default_image

2 years ago

August 3, 2022

सूर्यको उत्कृष्ट ब्याटिङमा भारत विजयी

67 views

0 Bookmark

एजेन्सी– ओपनर सूर्यकुमार यादवको उत्कृष्ट ब्याटिङमा भारतले तेस्रो टि२० आई खेलमा घरेलु टोली वेस्टइन्डिजलाई ७ विकेटले पराजित गरेको छ । योसँगै पाँच टि२० आई खेलको सिरिजमा भारतले २–१ को अग्रता लिएको छ ।

जितको लागि १ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको भारतले १९ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । भारतका सूर्यकुमार यादवले ४४ बलमा ८ चौका र ४ छक्कासहित ७६ रनको इनिङ खेले । विकेटकिपर ऋषभ पन्त २६ बलमा ३ चौका र १ छक्कासहित ३३ रनमा अविजित रहे ।

कप्तान रोहित शर्मा ११ रनमै रिटार्यट हर्ट भएका थिए । जुन समय भारतले १९ रन बनाएको थियो । दोस्रो विकेटका लागि श्रेयस ऐर र सूर्यले ८६ रनको साझेदारी गर्दै जितको आधार तय गरे । ऐरले २७ बलमा २ चौकासहित २४ रनमा आउट भए ।

हार्दिक पान्ड्या ४ रनमा आउट हुँदा दीपक हुडा १० रनमा अविजित रहे । वेस्टइन्डिजका जेसन होल्डर, डोमिनिक ड्रेक्स र अकिल हुुसैनले एक एक विकेट लिए ।

त्यसअघि सेन्ट किट्समा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६४ रन बनाएको थियो ।

वेस्टइन्डिजका ओपनर काइल मेयर्सले ५० बलमा ८ चौका र ४ छक्कासहित सर्वाधिक ७३ रन बनाए । उनको यो टि२० आई करिअरको दोस्रो र उच्च प्रदर्शन हो ।

रोभम्यान पावेलले १४ बलमा २ चौका र १ छक्कासहित २४ रनमा क्याच आउट भए । शिम्रन हेटमायर १२ बलमा २ छक्कासहित २० रनमा रन आउट भए ।

पहिलो विकेटका लागि मेयर्स र ब्रेन्डन किंगले ७.२ ओभरमा ५७ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए । किंग हार्दिक पान्ड्याको बलमा इनसाइड एज लागेर बोल्ड हुन पुगेका थिए । किंगले २० बलमा ३ चौकासहित २० रन बनाए ।

कप्तान निकोलस पुरन २३ बलमा २ चौका र १ छक्कासहित २२ रनमा आउट भए । भारतका भुवनेश्वर कुमारले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए । हार्दिक पान्ड्याले ४ ओभरमा १९ रन खर्चेर १ विकेट लिए ।

अर्शदीप सिंहले ४ ओभरमा ३३ रन खर्चेर १ विकेट लिए । पहिलो खेलमा भारत ६८ रनले विजयी हुँदा दोस्रो खेलमा ५ विकेटले पराजित भएको थियो । चौथो खेल शनिबार र पाँचौं तथा अन्तिम खेल आइतबार हुनेछ ।

May 8, 2024

हेड र अभिषेकको सानदार ब्याटिङमा हैदरावादको जित 

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा बुधबार सनराइजर्स हैदरावादले लखनउ सुपर जाइन्ट्समाथि सानदार जित दर्ता गरेको छ । हैदरावादले विष्फोटक ब्याटिङ गर्दै लखनऊ माथि १० विकेटको जित निकालेको हो ।   हैदरावादले १० ओभरमा एक विकेट नगुमाई १ सय ६६ रनको लक्ष्य पछ्याउँदै दुई अंक जोड्यो । हैदरावादका ओपनर ट्राभिस हेड र अभिषेक शर्माले सानदार […]

May 8, 2024

दिल्लीको राजस्थानविरुद्ध जित

एजेन्सी – दिल्ली क्यापिटल्सले राजस्थान रोयल्समाथि जित दर्ता गर्दै इंडियन प्रिमियर लिग (आईपिएल) मा प्लेअफ पुग्ने आशा कायम राखेको छ । राजस्थान माथि २० रनको जित दर्ता गर्दै दिल्लीले प्लेअफ पुग्ने सम्भावना कायम नै राखेको छ । दिल्लीले दिएको २ सय २२ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २ सय […]

May 7, 2024

एन्जल्स हार्टले केएमसीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)– एन्जल्स हार्ट स्कुलले जयकुमारनाथ शाह स्मृति यु १६ अन्तर स्कुल क्रिकेट प्रतियोगितामा मंगलबार केएमसीलाई हराएको छ । एन्जल्स हार्टले केएमसीलाई ६ विकेटले हराएको हो । १ सय ६३ लक्ष्य पछ्याएको एन्जल्स हार्टसले १९.३ ओभरमा ४ विकेटको क्षेतिमा जित हासिल गरेको थियो । टोलीका लागि युवराज खत्रीले ३६ बलमा ४९, जोय थापा २९ […]

Success

Thank you for your time.