default_image

2 years ago

August 5, 2022

नेपालको ब्याटिङ सधैं कमजोर हुनुको पाँच कारण

भुपेन्द्र जि.सी. काठमाडौं नेपाली क्रिकेट इतिहासमा ब्याटिङ सबैभन्दा ठूलो कमजोरी हो । नेपालले बलिङमा सानदार प्रदर्शन गर्दै आएपनि ब्याटिङ सधैं खराब हुने गर्दछ । नेपालले गुमाएका लगभग सबै अवसर कमजोर ब्याटिङ कै कारण छन् । डिभिजन फाइभ देखि तीनसम्म उपाधि, टि२० विश्वकप र ओडिआई मान्यता जस्ता ठूला उपलब्धी बलिङमा उच्च प्रदर्शनका साथ पाएको हो । […]

210 views

0 Bookmark

भुपेन्द्र जि.सी. काठमाडौं

नेपाली क्रिकेट इतिहासमा ब्याटिङ सबैभन्दा ठूलो कमजोरी हो । नेपालले बलिङमा सानदार प्रदर्शन गर्दै आएपनि ब्याटिङ सधैं खराब हुने गर्दछ । नेपालले गुमाएका लगभग सबै अवसर कमजोर ब्याटिङ कै कारण छन् ।

डिभिजन फाइभ देखि तीनसम्म उपाधि, टि२० विश्वकप र ओडिआई मान्यता जस्ता ठूला उपलब्धी बलिङमा उच्च प्रदर्शनका साथ पाएको हो । नेपाली क्रिकेटमा कप्तान, प्रशिक्षक र खेलाडी त कति आएगए । क्यान नेतृत्वमा धेरै फेरिए । तर ब्याटिङमा खासै सुधार छैन ।

ब्याटिङले नेपाललाई सधैं निराश बनाउँदै आएको छ । विश्व क्रिकेटमा ब्याटिङमा एकपछि अर्को परिवर्तन छ । सबै टोलीले आधुनिक क्रिकेट खेल्दै उत्कृष्ट नतिजासँगै समर्थकलाई थप मनोरञ्जन प्रदान गरेका छन् । तर नेपालको ब्याटिङ शैली दयनीय छ । कमजोर ब्याटिङले विश्व क्रिकेटमा क्षमता अनुसार फड्को मार्न सकेको छैन । नेपालको ब्याटिङ सधैं कमजोर हुनुको प्रमुख पाँच कारण यस प्रकार छन् ।

५. प्रदेश र जिल्लामा स्तरिय प्रशिक्षक नहुनु

खेलाडी उत्पादन र सुरुवात जिल्ला र प्रदेशबाट हुन्छ । नेपालमा खेलाडीले जुन समयमा स्तरिय प्रशिक्षकबाट सिक्नुपर्ने हो त्यो पाउन सकेका छैनन् । सुरुमै स्तरिय प्रशिक्षकको अभावमा खेलाडी राम्रो हुन सकेका छैनन् । अधिकांश खेलाडी एक अर्का खेल हेर्दै र खेल्दै सिकेका हुन्छन् । गाउँका धेरै खेलाडीलाई टेक्निकल सम्बन्धी सामान्य ज्ञान थाहा हुँदैन ।

बच्चालाई सानोमा जस्तो सिकायो त्यो बानी परिवर्तन गर्न कठिन हुन्छ । नेपालमा सुरुवातमै सिकाउनै शैली र स्तरिय प्रशिक्षक अभावले राम्रो ब्याटर उत्पादन हुन सकेको छैन । एक दुईलाई छाड्ने हो भने प्रदेश र जिल्लाका प्रशिक्षकको स्तरोन्नति नै नभएको अवस्था छ ।

एउटा बच्चालाई सानै उमेरदेखि राम्रो प्रशिक्षण दिन नपाउँदा मानसिक सोच र तयारी क्षमता बढ्दैन । ब्याटिङ उनीहरुलाई सधैं खराब र कठिन लाग्छ । त्यो छाप हटाउन धेरै मुश्किल पर्छ । एकेडेमी सहर केन्द्रित छन् । भएका सबै एकेडेमीमा पनि स्तरिय प्रशिक्षक छैनन् ।

नेपालमा अधिकांश खेलाडी प्रशिक्षण लिएर भन्दा आफैं सिकेका हुन्छन् । त्यसैले सानैदेखि खेलाडीमा ब्याटिङको विकास हुँदैन । बलिङ हाबी हुँदै जितेका हुन्छन् । तर माथिल्लो स्तरमा बलिङले मात्र जित्न सकिँदैन । गाउँ गाउँमा गएर खेलाडी खोजेर ल्याउने भिजन कसैमा छैन । टेस्ट टोलीमा सुरुवातमै स्तरिय प्रशिक्षकले प्रशिक्षण दिँदा उनीहरुको विकास नै फरक तरिकाले हुन्छ ।

४. खेलाडीमा जिम्मेवारीको कमी

जब देशको लागि खेलेपछि खेलाडीले सबै समस्या भुल्नुपर्छ । त्यो भन्दा म के कम भन्ने भावना हुनुपर्छ । नेपाली ब्याटरमा जिम्मेवारीको कमी सबैभन्दा ठूलो समस्या हो । नेपाली ब्याटर अत्याधिक डटपछि दवावमा रहेर खराब सट छनोटका साथ आफ्नो विकेट आफैं गुमाउने गर्दछन् । अझ ठूला खेलमा त सम्हालिन नै कठिन हुन्छ ।

क्रिकेटमा रन बनाउन जिम्मेवारी र धैर्यता चाहिन्छ । मैदान र पिच अनुसार रन फरक हुनसक्छ । प्रतिभाशाली ब्याटरले जहिलेपनि पिच र विपक्षीलाई बुझेर खेन्ल सक्नुपर्छ । खेलाडीले जिम्मेवारी लिएर प्रदर्शन गर्ने हो भने ब्याटिङमा धेरै परिवर्तन आउने निश्चित छ । अर्कोतर्फ टोलीमा सन्तुलन नमिलेर पनि हुनसक्छ ।

३. खराब पिच र मैदान

टियुलाई छाड्दा अन्य सबै मैदानका पिच बगर र खुल्ला चौरका जस्ता छन् । खेलाडी त्यो पिचमा खेलेर हुर्केका र सिकेका हुन्छन् । उनीहरु त्यस्तै पिचमा भने राम्रो प्रदर्शन गर्नसक्छन् । किनभने तयारी सबै त्यहाँ हुन्छ ।

तर उनीहरुले सिकेको र हुर्केको एउटा अनि प्रदर्शन गर्नुपर्ने अर्को पिचमा हुन्छ । त्यसैले घरेलु प्रतियोगितामै राम्रो ब्याटरहरु देखिन कठिन पर्छ । सुस्त पिचमा खेलेर हुर्केको खेलाडी फ्ल्याट पिचमा एक्कासी प्रदर्शन गर्न सक्दैनन् । घरेलु प्रतियोगिता पिच बुझ्न नपाउँदै सकिन्छन् ।

जिल्ला स्तरका खेलाडीले ब्याटिङ राम्रो गर्ने अवसर नै पाउँदैनन् । उनीहरुको मानसिक तयारी, ब्याट चलाई र रन बनाउने शैली एक्कासी तयारी भन्दा फरक हुन आउँछ । त्यसैले गर्दा रन बनाउन सक्दैनन् । सबै प्रदेश र जिल्लामा स्तरिय पिच बनाउने हो मात्र भने पनि ब्याटिङमा धेरै फरक देखिन्छ । पिचको फरक घरेलु क्रिकेटमा टियु र मुलपानीको प्रदर्शन पर्याप्त छ ।

२. पर्याप्त घरेलु खेल नहुनु

खराब ब्याटिङको मुख्य कारण खेलाडीमा खेलको कमी हो । वर्षमा हुने एउटा राष्ट्रिय एकदिवसिय प्रतियोगिता सुरु हुन नपाउँदै सकिन्छ । एउटा प्रदेशको खेलाडीले वर्षमा चार राष्ट्रिय खेल पाउँछ । त्यति खेल त खेलाडीले आफ्नो कमजोरी, विपक्षी, पिच र कन्डिसन बुझ्न लाग्छ ।

यो बुझ्दा पूरा प्रतियोगिता सकिन्छ । अर्को खेल्न एक वर्ष कुर्नुपर्छ । एक वर्षमा त्यो लय र आत्माविश्वास नरहन सक्छ । धेरै युवा प्रतिभा यसैको कारण पलयान हुन्छन् । माथि आउन नै सक्दैनन् । नेटको अभ्यासले मात्र राम्रो ब्याटर कुनैपनि खेलाडी बन्न सक्दैन ।

कुनैपनि खेलाडीको प्रतिभा एक खेल वा प्रतियोगिताको प्रदर्शनमा भन्न सकिँदैन । घरेलु प्रतियोगितामा राम्रो गर्ने तर सिनियर टोलीमा गर्न नसक्ने मुख्य कारण नै यहि हो । घरेलुमा सम्भावना देखाएको खेलाडीलाई अन्तर्राष्ट्रिय अभ्यास पनि चाहिन्छ । तर नेपालको अवस्था त्यस्तो छैन । सिनियर टोलीको ढोका यतिसम्म सहज छ कि यू–१९ मा एउटा खेलमा राम्रो गर्दा सिधै सिनियर टोलीमा पर्न सक्छ ।

टेस्ट टोलीमा हेर्ने हो भने यू-१३ को खेलाडी कम्तिमा वर्षमा २०–२५ खेल खेल्छ । त्यस्तै यू-१५, यू-१६ र यू-१९ हुदै सिनियर प्रतियोगिता सम्म एक खेलाडीले कम्तिमा तीन चार सय खेल खेलेका हुन्छन् । नेपालमा त १० खेल पाउन मुश्किल छ । त्यसपछि सिनियर घरेलु प्रतियोगितामा वर्षमा कम्तिमा ४०–५० खेल निरन्तर खेल्छन् ।

घरेलुमा राम्रो गरेपछि सिनियर टोलीको ए, बी र सी टोलीबाट अन्तर्राष्ट्रिय खेलमा पूर्ण रुपमा निखारिएका हुन्छन् । उनीहरुमा खेलको कुनै कमी हुँदैन । आत्माविश्वास नै फरक हुन्छ । उच्च प्रतिस्पर्धाले निखारिएका उनीहरुले सिनियर टोलीमा पनि त्यसै अनुसार सानदार प्रदर्शन गर्न सफल हुन्छन् ।

१. स्तरिय ब्याटिङ प्रशिक्षक नपाउनु

विद्यार्थीले दिनरात पढेर मात्र हुँदैन शिक्षा दिने गुरु र पढ्ने किताव पनि त्यतिनै राम्रो हुनुपर्छ । खेलाडीले कडा मिहिनेत गरेपनि ब्याटिङमा राम्रो नहुनुको मुख्य कारण स्तरिय प्रशिक्षक नपाउनु ।

अष्ट्रेलियाका डेभ ह्वाटमोरलाई छाड्ने हो भने नेपालमा अन्य स्तरिय ब्याटिङ प्रशिक्षक आएका छैनन् । ह्वाटमोरले छोटो समयमा राम्रो ब्याटिङ प्रशिक्षक भए नेपालको ब्याटिङ विश्व क्रिकेटमा उत्कृष्ट हुने राम्रो उदाहरण दिए ।

यसअघि रोय डायस, पुबुदु दासानायके र जगत टमटाले नेपाली क्रिकेटमा मुख्य प्रशिक्षकको रुपमा लामो समय काम गरे । यी सबै प्रशिक्षकमा ब्याटिङ प्रशिक्षणमा जम्न सकेनन् । ब्याटिङमा प्रशिक्षकमा राम्रो अनुभव र ज्ञान नभउपछि पक्कैपनि खेलाडीले धेरै कुरा सिक्न पाउँदैन ।

नेपालले टेस्ट टोलीबाट खेल्दै लामो समय अनुभव बोकेका, विश्वकप खेलेका वा चर्चित नाम गरेका पूवै खेलाडी ल्याउन सकेको छैन । जुन अति आवश्यक हो । किनभने उनीले आफ्नो अनुभव बताउँछन् । खेलाडीको कमजोरी सबैलाई थाहा हुन्छ । तर सुधार गर्ने कसैले भन्न सक्दैन । खेलाडीले आफ्नो गल्तीबाट आफैं सिक्न धेरै समय लाग्छ ।

April 19, 2024

आइपिएलमा लखनउसँग चेन्नईको हार

एजेन्सी – लखनउ सुपर जाइन्टले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार चेन्नई सुपर किंग्सलाई ८ विकेटले हराएको छ । १ सय ७७ रनको विजय लक्ष्यसहित उत्रेको लखनउले कप्तान केएल राहुल र क्विन्टन डि ककको अर्धशतकसँगै १९ ओभरमा २ विकेटको क्षेतिमा १ सय ८० रन जोडेर जित निकालेको छ । डि कक र केएल राहुले पहिलो […]

April 19, 2024

इमर्जिङ टिम्स एसिया कपमा पुग्न नेपालले हङकङसँग खेल्ने

एजेन्सी – नेपाली क्रिकेट टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट हुनका लागि शनिबार हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ । एसीसी प्रिमियर कपको दोस्रो सेमिफाइनलमा घरेलु टोली ओमानसँग शुक्रबार ५ विकेटले पराजित भएपछि हङकङको नेपालसँगको भेट पक्का भएको हो । फाइनल पुगेको ओमानले भने एसिया कपमा पुग्नको लागि आइतबार संयुक्त अरब इमिरेट्स (युएई)को सामना गर्नेछ […]

April 19, 2024

एसीसी प्रिमियर कप- युएईले ओमानसँग फाइनल खेल्ने

एजेन्सी – संयुक्त अरब इमिरेट्स (युएई) ले एसीसी प्रिमियर कपको उपाधिका घरेलु टोली ओमानको सामना गर्ने भएको छ । दोस्रो सेमिफाइनलमा शुक्रबार हङकङलाई ५ विकेटले हराउँदै ओमानले युएईसँगको फाइनल भेट पक्का गरेको हो । त्यसअघि नेपाललाई ६ विकेटले हराउँदै युएई फाइनलमा पुगेको थियो । हङकङविरुद्ध १ सय ३१ रनको लक्ष्य पछ्याएको ओमानले ४ बल बाँकी […]

Success

Thank you for your time.