default_image

2 years ago

July 28, 2022

बेयरस्टो र अलीको विष्फोटक ब्याटिङमा इंग्ल्यान्ड विजयी

63 views

0 Bookmark

एजेन्सी – मध्यक्रमका ब्याटर जोनी बेयरस्टो र मोईन अलीको विष्फोटक ब्याटिङमा इंग्ल्यान्डले पहिलो टि२० आईमा खेलमा दक्षिण अफ्रिकालाई ४१ रनले पराजित गरेको छ । घरेलु टोली इंग्ल्यान्डले तीन खेलको सिरिजमा १–० को अग्रता लिएको छ ।

जितको लागि २ सय ३५ रनको विशाल विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ९३ रन बनायो । दक्षिण अफ्रिकाको लागि २१ वर्षीय मध्यक्रमका ब्याटर ट्रिस्टन स्टब्सले २८ बलमा २ चौका र ८ छक्कासहित ७२ रनको विष्फोटक पारी खेले ।

करिअरको तेस्रो खेल भएपनि उनले पहिलो पटक ब्याटिङको अवसर पाएका थिए । उनले १९ बलमा ६ छक्का हान्दै अर्धशतक पूरा गरेका थिए । स्टब्सले विष्फोटक इनिङ खेलेपनि अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । दक्षिण अफ्रिकाको सुरुवात नै भने राम्रो रहेन ।

सुरुवाती ७ रन बनाउँदा ओपनर क्विन्टन डि ककलाई दुई र राइली रोसवोलाई चार रनमा गुमाएको थियो । ओपनर रिजा हेन्ड्रिक्स ३३ बलमा ९ चौका र १ छक्कासहित ५७ रनमा आउट भए । हेनरिक क्लासेन २० र एन्डियो फेहकुवओ २२ रनमा आउट भए । कप्तान डेविड मिलर भने १२ खेल खेल्दै आठ रनमा आउट भए ।

इंग्ल्यान्डका तीव्र गतिका बलर रिचर्ड ग्लेसनले ४ ओभरमा ५१ रन खर्चेर तीन विकेट लिए । रिस टोप्ली र आदिल राशिदले दुई दुई विकेट लिए । मोईन अलीको नाममा एक विकेट रह्यो ।

त्यसअघि काउन्ट्री ग्राउन्ड बिस्टलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ३४ रन बनायो । टि२० आईमा यो इंग्ल्यान्डको दोस्रो ठूलो योगफल हो । यसअघि २०१९ मा न्युजिल्यान्डविरुद्ध २ सय ४१ रन बनाएको थियो ।

इंग्ल्यान्डका जोनी बेयरस्टोले ५३ बलमा ३ चौका र ८ छक्कासहित ९० रनको उत्कृष्ट इनिङ खेले । उनको यो टि२० आई करिअरको उत्कृष्ट प्रदर्शन समेत हो । मोईन अलीले मात्र १८ बलमा २ चौका र ६ छक्कासहित ५२ रनको इनिङ खेले । अलीनै खेलको प्लेयर अफ द म्याच चुनिए ।

इंग्ल्यान्डले अन्तिम १० ओभरमा १ सय ३६ रन जोडेको थियो । चौथो विकेटका लागि मोईन अली र जोनी बेयरस्टोले ३७ बलमा १ सय ६ रनको शतकीय साझेदारी गरेका थिए । ओपनर जेसन रोय ८ र जस बटलर २२ रनमा आउट भएका थिए ।


बटलरले ७ बलमा २ चौका र २ छक्का प्रहार गरे । डेविड मलान २३ बलमा १ चौका र ४ छक्कासहित ४३ रनमा आउट भए । १७ औं ओभरमा अली र बेयरस्टोले एन्डिलो फेहलुकवयोलाई एकै ओभरमा पाँच छक्का हानेका थिए । इंग्ल्यान्डबाट २० र दक्षिण अफ्रिकाबाट ९ गरि कुल २९ छक्का प्रहार भएको थियो ।

दक्षिण अफ्रिका लुन्गी एनगिडीले ४ ओभरमा ३९ रन खर्चेर ५ विकेट लिए । कागिसो रबाडाले ४ ओभरमा ३० रन खर्चिए । दोस्रो खेल आज राती कार्डिफमा हुनेछ ।

May 20, 2024

कोलकत्ता र राजस्थान बीचको खेलमा वर्ष बाधक

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) सिजनको राउण्ड रोबिन चरण अन्तर्गतको अन्तिम खेलमा वर्षा बाधक बनेको छ । कोलकत्ता नाईट राइडर्स र राजस्थान रोयल्स बीचको खेल वर्षाका कारण एक बल पनि नखसिकन रद्द भएपछि राजस्थानले तेस्रो स्थानमा चित्त बुझाउनु पर्नेछ छ । कोलकत्ताले यस खेल अघि शीर्ष स्थानमा रही प्लेअफमा स्थान बनाइसकेको थियो । तर […]

May 19, 2024

एनसीसीएस भ्याली कप क्रिकेट यसै महिना

काठमाडौं (हाम्रो खेलकुद) – भक्तपुर जिल्ला क्रिकेट संघले एनसीसी आमन्त्रित उपत्यकाव्यापी टि ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । महिला र पुरुषको छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ । शैक्षिक संस्था एनसीसीएस समूहसँग मिलेर भक्तपुरले जेठ १२ देखि १९ गते सम्म आयोजना गर्ने प्रतियोगितामा पुरुषतर्फ ६ एकेडेमी र महिलातर्फ ३ जिल्लाले सहभागिता रहने आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी […]

May 19, 2024

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

एजेन्सी – लिग चरणको आफ्नो अन्तिम खेलमा जित दर्ता गर्दै सनराईजर्स हैदराबाद इंडियन प्रिमियर लिग (आईपिएल) को तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पञ्जाब विरुद्ध ४ विकेटको जित दर्ता गर्दै हैदराबाद दोस्रो स्थानमा उक्लिएको हो । पञ्जाबले दिएको २१५ रनको विशाल लक्ष्य हैदराबादले ५ बल बाँकी छँदा ६ विकेट गुमाएर भेटायो । हैदराबादका लागि अभिषेक […]

Success

Thank you for your time.