default_image

2 years ago

August 3, 2022

सन्दीप बिग ब्यासको ड्राफ्टमा

388 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले बिग ब्यास लिग(बिबिएल) २०२२/२३ को संस्करणको लागि ड्राफ्टमा परेका छन् ।

बिग ब्यासले सार्वजनिक गरेको नयाँ डाफ्टमा सन्दीप नेपालबाट पर्ने एकमात्र खेलाडी हुन् । अन्य एसोसियट देशबाट नामिबियाबाट डेविड विजा, स्कटल्यान्डका माइकल जोन्स, मार्क वाट्ट, युएईबाट वृत्य अरविन्द, अमेरिकाबाट अली खान,उन्मुक्त चन्द र हम्रित सिंह बधान रहेका छन् । त्यस्तै नेदरल्यान्ड्सबाट ब्रेन्डन ग्लोभर,फर्द क्लासेन, रोलेफ भान मर्वे र पउल भान मिर्कीन छन् ।

बिग ब्यासको ड्राफ्ट आगमी अगष्ट २८ मा सिड्नीमा हुनेछ । डाफ्टमा १३ देशबाट कुल १ सय ६९ खेलाडीले नाम दर्ता गराएका छन् । सन्दीपले यसअघिका दुई संस्करणका विग ब्यास लिग भने होबार्ट हरिकेन्सबाट खेलेका थिए । २०२१/२२ को सिजनमा सन्दीपले १४ खेलमा १४ विकेट लिएका थिए । २०२०/२१ को वर्षमा ८ खेलमा ८ विकेट लिएका थिए ।

सुरुवाती दुई सिजन सन्दीपले मेलबर्न स्टार्सबाट खेलेका थिए । सन्दीपले २०१९/२० का संस्करणको बिबिएलमा मेलबर्न स्टार्सबाट १३ खेलमा १५ विकेट लिएका थिए । सन्दीपले पहिलो पटक सन् २०१८ मा मेलबर्न बाटै बिग ब्यास लिग खेलेका थिए । उक्त वर्ष सन्दीपले ८ खेलमा ११ विकेट हात पारेका थिए ।

सन्दीपले बिग ब्यासमा हालसम्म ४३ खेलमा १५९.५ ओभर बलिङ गर्दै ७.४२ को इकोनमीमा रन खर्चिदै कुल ४८ विकेट लिएका छन् ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.