default_image

3 years ago

July 31, 2022

क्रिकेटको मुख्य प्रशिक्षक नियुक्ति पुरानै आवेदनबाट

210 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पुबुदु दासानायकेले मुख्य प्रशिक्षकबाट राजीनामा दिएपछि रिक्त रहेको पदमा नेपाल क्रिकेट संघ(क्यान) ले पछिल्लो प्रतिस्पर्धा सूचीबाट नै प्रशिक्षक नियुक्ती गर्ने तयारी गरेको छ ।

क्यानले तलब मिलेको खण्डमा पुरानै आवेदनबाट छनोट गरेर प्रशिक्षक नियुक्ती गर्ने गरी छलफल अघि बढाएको छ । क्यानले पुबुदु दासानायिकेलाई मासिक १० हजार अमेरिकी डलर दिँदै आएको थियो । त्यो पारिश्रमिकमा भने ठूला नामका प्रशिक्षक आउन तयार छैनन् । क्यानका जनरल म्यानेजर वृतान्त खनाल प्रशिक्षक नियुक्तीको लागि छलफलमै रहेको बताउँछन् ।

‘पुबुदुले बार्षिक १ करोड २० लाख माथि डलर तलब बुझ्ने गरेका थिए । तर अहिले त्यो तलबमा काम गर्न कसैले मानेका छैनन् । त्यो रकममा पनि प्रशिक्षक आउन मान्दैनन् । प्रशिक्षकहरुसँग छलफल गर्दा त्यति तलबमा सकिंदैन भन्छन्’, खनालले भने ।

खनाल क्यान अध्यक्ष चतुरबहादुर चन्द र कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल नेपाल आएपछि मात्र कसरि बढ्ने भन्ने थाहा हुने बताए । चन्द र मल्ल आइसिसीको वार्षिक साधरण सभामा भाग लिन इंग्ल्यान्ड गएको हुँदा शुक्रबार नेपाल आइपुग्नेछन् ।

‘आइसिसीका अनुसार पुबुदुले आफ्नो सम्झौताको कार्यकाल सकाएको भए प्रतिस्पर्धामा जानुपर्ने थियो । तर सम्झौताको बीचमै छाडेर गएको हुँदा यसअघिको सर्टलिस्टबाट कुनै एउटा राम्रोलाई ल्याउन मिल्छ’, खनालले भने ।

यसअघिको सर्ट लिष्ट अनुसार भारतीय मोन्टी देशाई मुख्य दाबेदार हुन् । वर्तमान समयमा वेस्टइन्डिजका ब्याटिङ प्रशिक्षक समेत रहेका देशाई नेपाल आउन इच्छुक छन् । गत वर्षमा अन्तिम समयमा देशाई छाडेर पुबुदुलाई ल्याउने निर्णय गरेको थियो । त्यस समय खेलाडी विवाद हुँदा क्यानले स्थिति नियन्त्रणमा गर्न आफु अनुकूल प्रशिक्षक ल्याएको थियो ।

खनाल प्रशिक्षक नियुक्तिको जिम्मेवारी बोर्डमा निर्भर रहने बताउँछन् । ‘अब बोर्डले धेरै पारिश्रमिक लिने प्रशिक्षक नियुक्त गर्ने वा नगर्ने निर्णयमा भर पर्छ । यदि तलबको कुरा मिल्यो भने पुरानै सर्टलिष्टबाट एक जना नियुक्त हुनेछन्’, उनले भने ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.