3 years ago
August 8, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पूर्व भारतीय अलराउन्डर मनोज प्रभाकर नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले एक वर्षको लागि प्रभाकरलाई नियुक्त गरेको जनाएको छ ।

पुबुदु दासानायकेले नेपाली क्रिकेट छाडेर क्यानडा गएपछि नेपालले नयाँ मुख्य प्रशिक्षक नियुक्त गरेको हो । प्रभाकरले भारतबाट ३९ टेस्ट र १ सय ३० ओडिआई खेल खेलेका छन् ।
ओडिआईमा उनले दुई शतक र ११ अर्धशतक सहित १ हजार ८ सय ५८ रन बनाएका छन् । ओडिआईमा १ सय ५७ विकेट लिएका छन् । टेस्टमा ९६ विकेट लिँदा उनले १ शतकसहित १ हजार ६ सय रन बनाएका छन् ।
उनीले प्रशिक्षकको रुपमा अफगानिस्तानसँगै रणजी ट्रफीमा दिल्ली, राजस्थान र उत्तर प्रदेशको टोली सम्हालिसकेका छन् ।
क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले हाललाई उनको सम्झौता एक वर्षको हुने पुष्टि गरे । ‘हामीले हाललाई १ वर्षको सम्झौता गरेका छौं । तलब त भन्न मिल्दैन तर पुबुद दासानायकेको भन्दा बढी नै हो’, मल्ल्ले भने ।
‘हामीले धेरैसँग सम्पर्क गर्दा भारतको आफ्नो समयको ओपनर ब्याटर र बलर हो । बलिङ र ब्याटिङ दुवैमा राम्रो दखल भएको भन्ने बुझेका छौं । भारतका उच्च अधिकारी बिसिसिआईबाट पनि उनको सिफारिस आएको हो । आइसिसीबाट पनि उ जतिको मान्छे नेपाल आउनु राम्रो हुन्छ भनेर आएको थियो’, मल्लले भने ।
प्रभाकर सन् २०१५ अन्तिममा अफगानिस्तानको बलिङ प्रशिक्षकमा नियुक्त भएका थिए । अफगानिस्तानले २०१६ को टि२० विश्वकप उनकै बलिङ प्रशिक्षक खेलेका थिए । सन् १९९९ मा उनलाई म्याच फिक्सिङको आरोपमा भारतले खेल्नबाट प्रतिबन्ध लगाएको थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]