default_image

9 years ago

December 16, 2016

नेपाल यू १९ एसिया कपबाट बाहिरियो

152 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– श्रीलंकामा जारी एसिसी यू १९ एसिया कपको समूह चरणबाट बाहिरिएको छ । लगातार दुई खेलमा हार बेहोरेपछि नेपाल समूह चरणको अन्तिम खेलअघि नै प्रतियोगिताबाट बाहिरिएको हो । श्रीलंकासँग पहिलो खेलमा १ रनको झिनो अन्तरको हार बेहोरेको नेपाल शुक्रबार भारतसँग ६ विकेटले पराजित भएको थियो ।

श्रीलंकासँग २ सय २८ रनको लक्ष्य पछउँदा नेपाल १ सय २६ रनमा अलआउट भएको थियो । अर्को खेलमा नेपालले भारतसँग १ सय ७२ रनको योगफललाई जोगान सकेन । समूहको अर्को टोली मलेसियामा पनि लगातार दुई हारपछि प्रतियोगिताबाट बाहिरिएको छ । मलेसिया भारतसँग २ सय ३५ रन र श्रीलंकासँग ८ विकेटले पराजित भएको थियो ।

नेपाल र मलेसियाबीच आइतबार प्रतिस्पर्धा हुनेछ । समूह एबाट अन्तिम खेलअघि नै भारत र श्रीलंका सेमिफाइनल पुगिसकेका छन् । भारत र श्रीलंकाले सुरुआती दुवै खेल जितेका थिए । नेपाल र मलेसिया अंक विहिन छन् ।
अर्को समूहमा बंगलादेश, पाकिस्तान, अफगानिस्तान र सिंगापुर छन् ।

[नेपाल र भारतबीच शुक्रबार भएको खेलको फोटोहरु]

unnamed-2

unnamed-1

unnamed-3

unnamed-4

unnamed-6

unnamed

img_5496

Nepal vs India, u 19 asia cup

unnamed-5

 

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.