default_image

9 years ago

December 16, 2016

महिला क्रिकेटमा भएको अनिमियतता छानविन गर्न राखेपले छानविन समिति बनायो

174 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– महिला क्रिकेटमा भएको अनिमियतता र गै¥ह जिम्मेवारीको बारेमा छानविन गर्न  राष्ट्रिय खेलकुद परिषद (राखेप) ले सदस्य देव कुमार अधिकारीको संयोजकत्वमा शुक्रबार ५ सदस्यिय छानविन समिति गठन गरेको छ ।

nepali-woman-team

गत असोजमा हङकङमा एक महिने प्रशिक्षण र महिला विश्वकपको खेलाडी छनोटमा अनियमितता भएको भन्ने उजुरीका आधारमा छानबिन समिति गठन गरेको राखेपले जनाएको छ ।
प्रशिक्षण र महिला विश्व कप छनोट प्रतियोगिताका लागि नेपाली खेलाडी छनोट गर्ने क्रममा क्यानका प्रशासन प्रमुख छुम्बि लामा, टोली प्रशिक्षक जगत टमाटा र टिम ब्यवस्थापक राजु बस्न्यातले खेलाडी छनोटका क्रममा गैर खेलाडी छनोट गरेको आरोप लगाएको छ । त्यस्तै प्रतियोगिताको लागि बरिष्ठ फिजियोथेरापिष्ट वा डाक्टर लानु पर्नेमा परिषदमा दुई बरिष्ठ फिजियोथेरापिष्ट र डाक्टर हुंदा हुंदै स्टाफ नर्सलाई फिजियोको टोलीलाई लगेको राखेपले जनाएको छ । त्यस्तै खेलाडीको ठाउमा चार गैर खेलाडीलाई आर्थिक लाभ लिई छनोट आर्थिक अनियमितता गरेको राखेपद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
समितिको सदस्यहरुमा राखेपका प्रशासन प्रमुख मधुसुदन बस्नेत, खेलकुद विकास विभाग प्रमुख कुलबहादुर थापा, संघ संस्था प्रमुख डेमबहादुर बस्नेत र राखेप कानून बिज्ञ धनबहादुर बस्नेत रहेका छन् । समितिलाई एक महिनाको समय दिइएको छ । त्यहि समितिलाई रुस्लान थ्री स्टार क्लबले एएफसी प्ले अफ खेल्न नपाएका विषयमा छानविन गर्ने जिम्मा दिएको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.