default_image

2 months ago

May 20, 2024

सोर्लाेथको चार गोलमा रियल म्याड्रिड रोकियो

2537 views

0 Bookmark

एजेन्सी – नर्वेली फरवार्ड अलेक्जेन्डर सोर्लाेथले ह्याट्रिकसहित चार गोल गरेपछि भिल्लारियलले यो सिजनको ला लिगाको च्याम्पियन बनिसकेको रियल म्याड्रिड बराबरीमा रोक्न सफल भएको छ ।

खेलमा आरामदायी अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा र सोर्लाेथ एक्लैले चार गोल गरेपछि रियल म्याड्रिड घरेलु टोली भिल्लारियलसँग ४–४ गोलको बराबरीमा रोकिएको हो । गोलको वर्षा भएको खेलमा रियलका अर्दा गुलेरले दुई तथा जोसेलु र लुकास भास्क्वेजले समान एक गोल गरे ।

खेलको १४औं मिनेटमा गुलेरको गोलबाट रियलले अग्रता बनाएको थियो । ३०औं मिनेटमा जोसेलुले गोल गर्दै रियलको अग्रता दोब्बर पारे । ३९औं मिनेटमा सोर्लाेथले गोल गर्दै गोल अन्तर २–१ मा झारे।

४०औं मिनेटमा लुकास भास्क्वेजले गोल गरेपछि रियल खेलमा ३–१ ले अघि बढ्यो । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा अर्दा गुलेरले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरेपछि रियलले पहिलो हाफमै ४–१ को आरामदायी अग्रता लिन सफल भयो ।

तर, दोस्रो हाफमा रियलले त्यो अग्रतालाई जोगाउन सकेन । दोस्रो हाफमा ९ मिनेटको अन्तरमा सोर्लाेथले ती गोल थप्दै खेललाई ४–४ गोलको बराबरीमा ल्याए ।

४८औं मिनेटमा दोस्रो गोल गरेका सोर्लाेले ५२औं मिनेटमा अर्काे गोल थप्दै ह्याट्रिक पूरा गरे । ५६औं मिनेटमा सोर्लाेथले व्यक्तिगत र टोलीका लागि चौथो गोल गर्दै खेललाई ४–४ गोलको बराबरीमा ल्याए ।

रियलविरुद्ध चार गोल गरेसँगै सोर्लाेथ ला लिगाको सर्वाधिक गोलकर्ताको सुचीमा शीर्षस्थानमा उक्लिएको छ । उनले यो सिजन ३३ खेल खेल्दा २३ गोल र ६ असिस्ट प्रदान गरेका छन् ।

यस बराबरीसँगै रियलको ३७ खेलबाट ९४ अंक पुगेको छ । भिल्लारियल ५२ अंक जोडेर आठौं स्थानमा छ ।

अन्य नतिजा
एथलेटिको बिल्वाओ
विरुद्ध सेभिया (–०)
एट्लेटिको मड्रिडविरुद्ध ओसासुना (१–)
बार्सिलोनाविरुद्ध रायो भालेकानो (–०)
क्याडिजविरुद्ध लास पाल्मास (०–०)
ग्रानडाविरुद्ध सेल्टा भिगो (१–)
मलोर्काविरुद्ध अल्मेरिया (२–२)
रियल बेटिसविरुद्ध रियल सोसिडाड (०–)
भ्यालेन्सियाविरुद्ध जिरोना (१–३)

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.