default_image

2 years ago

July 28, 2022

गिल र चहलको उत्कृष्ट प्रदर्शनमा भारतको क्लिनस्विप

142 views

0 Bookmark

एजेन्सी – युवा ओपनर शुभमन गिल र लेग स्पिनर युजभेन्द्र चहलको उत्कृष्ट प्रदर्शनमा भारतले वेस्टइन्डिजसँगको तीन ओडिआई खेलको सिरिज क्लिनस्विप गरेको छ । भारतले तेस्रो खेलमा घरेलु टोली वेस्टइन्डिजलाई डकवर्थ लेविस पद्धतिको आधारमा १ सय १९ रनले पराजित गर्दै क्लिनस्वप गर्न सफल भएको हो ।

वर्षाले प्रभावित खेलमा भारतले निर्धारित ३६ ओभरमा ३ विकेट गुमाउँदै २ सय २५ रन बनाएको थियो । वर्षाले खेल रोकिँदा २४ ओभरमा भारत ११५–१ को अवस्थामा थियो । बाँकी १२ ओभरमा भारतले १ सय १० रन बनाएको थियो । भारतका शुभमन गिल ९८ बलमा ७ चौका र २ छक्कासहित ९८ रनमा अविजित रहे ।

गिलको यो अन्तर्राष्ट्रिय क्रिकेट करिअरको उच्च प्रदर्शन हो । गिल खेलको प्लेयर अफ द म्याच र सिरिज दुबै चुनिए । गिललाई शतक पुर्याउन अन्तिम ओभरमा ६ रन आवश्यक हुँदा चार बलमा मात्र चार रन जोडेका थिए ।

ओपनर तथा कप्तान शिखर धवन ७४ बलमा ७ चौकासहित ५८ रनमा आउट भए । पहिलो विकेटका लागि गिल र धवनले २२.५ ओभरमा १ सय २२ रनको शतकीय साझेदारी गरेका थिए । श्रेयस ऐर ३४ बलमा ४ चौका र १ छक्कासहित ४४ र सूर्यकुमार यादव ८ रनमा आउट भए ।

वेस्टइन्डिजका स्पिनर हायडन वाल्श जुयिनरले सर्वाधिक दुई विकेट लिए । पुन वर्षाको कारण वेस्टइन्डिले २६ ओभरमा डकवर्थ लेविस पद्धतिको आधारमा २ सय ५७ रनको लक्ष्य पाएको थियो । उक्त लक्ष्य पछ्याउनेक्रममा वेस्टइन्डिज निर्धारित २६ ओभरमा १ सय ३७ रनमा अल आउट भयो ।

वेस्टइन्डिजका कप्तान निकोलस पुरन र ब्रेन्डन किंगले ४२–४२ रन बनाए । पुरनले ३२ बल र किंगले ३७ बल खेल्दै समान ५ चौका र १ छक्का प्रहार गरेका थिए । अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् । शाई होपले २२, काइल मेयर्स र शम्राह ब्रुक्सले खाता खोल्न सकेनन् ।

भारतका युजभेन्द्र चहलले ४ ओभरमा १७ रन खर्चेर चार विकेट लिए । शार्दुल ठाकुर र मोहम्मद शिराजले समान दुई दुई विकेट लिए । भारत पहिलो खेलमा तीन रन र दोस्रो खेलमा दुई विकेटले विजयी भएको थियो ।

भारत र वेस्टइन्डिजबीच अव पाँच टि२० आईको खेल हुनेछ । भारतका प्रमुख खेलाडी फर्किनेछन् । वेस्टइन्डिजका आन्द्रे रसेल र शिम्रन हेटमायर फर्किने सम्भावना छ । पहिलो खेल शुक्रबारबाट हुनेछ ।

May 20, 2024

कोलकत्ता र राजस्थान बीचको खेलमा वर्ष बाधक

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) सिजनको राउण्ड रोबिन चरण अन्तर्गतको अन्तिम खेलमा वर्षा बाधक बनेको छ । कोलकत्ता नाईट राइडर्स र राजस्थान रोयल्स बीचको खेल वर्षाका कारण एक बल पनि नखसिकन रद्द भएपछि राजस्थानले तेस्रो स्थानमा चित्त बुझाउनु पर्नेछ छ । कोलकत्ताले यस खेल अघि शीर्ष स्थानमा रही प्लेअफमा स्थान बनाइसकेको थियो । तर […]

May 19, 2024

एनसीसीएस भ्याली कप क्रिकेट यसै महिना

काठमाडौं (हाम्रो खेलकुद) – भक्तपुर जिल्ला क्रिकेट संघले एनसीसी आमन्त्रित उपत्यकाव्यापी टि ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । महिला र पुरुषको छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ । शैक्षिक संस्था एनसीसीएस समूहसँग मिलेर भक्तपुरले जेठ १२ देखि १९ गते सम्म आयोजना गर्ने प्रतियोगितामा पुरुषतर्फ ६ एकेडेमी र महिलातर्फ ३ जिल्लाले सहभागिता रहने आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी […]

May 19, 2024

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

एजेन्सी – लिग चरणको आफ्नो अन्तिम खेलमा जित दर्ता गर्दै सनराईजर्स हैदराबाद इंडियन प्रिमियर लिग (आईपिएल) को तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पञ्जाब विरुद्ध ४ विकेटको जित दर्ता गर्दै हैदराबाद दोस्रो स्थानमा उक्लिएको हो । पञ्जाबले दिएको २१५ रनको विशाल लक्ष्य हैदराबादले ५ बल बाँकी छँदा ६ विकेट गुमाएर भेटायो । हैदराबादका लागि अभिषेक […]

Success

Thank you for your time.