default_image

2 years ago

July 27, 2022

एलेनको शतकमा स्कटल्यान्डलाई विशाल लक्ष्य

85 views

0 Bookmark

एजेन्सी – युवा ओपनर फिन एलेनको शतकमा न्युजिल्यान्डले पहिलो टि२० आईमा स्कटल्यान्डलाई २ सय २६ रनको विशाल लक्ष्य दिएको छ । ग्रान्ज क्रिकेट क्लबमा टस हारेर पहिला गर्दै निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय २५ रन बनायो ।


न्युजिल्यान्डका २३ वर्षीय युवा ब्याटर फिन एलेनले ५६ बलमा ८ चौका र ६ छक्कासहित १ सय १ रनको शतकीय इनिङ खेले । उनको यो पहिलो अन्तर्राष्ट्रिय शतक हो । उनले ५४ बलमा शतक हान्दै न्युजिल्यान्डबाट टि२० आईमा शतक हान्ने पाँचौं ब्याटर बने ।

ओपनर मार्टिन गुप्टिल र फिन एलेनले पहिलो विकेटका लागि ८५ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।
गुप्टिल ३१ बलमा ४ चौका र २ छक्कासहित ४० रनमा आउट भए । तल्लोक्रममा जेम्श निसम ९ बलमा २ चौका र ३ छक्कासहित ३० रनमा आउट भए । ग्लेन फिलिप्स १६ बलमा १ चौका र १ छक्कासहित २३ रनमा आउट भए ।

डर्याल मिचेल १३ बलमा २ छक्कासहित २३ रनमा रन आउट भए । स्कटल्यान्डका हम्जा ताहिर, क्रिस सोले, मार्क वाट्ट र रिची बेरिङ्गटनले एक एक विकेट लिए ।

May 20, 2024

कोलकत्ता र राजस्थान बीचको खेलमा वर्ष बाधक

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) सिजनको राउण्ड रोबिन चरण अन्तर्गतको अन्तिम खेलमा वर्षा बाधक बनेको छ । कोलकत्ता नाईट राइडर्स र राजस्थान रोयल्स बीचको खेल वर्षाका कारण एक बल पनि नखसिकन रद्द भएपछि राजस्थानले तेस्रो स्थानमा चित्त बुझाउनु पर्नेछ छ । कोलकत्ताले यस खेल अघि शीर्ष स्थानमा रही प्लेअफमा स्थान बनाइसकेको थियो । तर […]

May 19, 2024

एनसीसीएस भ्याली कप क्रिकेट यसै महिना

काठमाडौं (हाम्रो खेलकुद) – भक्तपुर जिल्ला क्रिकेट संघले एनसीसी आमन्त्रित उपत्यकाव्यापी टि ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । महिला र पुरुषको छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ । शैक्षिक संस्था एनसीसीएस समूहसँग मिलेर भक्तपुरले जेठ १२ देखि १९ गते सम्म आयोजना गर्ने प्रतियोगितामा पुरुषतर्फ ६ एकेडेमी र महिलातर्फ ३ जिल्लाले सहभागिता रहने आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी […]

May 19, 2024

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

एजेन्सी – लिग चरणको आफ्नो अन्तिम खेलमा जित दर्ता गर्दै सनराईजर्स हैदराबाद इंडियन प्रिमियर लिग (आईपिएल) को तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पञ्जाब विरुद्ध ४ विकेटको जित दर्ता गर्दै हैदराबाद दोस्रो स्थानमा उक्लिएको हो । पञ्जाबले दिएको २१५ रनको विशाल लक्ष्य हैदराबादले ५ बल बाँकी छँदा ६ विकेट गुमाएर भेटायो । हैदराबादका लागि अभिषेक […]

Success

Thank you for your time.