल बताउँछन् ।

नेपालले हाल विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज खेलेको छ । शीर्ष तीन टोली सोझै आगामी जुन/जुलाईमा जिम्बावेमा हुने एकदिवसिय विश्वकप छनोट खेल्नेछन् । बाँकी चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ । ओडिआई मान्यता कुन टोलीले कसरी पाउने हालसम्म स्पष्ट खाका छैन । नेपाल भने २० खेलमा ८ मा जित र ११ मा हारका साथ १७ अंक जोड्दै अंक तालिकाको पुछारमा छ ।

May 20, 2024

कोलकत्ता र राजस्थान बीचको खेलमा वर्ष बाधक

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) सिजनको राउण्ड रोबिन चरण अन्तर्गतको अन्तिम खेलमा वर्षा बाधक बनेको छ । कोलकत्ता नाईट राइडर्स र राजस्थान रोयल्स बीचको खेल वर्षाका कारण एक बल पनि नखसिकन रद्द भएपछि राजस्थानले तेस्रो स्थानमा चित्त बुझाउनु पर्नेछ छ । कोलकत्ताले यस खेल अघि शीर्ष स्थानमा रही प्लेअफमा स्थान बनाइसकेको थियो । तर […]

May 19, 2024

एनसीसीएस भ्याली कप क्रिकेट यसै महिना

काठमाडौं (हाम्रो खेलकुद) – भक्तपुर जिल्ला क्रिकेट संघले एनसीसी आमन्त्रित उपत्यकाव्यापी टि ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । महिला र पुरुषको छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ । शैक्षिक संस्था एनसीसीएस समूहसँग मिलेर भक्तपुरले जेठ १२ देखि १९ गते सम्म आयोजना गर्ने प्रतियोगितामा पुरुषतर्फ ६ एकेडेमी र महिलातर्फ ३ जिल्लाले सहभागिता रहने आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी […]

May 19, 2024

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

एजेन्सी – लिग चरणको आफ्नो अन्तिम खेलमा जित दर्ता गर्दै सनराईजर्स हैदराबाद इंडियन प्रिमियर लिग (आईपिएल) को तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पञ्जाब विरुद्ध ४ विकेटको जित दर्ता गर्दै हैदराबाद दोस्रो स्थानमा उक्लिएको हो । पञ्जाबले दिएको २१५ रनको विशाल लक्ष्य हैदराबादले ५ बल बाँकी छँदा ६ विकेट गुमाएर भेटायो । हैदराबादका लागि अभिषेक […]

Success

Thank you for your time.