3 years ago
August 8, 2022
नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीको नयाँ मुख्य प्रशिक्षकमा भारतीय पूर्व स्टार अलराउन्डर मनोज प्रभाकरलाई नियुक्त गरेको छ । एक वर्षको लागि क्यानले उनीसँग सम्झौता गरेको बताइएको छ ।

प्रभाकर भारतीय क्रिकेटमा आफ्नो समयका चर्चित अलराउन्डर थिए । ५९ वर्षीय प्रभाकारले भारतबाट ३९ टेस्ट, १ सय ३० ओडिआई, १ सय ५४ प्रथम श्रेणी र २ सय १४ लिष्ट ए खेलेका छन् । भारतले सन् १९८३ मा विश्वकप जितेपछि अर्को वर्ष प्रभाकरलाई डेब्यू दिएको थियो । उनले दिल्लीमा इंग्ल्यान्डविरुद्ध टेस्टमा डेब्यू गरेका थिए । सुनिल गावस्कारको कप्तानीमा उनले टेस्टमा भारतीय टोलीमा तीव्र गतिका बलिङ अलराउन्डरको रुपमा भारतीय टोलीमा स्थान बनाएका थिए ।
तीव्र गतिमा बलिङ गर्ने उनले तल्लोक्रममा राम्रो ब्याटिङ गरे । उनले सचिन तेन्दुलकरको साथ ओपनिङ पनि गरे । ओडिआईमा भने १९९४ मा नै शारजाहमा श्रीलंकाविरुद्ध डेब्यू गरेका थिए । प्रभाकरले सन् १९८७, १९९२ र १९९६ मा लगातार तीन विश्वकप खेलेका थिए । १९८७ को विश्वकपमा भारतलाई सेमिफाइनल सम्म पुर्याउन उनको प्रदर्शन सानदार थियो ।
१९९६ मा श्रीलंकाविरुद्ध विश्वकपमा खराब बलिङ गरेपछि उनको करिअरको पूर्णविराम लागेको थियो । सचिनसँगै ओपनिङ गरेपनि उनी ७ रनमै आउट भएका थिए । सचिनको १ सय ३७ रन अविजित र कप्तान मोहम्मद अजहरुद्दीनको ७२ रनको सहयोगमा भारतले ३ विकेट गुमाउँदै २ सय ७१ रन बनाएको थियो ।
श्रीलंकाले ८ बल अगाडिनै ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । प्रभाकरले त्यसबेला घरेलु मैदानमै ४ ओभरमा ४७ रन खर्चेका थिए । त्यो समय विश्व क्रिकेटकै सर्वाधिक विष्फोटक ब्याटरको रुपमा चर्चित सनाथ जयसूर्याले तेस्रो ओभरमै प्रभाकरलाई २२ रन प्रहार गरेपछि उनको करिअर त्यहिबाट सकिएको थियो । त्यो खेलपछि भारतको टोलीमा उनले पुन मौका पाएनन् । त्यसैले उनलाई जयसूर्याले करिअर सकाएका अलराउन्डर समेत भन्ने गरिन्छ ।
१९९० को दशकमा भारतका प्रभावशाली अलराउन्डरको छवी बनाएका प्रभाकरको करिअर एक खेलको प्रदर्शनले सकियो । उनले टेस्टमा एक, ओडिआईमा दुई, प्रथम श्रेणीमा २० र लिष्ट ए मा ४ शतक हानेका छन् । बलिङतर्फ ओडिआईमा १ सय ५७ र टेस्टमा ९६ विकेट लिएका छन् । ओडिआईमा उनले १ हजार ८ सय ५८ र टेस्टमा १ हजार ६ सय रन बनाएका छन् । प्रभाकर ओडिआई र टेस्ट दुबैमा बलिङ र ब्याटिङ दुबैमा ओपनिङ गर्ने खेलाडी हुन् ।
म्याच फिक्सिङ र प्रतिबन्ध
प्रभाकर भारतीय क्रिकेटमा विवादित नाम हुन् । उनलाई वेस्टइन्डिजसँगको खेलको क्रममा म्याच फिक्सिङ गरेको भन्दै बिसिसिआईले २००० मा भारतमा क्रिकेट खेल्न प्रतिबन्ध लगाएको थियो । उनले गावस्कार, कपिल देव, नवजोत सिंह सिन्धु र मोरेले ड्रेसिङ रुपमा म्याच फिक्सिङ गर्ने आरोप लगाएका थिए । ६ वर्षपछि उनको प्रतिबन्ध हटेको थियो ।
प्रशिक्षकमा अनुभवी
लामो समयको प्रतिबन्धपछि उनी सन् २००७/०८ को संस्करणमा रणजी ट्रफीमा उनले दिल्लीको बलिङ प्रशिक्षकको रुपमा काम गरेका थिए । गौतम गम्भीरको कप्तानीमा दिल्लीले उत्तर प्रदेशलाई ९ विकेटले हराउँदै उपाधि जितेको थियो । आकाश चोपराले पहिलो इनिङ र गम्भीरले दोस्रो इनिङमा शतक हानेका थिए ।

२००९/१० मा उनी राजस्थानको मुख्य प्रशिक्षक बनेका थिए । त्यसपछि दिल्ली पुगेका उनी बोर्डसँग खटपटका कारण बर्खास्तीमा परे । उनले २०१५ देखि २०१६ मा भारतमा भएको टि२० विश्वकपसम्म अफगानिस्तानको बलिङ प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।
कडा स्वभावमा प्रभाकर
प्रभाकर कडा र तिखो बोली स्वभावका प्रशिक्षक मानिन्छन् । उनी आफ्नो स्वभावका कारण पनि आलोचनामा पर्दै आएका छन् । २०११/१२ को रणजी ट्रफीको सिजन सुरु हुन दुई दिन अघि दिल्लीले उनलाई प्रशिक्षकबाट बर्खास्त गरेको थियो । त्यस क्रममा उनले खेलाडी र छनोटकर्ताको बारे कडा टिप्पणी गरेका थिए ।
खेलाडी र छनोटकर्ताकै आग्रहमा दिल्लीले उनलाई हटाएको थियो । त्यस समय दिल्लीका प्रमुख ब्याटर शिखर धवन र उनमुक्त चन्दको प्रदर्शन बारे टिप्पणी गरेपछि उनको चर्को आलोचना भएको थियो ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]